तनहुँ जलविद्युत आयोजना : एप्रोच टनेलको ब्रेकथ्रू, प्याकेज १ को कामलाई सहज हुने

भञ्ज्याङ न्यूज

तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरमा निर्माणाधिन तनहुँ जलविद्युत आयोजनाको कामलाई तीब्रता दिइएको छ । १४० मेगावट क्षमताको उक्त आयोजना अन्तर्गत बाधस्थल तर्फजाने एप्रोच टनेल (पहुँच सुरुङ)को काम पुरा (ब्रेकथ्रू) गरिएको छ ।

आयोजनाको प्याकेज २ अन्तरगतको ठेकेदार कम्पनी सिनो हाइड्रोले गत माघ १ गतेबाट निर्माण शुरु गरेको पहुँच सुरुङ मार्गको काम शुक्रबार पुर भएको (ब्रेकथ्रू) आयोजना निर्देशक अच्युत घिमिरेले जानकारी गराए ।

‘३१५ मिटर लामो सुरुङ मार्ग निर्माण आफैंमा एक ठूलो सफलता हो’, निर्देशक घिमिरेले भने, ‘यस कार्यमा खटिने ठेकेदार कम्पनी, इञ्जिनियर, कर्मचारी र सम्पूर्ण कामदारहरुलाई बधाई तथा शुभकामना, अब प्याकेज १ अन्तर्गतको काम अगाडि बढाउन सहज हुनेछ ।’सेती नदीको दाया तर्फाट निर्माण गरिएको यो सुरुङबाट नदी फर्काउने मुख्य बाँध तर्फजान सहज हुने बताइएको छ । यही मार्गको प्रयोग गरी नदी फर्काउनका लागि अर्को सुरुङ खन्ने काम अगाडि बढाइने भएको छ । सडक पुर्‍याउन नसकिने भएकाले आयोजनाले पहुँच सुरुङ मार्ग खनेको हो ।

आयोजनाको प्याकेज १ अन्तर्गतको निर्माण कम्पनीले गर्नुपर्ने काम सम्झौतामा ढिलाई भएपछि प्याकेज २ अन्तरगतको सिनो हाइड्रो कम्पनीले उक्त सुरुङ खन्ने काम पुरा गरेको आयोजनाले जनाएको छ ।

कोरोना संक्रमण जोखिम र निषेधाज्ञाका बीचपनि आयोजनाले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी कामलाई निरन्तरता दिएको छ । गत वर्षो निषेधाज्ञामा पनि आयोजनाको काम रोकिएको थिएन ।

आयोजनाको तीन वटै प्याकेजका कामलाई निरन्तरता दिइएको आयोजनाका प्रमुख घिमिरेले बताए । ‘प्याकेज १, प्याकेज २ र प्याकेज ३ का कामहरू धमाधम सञ्चालन भइरहेका छनु,’ प्रमुख घिमिरेले भने, ‘निषेधाज्ञामा काम रोकिएको छैन, सबै सुरक्षा अपनाएर कामलाई गति दिएका छौ ।’

केही समयअगाडि मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम शुरु गर्न तयारी थालिएको छ । उक्त कामका लागि आयोजनाले सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन (प्र.) लि. नेपाल जेभीसँग सम्झौता गरेको थियो ।भियतनामी कम्पनी र नेपाली कम्पनीका प्रतिनिधिहरू फिल्डमा खटिएका छन् । दुबै कम्पनीका गरी २५ जना पूर्वतयारीको काममा जुटेको घिमिरेले बताए । प्याकेज २ अन्तर्गतको विद्युतगृह निर्माणका लागि पनि काम भइरहेको छ । त्यसका लागि कर्मचारी र श्रमिक गरी ३७० परिचालित भएको बताइएको छ ।

प्याकेज २ को कामका लागि २५० श्रमिक क्याम्पभित्रै छन् । कोरोना जोखिम भएका कारण वरपरका केही सिमित श्रमिकमात्रै काममा परिचालन गरिएको छ । यो प्याकेजका लागि ४५ जना चिनियाँ पनि परिचालित छन् । प्याकेज २ अन्तर्गत सात भागमा एकैचोटि काम भइरहेको छ । यो प्याकेज अन्तर्गत केबुल सुरुङ खन्ने कार्य सम्पन्न गरी भूमिगत विद्युतगृह खन्ने कार्यहरूको अतिरिक्त र्सच ट्याङ्कतर्फो पहुँच सुरुङ र बाँधतर्फ जाने सेती नदीको दायाँतर्फको पहुँच सुरुङको निर्माण कार्य पुरा गरिएको छ ।

प्याकेज ३ अन्तर्गतको प्रशारणलाइन निर्माणका लागि ३० जना श्रमिक परिचालित छन् । प्रशारण लाइन निर्माणका लागि टावर फाउण्डेशनको काम जारी छ । २३ वटा टावर निर्माणका लागि काम सम्पन्न भइसकेको र दश ठाउँमा काम शुरु भइरहेको आयोजनाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker