दमौलीको सत्यवती माध्यमिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु

भञ्ज्याङ न्यूज

सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम तनहुँको एक समुदायिक विद्यालयमा सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयमा बालबालिकाको उपस्थिति नियमित गराउन र उनीहरूको नियमित स्वास्थ्य जाँचका लागि लागु गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रम व्यास–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा सुरु गरेको हो ।

तनहुँमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने सत्यवती पहिलो विद्यालय हो । विद्यालयले विएससी नर्सिङ उतिर्ण सुनिता जोशी मार्फत नर्सिङ सुविधा प्रदान गर्ने भएको हो ।

विद्यालयले उपचारका लागि आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था विद्यालयले मिलाएको छ । विद्यार्थीहरु धेरै भएकोले विद्यार्थीहरु विरामी र घाईते भइरहने हुनाले उपचार सहज बनाउन विद्यालयमा नर्स राखिएको विद्यालयय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिए ।

विद्यालय नर्सले सेवा दिने र परामर्श गर्ने छुट्टै कक्षको व्यवस्था मिलाएको अध्यक्ष काफ्लेले बताए । ‘दुई हजार ७ सय विद्यार्थी अध्ययन गर्ने भएकोले विरामी भईरहेकाले नर्सको अभाव महशुस भई नियुक्त गरेका हौं’ अध्यक्ष काफ्लेले भने ।

विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखि आलोपालो मिलाएर रक्तचाप नाप्ने, ज्वरो नाप्ने तथा अन्य स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने र स्वास्थ्य सचेतना दिने लगायतका उद्धेश्यले नर्स राखिएको प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिए ।

बालबालिका घर बाहेक बढी समय विद्यालयमा रहने भएपनि स्वास्थ्य समस्या पर्दा उपचार नहुँदा समस्या परेकोले सरकारले सबै सामुदायिक र निजी विद्यालयमा अनिवार्य नर्स राख्ने नीति ल्याउने तयारी गरिरहेको छ । नर्सले किशोर–किशोरीलाई प्रजनन, परिवार नियोजन, महिनावारी स्वास्थ्य र यौन तथा यौनिकताका सन्दर्भमा परामर्श दिने विद्यालयले जनाएको छ ।

आधारभूत स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउनु पर्ने माग अभिभावकबाट पनि आईरहेकोले नर्स राखेपछि अभिभावकहरु पनि खुसी भएको शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देलले जानकारी दिए । यौन, प्रजनन् लगायत स्वास्थ्य चेतना र आधारभूत जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउने योजना बनाएकोले दरबन्दीको नै व्यवस्था माग राखिने विद्यालयले जनाएको छ ।

विद्यालयका अनुसार व्यक्तिगत र वातावरणीय सफाइ तथा फोहोरमैला व्यवस्थापन, स्वस्थकर जीवनशैली, सामान्य स्वास्थ्य परीक्षण र पोषणको लेखाजोखा गर्ने जिम्मेवारी नर्सलाई दिइएको छ ।

नर्सले अखाद्य वस्तु ‘जंक फुड’को प्रयोगमा नियन्त्रण, यौनजन्य हिंसा न्यूनीकरण, शारीरिक तथा मानसिक स्वास्थ्य शिक्षा, धूमपान, मद्यपान र सूर्तिजन्य पदार्थको दुरुपयोग न्यूनीकरणका लागि अभिभावक तथा समुदायलाई स्वास्थ्य शिक्षा प्रदान गर्नुपर्ने हुन्छ ।

महिनावारीको बेला छात्राहरू लजाउने, प्याड प्रयोग गर्न अप्ठ्यारो मान्ने समस्या पनि समाधान हुने विद्यालयले अपेक्षा लिएको छ । किशोरीलाई प्याडको आवश्यकता र यौन स्वास्थ्यबारे सिकाउने भएको छ । महिनावारी भएका बेला छात्राहरूलाई सेनेटरी प्याड विद्यालयले निशुल्क प्रदान गर्ने गरेको छ ।

नेपाल सरकारले प्राथमिकतामा राखेको भएपनि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । अझै पनि धेरै विद्यालयहरुले यो कार्यक्रम लागु गर्न नसकेका छैनन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker