निर्माण सम्पन्न नहुँदै ढोरबाराही जाने सडकको ढलानमुनि बन्यो ओढार

राजकुमार आले/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी-९ स्थित जिल्लाकै प्रसिद्ध धार्मिक स्थल ढोरबाराही मन्दिर जाने बाटोमा चालु आर्थिक बर्षमै पक्की ढलान गरिएको हो । दैनिक सयौ भक्तजन ओहोरदोहोर गर्ने चमेली पार्कदेखि ढोरबाराही मन्दिर पार्किङ्ग स्थलसम्मको बाटो ओरालो र जोखिमयुक्त भएकाले विशेष प्राथमिकताका साथ बाटोलाई ढलान गरिएको थियो । तर, निर्माण सम्पन्न नहुँदै सडकमुनि ओढार बनेको छ । बाटो ढलान गरेर पक्की बनाइए पनि नाला व्यवस्थित नगरिदा वर्षातको पानीले ढलान छेउको संरचना बगाउँदा बाटो ओढार जस्तो बन्न पुगेको छ ।

बाटोको चौर्डाई ६ मिटर र लम्बाई करिब ७५ मिटरको बाटो विविध कारण देखाउँदै निर्माण कम्पनीले ढिलाई गर्दै आएको थियो। बर्खा शुरु भएदेखि नै शुक्लागण्डकी नगरपालिकाको ३५ लाख बजेटबाट निर्माण भएको सडक जोखिममा परेको छ । ३५ लाख बजेट कति बेला स्वाँह हुने हो पत्तो छैन । ठेकेदार र प्राविधिकको लापरबाहीका कारण सडक बि ग्रे को स्थानीयको आरोप छ । स्थानीय पदमबहादुर सारु मगर ठेकेदारले इमान्दरपुर्वक काम नगर्दा निर्माण भएको सडक जिर्ण बनेको बताउँछन् । उनले भने, ‘बर्खामा पानी बगिरहने खोल्सामा न कल्भर्ट छ, न नालाको व्यवस्था गरिएको छ, पानी जाँने ठाउँ नै नभएपछि भलले सबै सडकको छेउ कटान गरेको छ ।’

बाटो बनाउने बेला प्राविधिक स्थलमा नै आएर निरिक्षण नगर्दा अहिलेको अवस्था आएको बाजस्थल टोल विकास संस्थाका अध्यक्ष विष्णुप्रसाद लम्सालले बताए। ‘बाटोमा काम गर्दा फिल्डमा नै आएर हेनु पर्छ’, उनले भने, ‘बाटो निर्माण गर्दा बर्खाको समय कुरेर बस्ने, हिउँदमा आएर नापेर हुन्छ – न स्थानीयसंग कहिल्यै समन्वय गरेको छ, कहाँ के छ, हिउँदमा र बर्खामा के हुन्छ, त्यो त हामी खाइखेलेको स्थानीयलाई थाहा हुन्छ नी, हाम्रो कुरा कसैले सुनेन्।’

अध्यक्ष लम्सालका अनुसार सडक ढलान हुनुभन्दा आगाडी २५/२६ लाख खर्च गरेर नाला निर्माण भएको थियो । पछि सडकको ढलान गर्ने क्रममा निर्माण भएको नाला पुरेर सडक निर्माण भएको हो । उनले भने ‘अहिले कुनामा अलिकति नाला जस्तो त छ तर हुनपर्ने जति नहुँदा नालामा बग्ने पानी सडकमा बगेको छ । हाम्रो सोझो बुझाई र भोगाई अनुसार यदि बाटो बचाउने हो भने छेउ छेउमा वाल बनाउनुपर्छ । यस विषयमा नगर, वडा र ठेकेदारलाई बारम्बार गुनासो पोख्दा समेत सुनुवाइ भएन ।’ ठेक्को जिम्मा पाएको चण्डिकालिका कन्ट्रक्सन प्रा.लिका प्रमुख प्रकाश थापाले सडकको डिजाईन गर्दा इन्जिनियरले बाटोमा पाइप हाल्दा गल्ती गरेकाले बाटो ब्रि्रन पुगेको बताए । ‘ठेक्कामा नै क्यापसिट बनाउन दिनुपर्ने, अनि हेेमपाइप हाल्नुपर्ने, त्यहाँ तल ग्याबिङ्ग हालेर पानीलाई क्रस गर्नुपर्ने हो’, उनले भने ‘त्यो चाही हाम्रो ठेक्कामा दिएको छैन, स्टिमेन्टमै नभएको काम गर्ने कुरा भएन ।’

ठेकेदार थापाले भने ‘यो उहाँहरुकै कमजोरीका कारण यस्तो भएको हो, यो काम हाम्रो काम होईन । स्टिमेन्ट अनुसार काम सकिएको छ । कोभिड कारण काममा भने केही ढिलाई हुन पुगेको उनले स्वीकार गरे । प्राविधिक -इन्जिनियर) अभिलेख पौडेलले ठेकेदार र आफुबिच सहकार्य हुन नसकेको र ठेकेदारले पनि आँखा छलेर काम गर्ने गरेको परिणाम भएको बताए । यता, नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर तारपति भट्टराइले गुणस्तरीयको बिषयमा आफुहरुलाई शंका लागेकाले ल्याब टेस्टको लागि पठाएको बताए । उनले भने, “कन्ट्रयाक्टरले समयमा काम गरेर समयमानै बोलाएको भए यो समस्या समाधान हुन्थ्यो, त्यसैले पनि यो समस्या कन्ट्रयाक्टरकै कारण देख्छु ।”

वडाध्यक्ष लोक नारायण श्रेष्ठ भने जनप्रतिनिधि विज्ञ नभएको भन्दै पन्छिए । कहाँ के कमजोरी भएको हो, यो प्राविधिक विषय हो, हामीलाई यस विषयमा कुनै ज्ञान छैन उनले भने । तर, अन्तत्ः वडाध्यक्ष श्रेष्ठले अहिल्यै बाटो ब्रि्रनुमा ठेकेदार, प्राविधिक र जनप्रतिनिधि सबै दोषी देखिएको स्वीकार्छन् । “तलको फाउन्डेशन नै तयार नगरि ढलान गर्दा प्राविधिकबाट पनि र हामी जनप्रतिनिधिहरुबाट पनि गल्ति भएको हुन्ासक्छ, त्यो हामी स्विकार छौ ।” कुराकानीमा खुल्दै गएका श्रेष्ठले सडक निर्माणको क्रममा आफुले बोलाएको बेला प्राविधिक नआउने गरेको गुनासो गर्दै भने, ‘प्राविधिक बोलाएको बेलामा आइदिएको भए अहिलेको समस्या सिर्जना हुन्थेन। त्यतिबेलै तत्काल स्टिमेट संसोधन गरी काम भएको भए समस्या अलि हल हुन्थ्यो । त्यो कार्य गर्न हामीले सकेनौ ।’

यता, शुक्लागण्डकी नगरपालिकाकी उपमेयर एवं अनुगमन समितिको संयोजक सविता रर्साईलीले जनप्रतिनिधि, प्राविधिक र ठेकेदार तिनै पक्षको कमजोरीका कारण सडक बि ग्रे को बताइन् । ‘बाटो बिग्रिनुको जिम्मेवार हामी जनप्रतिनिधि पनि लिनुपर्छ, ठेकेदार पनि हुनुपर्छ र प्राविधिक पनि हुनुपर्छ’, उनले भनिन्, ‘यि तिनै जनाको समन्वयको अभाव र अन्य विविध कमिकमजोरीका कारण बाटो बिग्रिएको छ । त्यसलाई हामी सच्चाउने काम गर्र्छौ ।’ हाल बनेको सडक स्टिमेट अनुसार नभएको भन्दै भुक्तानीमा समेत रोक लगाएको उपमेयर रर्साईलीले बताइन । ‘अहिले हामीले भुक्तानी रोकेका छौ, साथै नगरमै बोलाएर एक पटक सुध्रने मौका दिन्छौ, यति गर्दा पनि सुध्रनु भएन भने उनिहरुलाई हामी कालो सुचिमा राख्छौ’, उनले भनिन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker