यस्तो छ इमोजीको इतिहास, कसरी सबैको फोनसम्म ?

मोबाइल फोन प्रयोग गर्ने सबैलाई इमोजीको बारेमा थाहा नहुने कुरै भएन । संसारभरका मानिसहरु इमोजी प्रयोग गर्दछन् । मानिसको थरीथरीका भावभंगीहरु प्रदर्शन गर्नका लागि फरक फरक इमोजीहरु उपलब्ध छन् ।

अहिले मोबाइल प्रयोगकर्ताहरु फोनमा कुराकानी भन्दा च्याट धेरै गर्दछन् । अनि च्याटमा शव्दहरु लेख्नुभन्दा सन्दर्भ अनुसारका इमोजी पठाउनु सजिलो हुन्छ । केही नलेखिकनै इमोजीबाट धेरै कुरा बताउन सकिन्छ ।

त्यसैले अहिले इमोजी केवल मेसेजको सजावटको सामान मात्र होइन कि मानिसको आवश्यकता नै बनिसकेको छ । तर के तपाईलाई इमोजीको इतिहास थाहा छ ? इमोजीको विकास कहाँ भयो र कसरी यो मानिसका फोनमा कसरी फैलियो ?

सबैभन्दा पहिले सन् १९९० को दशकमा जापानमा मोबाइल फोनमा इमोजीको प्रवेश भएको हो । जापानी कलाकार शिगेताका कुरिताले सन् १९९९ मा पहिलो इमोजीको डिजाइन गरेका थिए । शिगेताका कुरिताले जापानको सबैभन्दा ठूलो मोबाइल फोन निर्माता कम्पनी डोकोमोमा काम गर्दथे ।

इमोजीका रुपमा विभिन्न भावनाहरु बताउने अनुहारभन्दा पहिले मौसमको जानकारी दिने आइकन बनाइए, जस्तै छाता, बादल आदि ।

त्यसका अलावा कार, ट्रक, विमान, फोन, मोबाइल फोन, चन्द्रमा, सूर्य र कम्प्युटर आइकनवाला इमोजी पनि तयार गरियो । ती ससाना डटका रुपमा बनाइएको थियो । त्यसबेला जापानमा तीव्र रुपमा इमोजी प्रसिद्ध हुँदै गएको थियो ।

इमेल र मेसेजमा प्रयोग

त्यसपछि डोकोमोका प्रतिस्पर्धी कम्पनीहरुले सन् २००० को मध्यतिर ती इमोजीहरुलाई आफ्नो प्लाटफर्ममा सामेल गरे । सन् २००९ मा एप्पल कम्पनीका दुईजना इन्जिनियरहरुले ६ सय २५ वटा नयाँ इमोजी पात्रलाई युनिकोड स्टाण्डर्डमा ठाउँ दिने प्रस्ताव गरे ।

त्यसलाई सन् २०१० मा स्वीकार गरिएपछि इमोजीहरु सबै ठाउँका फोनसम्म प्रवेश गरे । सुरुमा प्रयोगकर्ताहरुले इमोजीलाई इमेल वा टेक्स्ट मेसेजमा कपी गरेर राख्नुपर्दथ्यो । पछि त्यो शैली पनि बदलियो ।

एप्पलले सन् २०११ मा आइओएसमा इमोजी किबोर्ड थप गर्‍यो । त्यसको दुईवर्ष पछि एन्ड्रोइडले पनि इमोजी ल्यायो । त्यसपछि आम मानिसले फोनमा सजिलैसँग इमोजीहरु प्रयोग गर्न पाए । अहिले युनिकोड कन्सोर्टियमले हरेक वर्ष नयाँ नयाँ इमोजी थप गर्दछ ।

सन् २०१५ मा इमोजीको छालाको रङ पनि परिवर्तन गर्ने अप्सन प्राप्त भयो । एक अध्ययन अनुसार अहिले अनलाइनमा रहेका ९२ प्रतिशत मानिसले इमोजीको प्रयोग गर्दछन् । एजेन्सीको सहयोगमा

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker