आन्तरिक पर्यटकको रोजाई बन्दै “ऐनापहरा झरना”

भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनीको ऐनापहरा झरना आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । पृथ्वीराजमार्गसंगै रहेको यो झरना राजमार्गका यात्रु तथा आन्तरिक घुमन्ते पर्यटकहरुको आकर्षणस्थलका रुपमा विकास हुन थालेको छ । आँबुखैरेनी-२ र ४ को सिमानामा पर्ने उक्त झरना राजमार्गको यात्रु तथा आन्तरिक पर्यटकका कारण प्रायः भिडभाड हुने गरेको छ ।

झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ र टिकटक बनाउन र्सवसाधारणको भीड बढ्न थालेको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृंखला छिम्केश्वरीको फेदीमा अवस्थित सिँउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । काठमाडौं-स्याङ्जा यात्राका क्रममा मानिसको चहलपहल देखेपछि झरनामा पुगेका स्याङ्जाका राजकुमार तामाङले झरना निकै राम्रो लागेको प्रतिक्रिया दिए । काठमाडौँका सचिन खड्काले टिकटकमा झरना देखेर यात्रा गर्दा आफू पनि उक्त भरनामा पुगेको जानकारी दिनुभयो। खोला बढेका बेलामा पानीको बेग बढी हुने भएकाले झरना मनमोहक देखिएको उनले बताए ।

तनहुँको व्यास नगरपालिका-४ का सुदिप पौडेलले ऐनापहरा महत्वपूर्ण पर्यटकीयगन्तव्य रुपमा विकास हुन थालेको सुनाउनुभयो । त्यस क्षेत्रमा पार्किङको समस्या देखिएकाले गाउँपालिकाले त्यसतर्फध्यान दिनुपर्ने उहाँको सुझाव छ । निजी सवारी साधनमा राजमार्ग हुँदै यात्रा गर्ने अधिकांश सर्वसाधारण झरनामा केही समय भुल्ने गरेका छन् । आँबुखैरनी-४ का वडाध्यक्ष नेत्र गुरुङले दैनिक तीन सयदेखि चार सय सर्वसाधारण झरनासम्म आउने गरेको जानकारी दिनुभयो । झरनामा पर्यटकीय चहलपहल बढेसँगै गाउँपालिकाले यसलाई व्यवस्थित बनाउन पहल थालेको छ ।

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले सर्वसाधारणको चहलपहल बढ्न थालेकाले पूर्वाधार निर्माणलाई अगाडि बढाइएको जानकारी दिए । उनले भने, ‘सर्वसाधारणको बाक्लो उपस्थिति हुन थालेपछि सवारी व्यवस्थापनका लागि पार्किङ निर्माणको काम शुरु गर्ने तयारीमा छौँ ।’ राजमार्गमा यात्रा गर्नेहरुले यस ठाउँलाई थकाइ मेटाउने स्थलका रुपमा विकास गरिरहेको उनले बताए ।

सर्वसाधारणको चहलपहल बढेपछि यहाँका स्थानीयवासीलाई आयआर्जनको माध्यम पनि भएको छ । पानी, चाउचाउलगायतका खाद्य पदार्थ बिक्री वितरण गरेर स्थानीयवासीले आम्दानी गर्न थालेका छन् । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन डिपीआर निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । यस ठाउँलाई व्यवस्थित गर्न डिपीआर अनुसार रु दश करोड बजेट आवश्यक पर्छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा यस ठाउँका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । रु १० करोडको बजेटमा संरचना निर्माण गरिने पोख्रेलले बताउनुभयो । आर्थिक वर्ष २०७८/७९ मा ३० लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो । डिपीआर अनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङ लगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker