विश्व यात्री कोरानालाई एक पत्र
डा. प्रशान्त ध्वज अधिकारी
आदरणीय कोरोना !
संसारकै सबैभन्दा ठूलो हलचल लेराउने महान यात्री तपाइलाई म गरीब रास्ट्रको नागरिकको तर्फाट नमस्कार छ । कोरोना, तपाइको विश्व यात्रा अन्त्यमा कहाँ पुगेर टुगिन्छ थाहा छैन, तैपनि तपाइ सारा संसारको केन्द्रबिन्दु हुँनुभएको लामो समय भइसकेको छ । तपाइ हाम्रो देशमा आएको नै महिनौ पुरा भएछ । मलाई त् सुरुमा प्रिय कोरोना भनेर सम्बोधन गर्न मन लागेको थियो । तर तपाइको सुरुवाती यात्रा हाम्रो देशको राष्ट्रप्रमुखको बेलामा रोडलाई खाली गरायर भयको सवारी जस्तै भयको हुनाले प्रिय भन्न अलि डर लाग्यो । आज तपाइ हामी सबैको आदरणीय हुँनुभयको छ । जे होस् तपाइ हामीसँग प्रिय हुनु भन्दा आदरणीय भैंदियकै राम्रो ।
कोरोना तपाइको स्वागतको लागी घर बाहिर बाटाघाटा सब खाली थिए शुरुमा, तर अहिले त मानिसहरु झयाउ मान्न थाले। पहिला-पहिला त हामी घरभित्र बाट तपाइलाई नीयाल्थ्यौ, तर तपाइ त साइजमा फूट्, मिलिमिटर, माईक्रोमिटर नभएर न्यानोमिटरमा हुनु हुदोरहिछ, त्यहि माथी लगभग सुन्य डाइमन्सनमा, हामी पनि विश्व मानचित्रमा तपाइ जस्तै साना तर निमुखा पनि छौ । तर तपाइको जस्तो बेजोड सक्ति हामीसंग छैन । तर तपाइको आगमनले गर्दा निग्रानी कडा पारिएकोले केहि छेत्रका महानुभाबहरुलाई हामीकोमा आजकाल ठुलो खटनपटन छ, र आजकाल उहाँहरुनै हामीकोमा धन्यबादका पात्र हुनुहुन्छ । तपाइलाई हामीबाट त्यसैले होला खास खतरा अझै नभएकों, हामी चाहँन्छौ त्यो खतरा सदैबको लागि टरी जाओस ।
मलाई अस्ति भर्खर जस्तो लाग्छ तपाइलाई कोरोना लाईट र यक्स्ट्राको रुपमा अमेरिकामा पियको । तपाई कति प्रिय पेय पदार्थ हुनुहुन्थ्यो । त्यसैले तपाइअमेरिकामा प्रिय भएर बसिराख्नुभएको छ अझै पनि । अब त तपाइ पनि त्यहाँ लगायत संसारभर प्रिय नभएर अप्रिय भैदिए राम्रो । कोरोना तपाइ हामीकोमा कतिसमय घुम्नुहुन्छ थाहा छैन, तर एस्तो उजाड ठाउँ देखेर तपाई अर्घाईसक्नु भयो होला । मैले पनि तपाइको यात्रा अध्यन गरेको, तपाइ त लामो समय सरकार टिक्ने विकासित देशमा बढी बस्न रुचायजस्तो लाग्यो । हामीकहाँ पनि बहुमतको सरकार छ, अनि लामो टिक्छ भनेर छिर्नु भएको होला ।
हामीकोमा एक पुर्खाले तेस्तो अवसर नै नदेखी जाने बेला भईसक्यो, फेरी तपाइको आगमनले पुरानो सरकार गई नयाँ त आयो, तर सरकार पूर्णता भैसकेको छैन । त्यसैले कोराना हाम्रो संस्कारमा पाहुनालाई देबीदेवता जस्तै मान्ने चलन हुदाहुदै पनि आज भारी मनले भन्नु परिरहेको छ, कृपया तपाई हामीबाट बिदा भैदिनुस । अन्य देशहरुमा तपाइको आगमनले राज्य एकजुटले अघि बढीरहेका छन् तर हामीकोमा पनि आश गरेको, वातवरण त्यस्तो अझैँ पनि हुन सकेन । कोरोना, हुन त हामीकहाँ थिती नभएकोले आसेपासे, चाकरी-चाप्लुसी, नातागोता आदि प्रथाबाट हामीहरु ओतप्रोत छौ । यस्तो बेथितिमा कसरी एकजुट हुन्सक्छौ र ! कोरोना तपाइको यात्रा पस्चात आज जो-जो समाजसेवी, व्यवसायी छन्, समाजले तिनीहरुको मुल्यांकन त गर्लान, जुन तपाइको यात्रा पस्चात देख्न्न पाइएला । जे-भएपनी तपाइको आगमनपछि हामिकोमा पनि चुनौती र अवसरहरू टढकारो रुपमा देख्न पाइने भैएको छ । जसको जोडघटाउ यो बिसम अबस्थामा हामीजस्ताको मानसपटलमा पनि खेल्न शुरु भैसकेको छ ।
कोरोना, हामीकोमा असंख्य परिवार दैनिक काम गरेर गुजारा चलाउछन, तर तपाइको आगमनपछी यहाँ लकडाउन वा आवत-जावतमा अझै पनि खुलस्त सुरु नभएकोले भोकै बस्नुपर्ने वा भोकमरी लाग्ने पो हो कि भन्ने भय हामीलाई छ । आश गरौ राज्यले त्यो हुन दिने छैन । हुन त कोरोना हामीकोमा जसरी होस्, जहाँ गएर होस् तैंले कमाउनैपर्छ अनि तेसैको आडमा छरछिमेकमा धाक रवाफ देखाउनैपर्छ भन्ने मानसिकता छ । त्यसैले कोरोना, समाजको यो प्रवृतिले देशमै बस्ने हो भने हाम्रो चलिआएको यो चलन भन्दा राम्रो कमाउधन्दा अर्को केही पनि छैन ।
कोरोना, तपाइको यात्राले गर्दा हामी लगायत सारा विश्वले अर्थतन्त्रमा ठुलो मन्दीको सामना अब आउने दिनमा गर्नु पर्नेछ । अझ हामी जस्ता परनिर्भर भएकालाई कति ठूलो मानवीय र आर्थिक संकट आउने हो थाहा छैन । तर तपाइको आगमनले गर्दा हामीको बाझा खेत-बारीहरु पुन हरियाली हुन्छकि भन्ने आश पनि पलाएको छ । किनकि तपाइको यात्रापछि हामी लगायत विश्वका धेरै मुलुकमा खाद्यान्न संकट आउने समय तेती टाडा छ जस्तो लाग्दैन । त्यसैले ठूला मात्रामा खाद्यान्न आयात गर्ने मुलुकमा रहेको हामी यो अवस्थाबाट कसरी माथि उठ्ने भन्ने प्रश्न गर्दा फेरी हाम्रो जमिनमा हरियाली हुन्छकी जस्तो भान पर्न थालेको छ, र केही परिणाम पनि देख्न थालीसकेको छ ।
कोरोना, हाम्रा बिदेसमा रहेका जनसक्तिहरु रोजगारको अभाबमा आफ्नै भूमिमा फिर्ता आउनुपर्ने अबस्थालाई अबसरको रुपमा लिई सहि व्यवस्थापन गर्न सके तपाइको आगमन हाम्रो लागी फलदाई हुने छ । अर्कोतिर ठूलो संख्यामा मुलुकबाहिर श्रम गरिरहेका नेपाली एकैपटक मुलुक फर्किए भने उनीहरूलाई कसरी मुलुकभित्र रोजगारीको प्रबन्ध गर्ने भन्नेबारे हामीले समयमै सोच्नु जरुरी छ जस्तो लाग्न थालेको छ, तर अझै पनि हाम्रो ध्यान यतातिर पुग्न सकेको छैन । कोरोना हामीले छिमेकी मुलुकको नाकाबन्दी र तँपाइको यात्राले सिकाएको पाठ भनेको हाम्रो सुरक्षाजत्तिकै महत्तवपूर्ण विषय भनेको खाद्य सुरक्षा पनि होकि जस्तो लाग्न थाल्यो । त्यसैले तपाईको आगमनपछि सबै क्षेत्रमा खाद्यान्नको वितरण सहज र समान रूपमा हुनुपर्छ भन्ने चेत हामीमा जाग्नुपर्छ जस्तो लाग्छ । अन्नयथा तँपाइको आगमन आगामी दिनमा हाम्रो लागि राष्ट्रिय संकटको विषय बन्नेछ किनकि हामीजस्तो भूपरिवेष्ठित देशका लागि यो आफैंमा चुनौतीपूर्ण छ पनि ।
कोरोना, तपाइको विश्वव्यापी यात्राको कारण हाम्रो मुलुकमा आउने वैदेशिक लगानी, दातृनिकायको सहायता, नेपाल भित्रिने पर्यटन र भएका उद्योगमा पनि धेरै फेरबदल आउन थालीसकेको छ । त्यसैले तपाइको यात्रासँगै हामीले अर्थतन्त्रमा ठुलो धक्का महशुस गर्र्छौ कि जस्तो छ, किनकि तपाइको यात्राले गर्दा वैदेशिक रोजगारीबाट फर्कने ठूलो संख्या, देशभित्रको बढ्दो बेरोजगारी, वैदेशिक सहयोग र लगानीमा हुनसक्ने प्रतिकुलतालाई पनि मध्यनजर गर्दै हामीले हाम्रो आर्थिक नीति बनाउने अवसर पनि अर्को तिर पाय जस्तो लाग्छ, तर अझै पनि हाम्रो यात्रामा खास परिबर्तन भय जस्तो लागेन । संगसंगै विदेशमा बाँकी रहेका जनशक्तिले पनि अब रेमिट्यान्समार्फत् सहयोग गर्न सक्ने अवस्था हामिकोमा नआउन सक्छ, जुन देखिन सुरु भैसक्यो । तेसैले तपाइको यात्राको पाठ भनेको हामीलाई आत्मनिर्भर हुने बाटोतिर लम्काउनु हो । त्यसका लागि हाम्रो उत्तम विकल्प भनेको नै कृषि हो र यसै क्षेत्रलाई प्राथमिकतामा राखेर यसलाई हाम्रो अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित गर्न तपाइको यात्राले हामी सबैलाई प्रेरित गरोस । अनिमात्र हामी दीर्घकालीन स्थायत्वीतर्फ उन्मुख हुनतिर लम्कन सक्छौं कि ।
कोरोना, हामीहरुको कृषि नै मुख्य आधार हो भन्ने बारे पुनः जोड गरे, अब यसलाई क्रान्तिकारी परिवर्तन ल्याउन तपाईले उपयुक्त समय निर्माण गरिदिनुभयो जस्तो लाग्छ, जस्ले गर्दा किसानलाई र अब नयाँ यो पेशामा आउँन चाहनेहरूलाई ऋणमा व्यापक सहुलियत प्रदान हुनसकोस् । लाग्छ हामीपनि तपाइको यात्रा पस्चात विश्वका अन्य राष्ट्रसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनको निम्ति हाम्रा किसानलाई सहुलियतमा नयाँ शिल्पविज्ञान उपलब्ध गराउन पो सक्छौ की । तपाइको आगमनले गर्दा सबै खेतीयोग्य जमिनमा सिँचाइको तथा उचित मलखाद्को पनि व्यवस्था पनि गर्न सक्छौ की । त्यसको अलावा तपाइको आगमनले गर्दा राज्यले पनि कृषिमा दक्ष जनशक्ति उत्पादन गर्न अनि उत्पादनलाई देशभित्र बजार सुरक्षित पार्न ठुलो भूमिका खेल्नु पर्छ भन्ने पाठ सिक्यो कि जस्तो लागेको छ । तपाइको यात्राले गर्दा हामीकहाँ पनि परिणामउन्मुख कृषि क्रान्ति र यसलाई हाँक्न सक्ने सबल राजनीतिक नेतृत्व अब आउने दिनमा देख्न्ना पो पाइन्छ की, आश अझै गरौ ।
जे-होस कोरोना, हाम्रों भुमि खेति गर्न लायक छ, तैपनि केहि दसकदेखि खेतीयोग्य जमिन बाँझो थियो । युवाहरु पलायन भयका थिय, तर अब स्वदेश फर्केकालाई रोजगारी सिर्जना गर्न, कृषि उद्योगको विकास गर्न सुनौलो अवसरअहिले तपाईले निर्माण गरिदिनुभयको छ । त्यसैले युवा श्रम र ऊर्जा हाम्रै माटोमा प्रयोग होस् भन्ने सोचाइसहितको कार्य योजना राज्यबाट आइदियोस भन्ने हाम्रो चाहाना छ, यसको अलावा कृषकलाई प्रोत्सान गर्ने गरी सस्तो ब्याज दरको ऋण सहुलियत, अनुदान र सम्मान दिने प्रचलन पनि तपाइको आगमनपछि हुदै जान्छकि भन्ने चेत खुल्छकि। कोरोना थाहा छ, हामीकोमा कृषि क्षेत्रमार्फत नै अनेकौं कलकारखाना, उद्योग खोलेर रोजगारी सिर्जना गरि हामीहरुको आम्दानी बढ्न सक्ने अवस्था छ । साथसाथै कृषि क्षेत्रको बढावासँगै उत्पादनका लागि चाहिने बीउबिजन, कृषि सामग्री, उत्पादनपछि बजार व्यवस्थापन, किसानलाई उनीहरूको श्रमको उचित मूल्य, बिचौलियाको न्यूनीकरणलगायतका विषय पनि महत्वपूर्ण हुन्छ भन्ने चेत तँपाईले हामीलाई दिनु भयको छ ।
कोरोना हामीकोमा नीति नियम नभयको हैन, तर कार्यन्वयन कडा रुपमा लागु गर्न नसकीयको मात्र हो । त्यहिमाथी यो समयमा औद्योगिक नीति, असल कृषि अभ्यास, गुणस्तरीय खाद्यान्न, पोषण, कृषि सूचना तथा प्रविधिको विकास, पूर्वाधारको विकास सबैलाई समेटेर नयाँ नीति ल्याइनु अथवा भएका नीतिहरूमा सुधार गरी कार्यन्वयनलाई अलि बलियो बनाउने पो होकि । त्यसैले अहिले हामीले धेरै कार्यमा गृहकार्य गर्न जरूरी छ, यो समयलाई अवसरमा बदल्नको लागि । यी सबैको अलवा, कोराना हामीले यो समयमा परिमार्जित तरिकाबाट पशुपालन, डेरी उद्योग, फलफूल एवं जडिबुटीको प्रशोधन लगायतका धेरै क्षेत्र छन् जसको भरपुर उपयोगबाट हाम्रा वेरोजगार मानवीय स्रोतलाई यहि परिचालन गरी आउँदा दिनमा प्रसस्थ रोजगारी सिर्जना गर्न सक्ने छौ । त्यसैले लाग्छ कोरोना, तपाईको आगमन हाम्रो लागी चुनौति मात्र हैन अबसर पनि हो ।
अन्त्यमा, संसारकै सबैभन्दा ठूलो हलचल लेराउने महान यात्री तपाइ आज विश्व वैज्ञानिक जगत्का लागि सबैभन्दा ठूलो अनुसन्धानको बिषय बन्नु भएको छ । तपाइ सारा संसारको केन्द्रबिन्दु हुनुभएको पनि लामै समय भइसकेको छ । तपाइको बारेमा थाहा पाउन र तपाइको यात्रामा ब्रेक लगाउने प्रबिधि निर्माण गर्नका लागि संसारभरिकै वैज्ञानिकहरु गहन अध्ययन अनुसन्धानमा जुटिरहेका छन् । थाहा छैन, तपाइको यात्रा कहिले पूर्ण रुपमा टुंगिन्छ, तपाइले यात्रा नटुंगाय पनि वैज्ञानिकबाट तपाइको यात्रा छिटै टुंग्याउने तथा पत्रमा उल्लेख भयअनुसारको बाताबरण हाम्रो देशमा निर्माण हुने आश राख्दै यहाँबाट बिदा हुन्छु ।
धन्यबाद !