आठौं तनहुँ महोत्सव २०७८ आजबाट, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ उद्योग बाणिज्य संघको आयोज आजदेखि सञ्चालन गनै लागेको आठौं तनहुँ महोत्सव २०७८ को सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ । व्यास-३ बिपी बनबाटिकामा यही चैत्र २० गतेसम्म सञ्चालन हुने महोत्सवको आज एक कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने संघका अध्यक्ष एवं महोत्सव आयोजक मुल समारोह समितिका संयोजक पविन्द्र कुमार श्रेष्ठले बताए ।

महोत्सवस्थलमा पत्रकार सम्मेलन गरी बुधबार महोत्सवको तयारीको बारेमा जानकारी गराइएको थियो । सो अवसरमा महोत्सवका निर्देशक मानकाजी श्रेष्ठले महोत्सवले पुर्ख्यौली सम्पत्ती संरक्षण एवं सम्बर्द्धन गर्न सहयोग पुग्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताएका थिए ।

विभिन्न जातजातिको थलो भएको यस जिल्लामा ब्राहृमणको बालन नाच, गुरुङ जातिहरुको घाटु, मगर चुड्का, नेवार जातिहरुको लाखे, कुमाल जातिहरुको पाउदुरे नाच लगायतका पैतृक सम्पत्ति भएकोले यसको संरक्षण र स्थानीय उत्पादित बस्तुको प्रबर्द्धनको लागि तनहुँ महोत्सवको आयोजना गरिएको बताए । कोभिड-१९ का कारण बिगत दुइ बर्षदेखि मेला महोत्सव हुन नसकेको हुँदा मनोरञ्जनको लागि पनि महोत्सवले थप आकर्षित गराउने बिश्वास आयोजकको छ ।

जिल्ला भित्र रहेका ऐतिहासिक, धार्मिक र साँस्कृतिक पर्यटकीयस्थलहरुको पहिचान गरी प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक श्रेष्ठले बताए ।

महोत्सव अवधिभर करिब तीन लाख दर्शकले महोत्सव अवलोकन गर्नुका साथै करिब ६ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भई १५ देखि २० लाखसम्म बचत गर्ने लक्ष्य आयोजकको छ ।

महोत्सवस्थलमा एक जना डा. सहितको प्राथामिक उपचार स्टल एम्बुलेन्स तयारी अवस्थामा राखिने छ भने एउटा एम्बुलेन्स स्टेन्डबाई राखिनेछ । साथै यसबर्षको महोत्सवको आकर्षणको रुपमा मादी र सेती नदीमा गरिने मोटर बोर्ड रहेको छ । दुइ वटा मोटरबोर्ड मादीसेती नदीमा सञ्चालन गरिनेछ ।

दश जना क्षमताको उक्त बोर्डमा प्रतिव्यक्ति रु. २५० शुल्क रहनेछ । त्यसैगरी महोत्सवस्थलमा टिकटक पार्क निर्माण गरिएको छ । महोत्सवमा स्थानीय, क्षेत्रीयदेखि राष्ट्रिय कलाकारहरुको सहभागिता रहनेछ भने स्थानीय कलाकारहरुलाई प्राथामिकतामा राखिएको आयोजक समितिले जनाएको छ ।

स्थानीयस्तरमा उत्पादित कृषि, घरेलु, हस्तकला उत्पादनलाई बढ्वा दिदै लोपोन्मुख भाषाभाषी, कलासंस्कृतिको संरक्षणमा महोत्सवले थप टेवा पुग्ने बिश्वास महोत्सवका प्रवक्ता इमकुमार मल्लले बताए ।

त्यसैगरी सफासडक चोकमा पनि मुख्य स्वागत गेट निर्माण गरिएको छ । दमौलीको सफासडक लाइन, न्युरोड टोल, मालपोत लाइनमा रङरोगनका साथै ध्वजापतका टाँगेर आर्कषक बनाइनुका साथै महोत्सवस्थलमा आकर्षक बनाइएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker