नेपाल “कम्पोजिट” राजनीतिक अनुसन्धान केन्द्र बन्दै

डा. प्रशान्त ध्वज अधिकारी

वैज्ञानिक खोज अन्तर्गत नया-नयाँ प्रबिधि मार्फ मानवीय उपयोगी बस्तुहरुको निर्माण र बिस्तारले गर्दा आज विश्वका आममानिसहरु उपभोगको नयाँ चरणमा प्रवेश गरिसकेका छन् र यसले अझै निरन्तरता पाईरहने छ । विभिन्न अनुसन्धान क्षेत्रहरु मध्ये कम्पोजिट अनुसन्धान क्षेत्र, उत्पदान र निर्माणको क्षेत्रमा ठुलो परिवर्तन ल्याउने कारक बन्दैछ । अनुसन्धानको भाषामा कम्पोजिट भन्नाले कुनै एक बस्तुमा दुइ भन्दा बढी भिन्न वस्तुहरुलाई उपस्थित गराउनु हो । जस्तो मानौ कि, तपाइले जन्म दिनमा केक काड्दैहुनुहुन्छ, यदि केकमा दुइ भन्दा बढि लेयरहरु छन भने, त्यो अनुसन्धानको भाषामा कम्पोजिट केक हो । यसमा केकलाई फरक-फरक स्वादमा ढाल्ने पर्यत्त्न गरियको हुन्छ । यही सोच अनुसार, कुनै पनि नयाँ बस्तु निर्माण गर्दा अरु बस्तुहरुको मात्रा मिलाएर ट्रायल गर्ने काम अनुसन्धान क्षेत्रको लागि चुनौती दिने फेज हो । जस्तो, अहिले विश्वमा भैरहेका केही अनुसन्धानहरुमा; यदि नतिजा सकारात्मक आय हामीले नदि-नालामा हाल्ने पुलका पिल्लर कार्बन न्यानो ट्यूब कम्पोजिट पिल्लर हुने छन, जुन स्टिलको तुलनामा कयौ गुणा बलियो र हलुका हुने छन । यसैगरी बनाईने जहाजका बडी पनि बलिया र हलुका हुने भएकाले, जहाजको तौल घटि, त्यही अनुपातले तौल बोक्ने क्षमता बढ्नेछ । तर्सथ, जहाजले अब आउने दिनमा बढि मात्रमा यात्रु बोक्ने छन, यस्तै आदि-इत्यादिहरु । वैज्ञानिक अनुसन्धानमा ट्रायल फेज बनेको तत्काल परिमाण दिने अबस्था हैन । किनकी, नतिजा प्राप्त गर्न कुनको मात्रा कति प्रयोग गर्दा हुन्छ भनेर यकिन गर्न लामो समय र मिहेनत चाहिन्छ । मात्रा मिलाउन नसके कम्पोजिटमा प|mयाक्चर आई समग्र अनुसन्धान फेल खान पुग्छ र नयाँ कोर्षो थालनी गर्नुपर्ने हुन्छ । यो अबस्थामा आम-मानिससम्म परिणाम पुग्दैन ।

नेपालको जातीय स्थिति, धर्म, भाषा, भूगोल, राजनीतिक पार्टी, हावापानी, इत्यादिहरु र समग्र सामाजिक बनावट पनि कम्पोजिट स्वरुपमा छ । तर, माथि उल्लेख गरिएका कुनै एक चिजमा पनि मात्रा नमिले कम्पोजिटमा प|mयाक्चर आई सामाजिक सन्तुलन नै खलबलिने स्थिति छ । प्रसंग मेरा एक मित्रसंग जोड्न चाहान्छु, जो नेपालमा संगै पढेका हुन । उनी धेरै चोटीका सरकारहरुबाट राजनीतिक नियुक्तिका पद धारणा गर्ने मौका पाए, र भोली अन्य नयाँ दलको सरकारबाट पनि मौका नपाउलन भन्न सकिन्न । उनी टुरिस्टका रुपमा विदेस घुम्न आउँदा, मैले काम गर्ने बिश्वविद्यालयमा घुम्न आइपुगे । ठुलो अन्तरालपछि भेट हुँदा, दाई तिमी यति समय विदेश बस्यौ कँहा के-के गर्यौ भने – उनको ठट्यौलीलाई मैले भने, दाई तिमी अलि छिटो जन्मेको भए पचायतकालमा पनि नियुक्ति खान्थ्यौ भने, उनि हाँसे । अनि भने, तिमी मसंग एक महिना यही ठाउँमा बस, मैले के पाए र गरे, तिमी आफैले बुज्नेछौ । कता-कता हामीले नेपालमा लियको शिक्षा गलत त छैन जस्तो लाग्यो । फेरी दशैँमा टिका लगाउदा मान्यजनले दिएको पहिलाका आशिष सम्झे, ठुलो मान्छे बनोस भनेको, यसको सट्टा असल मान्छे बनोस भेनेको भएपनि हुन्थ्यो नी जस्तो लाग्यो ।

पटक-पटक मन्त्री भएका वा अन्य निकायमा, ठुलो पोस्ट भनेका ठाउँमा पुगेका नेपालका ब्यक्तिहरु सम्झे । उहाँहरुले देशमा सुशानलाई चुस्त र अबसर यहीँ छ भनेर आस्वस्त बनाउन सकेको भए, अहिले देशमा युवा पातलिने अबस्था आउने थिएन । पुनः उनलाई भने, दाई नेपालमा हाम्रो समाजले हामीलाई सिकायको भनेकै ठुलो ब्यक्ति हुन् हो, र देश अहिले ठुलो ब्यक्ति उत्पदान गर्ने कारखाना भएको छ । तिमी केही समय यहीँ बस । क्षमता र असल नियत भएका व्यक्तिहरुले कसरी समुन्नत र सभ्य देश बनाउन सक्छ भन्ने अनुभूति, तिमी आँफै यहाँ गर्नेछौ । तर, ठूला व्यक्तिहरुले बनाउने भनेकै नेपाल हो । दाई, अन्यथा नलिउ, त्रि्रों क्षमतालाई म कदर गर्छु । तिमीलाई भिन्न-भिन्न मान्छेहरुको मन जिति अघि बढ्न सजिलो छ र – उनि फेरी हाँसे । नेपालको साशन-सत्ताको इतिहाँस हेर्ने हो भने, अहिलेसम्म यही चरित्र र प्रवृत्ती भएकोले, कुनै पनि सत्ताले आम-जनतालाई कहिलेपनि प्रतिनिधित्व गरेंन । तर्सथ, हाम्रो देशको जाने-आउने सरकार भनेको एक कम्पोजिट अनुसन्धान जस्तै हो । अहिलेको संबिधान अनुसार बनेको केन्द्रीयय वा प्रान्तीय सरकारहरु पनि कम्पोजिट सरकार हो । किनकी यहाँ पनि भिन्न-भिन्न पार्टीहरुको संग्लनता छ । मात्रा नपुगे फेरी अर्को स्थिति कुनै पनि बेला आउन सक्छ । अतः सरकार पटक-पटक ट्रायल फेजमा पुग्नेछ ।

२००७ देखिको राजनीतिक अनुसन्धानको ट्रायल फेज अझ लम्बिने छ । जति यो फेज लम्बियो, त्यतिनै निराश नेपालीहरु बढ्नेछन । अब हामी चाहेर वा नचाहेर नेपाललाई “कम्पोजिट” राजनीतिक अनुसन्धान केन्द्र बनाउँदै छौ । माथि उल्लेख गरिएअनुसार, जनताले परिमाण र नतिजा पाउन झन मुस्किल हुने छ । प्रायः हामी नयाँ-नयाँ राजनैतिक कोर्स वा अभ्यासतिर झन धकेलिदै जाने छौ । अहिलेको समाजिक सञ्जालका पोस्ट हेर्ने हो भने विकासित राष्ट्रतिर उड्ने ब्यक्तिलाई ओर्डाईएको खादा देख्दा लाग्छ, नेपालमा युवाहरुको भविष्य छैन भन्ने भास्य निर्माण गरिदैछ । विकासित देशको पी.आर. पाए जीवनको ठुलो उपलब्धी जस्तो भैसकेको छ । कहिले-काँही लाग्छ, नेपालका युवाहरु सबैलाई अमेरिकाले ग्रीन कार्ड दिने हो भने, युवा रित्तिने अवस्थाको निर्माण हामीले गरिसकेका छौ । सक्रिय युवा उत्पदानसंग जोडिन्छ, उत्पदान रोजगारीसंग र रोजगारी बजारसंग । अहिले नेपालमा यो चेन भत्किसकेकोछ । तर, बिदेसमा काम गरिरहेका युवाहरुले त्यस देशको बजारलाई चलायमान बनाइरहेका छन । रोजगारी दिने मुलुकपनि चाहन्छ कि कामदारले कमाएको अधिक्तम पैसा यही खर्च गरुन । यही कमाउ, खाऊ, लाऊ र रमाउ नीति अर्न्तर्गत ।

नेपालको राजनीति अस्थिर लामो समयदेखि थियो र अझै छ । यसो हुनुमा मुख्य दोषी हामी आँफै हौ र यसमा कति छिमेकि देशहरु पनि कारक होलान । नेपालको राजनीतिक अबस्थामा हिजो चीन र बढि भारतको दबदबा थियो । अझ अमेरिका पनि एम.सि.सि. मार्फ नेपालमा पूर्वधार निर्माणको क्षेत्रमा छिर्दै छ । आज नेपाल “कम्पोजिट” राजनीतिक घेराबन्दीमा परिसकेको छ । तिन वटै देशहरुको स्वार्थ धेरै नेपालीहरुलाई थाहा भएकै कुरा हो । चीनलाई तिब्बतको चिन्ता र इन्डियालाई नेपालको पानीको । यी दुबै मुलुक विश्व अर्थतन्त्रमा अघि बढदै गरेका कारणले गर्दा हिजो सामजिक क्षेत्रमा एन.जी.ओ र आई.एन.जी.ओ मार्फ नेपालमा सिमित भएका पश्चिमा राष्ट्रहरु आज पूर्वधार क्षेत्रमा छिर्नु भनेको हाम्रो रणनैतिक र भौगोलिक अबस्था नै हो । नेपालको अस्थिर राजनीतिक अबस्थामा अमेरिका आफु पनि हाबी हुन चाहन्छ, ताकि यही बसि हाम्रा दुइ छिमेकि मुलुकलाई अघि बढ्न रोक्न सकियोस ।

यस्तो वर्तमान अबस्थामा स्थानीय सरकार बाहेक बाँकी दुइ सरकार कम्पोजिट स्वरुपमा लामो समय रहने निश्चित जस्तै छ । यहि अबस्था र अहिले रहेको निर्बाचन पद्धतिको लाभ राजनीतिमा लाग्ने मानिसहरुलाई मात्र हुने छ । अस्ति भर्खरको निर्बाचनबाट पनि केन्द्रमै पाँच वर्षमा तीनवटा प्रधानमन्त्री पाउने हिसाब आईसकेका छ । सत्तामा पुग्दै गर्दा राजनीतिककर्मीहरु पालै-पालो थपिदै जाने छन । यसले राजनीतिमा आबद्ध हुने ब्यक्तिहरुलाई फाइदा पुगेपनि देशलाई पुग्दैन । किनकी, अघिनै बर्णन गरिसकियो, यो अबस्थामा परिणाम निस्किदैन भनेर । नेपाली जनतालाई अहिले चाहिएको परिणाम हो, ताकि देशले सम्पन्नताको यात्रा तय गर्न सकोस । यस्ता अस्थिर बन्ने-जाने सरकारमा रहने पार्टीहरुले जितेको महसुस गरेपनि, देशले पटक-पटक हार्ने नै छ । मुख्यत, ठुला राजनैतिक दलहरुले आफु हारेपनि देशलाई जिताउन, यो अबस्थालाई सुधार गर्न ढिलो-चाडो तत्परता देखाउनु पर्ने नै हुन्छ । हुनत, यसको राम्रो रेर्फी भनेका जनतानै हुन । तर, अहिलेको अबस्थामा हुने भनेको भ्याकुम वा शुन्य निर्वाचन हो । जस्ले परिणाम दिन्न र देशलाई यही स्थितिमा राख्नेछ वा यो भन्दा खराब । जो सक्रिय, इमान्दार र परिश्रममा विश्वास गर्छन, तिनीहरुको ठुलो हिस्सा देश बाहिर छ । उनीहरु मताधिकारसंग बन्चित पनि छन । यिनीहरुलाई कसरी निर्बाचानमा जोड्ने, यो राज्यको नीतिमा भर पर्छ । अहिलेको संचार र समाजिक संजालले चुनाबको मतमा केही असर गरेपनि, यस्तो चुनाब वा यो पद्धतिमा आउने परिणाम पनि कहिले कुन ठुलो दल र कहिले कुन भन्ने मात्र हो ।

अन्त्यमा, बिशाल आर्थिक महाशक्ति राष्ट्रहरुको “कम्पोजिट” घेराबन्दीमा परेको नेपालले ढंग पुर्‍याए समुन्नत यात्राको सुरुवात गराइ देश अघि बढला । हैन भने, नेपाल अनन्तकालसम्म “कम्पोजिट” राजनीतिक अनुसन्धान केन्द्र बन्ने निश्चित जस्तै छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker