जलवायु परिवर्तन, कार्वन फिडस्टक र नेपालको परिस्थिति
डा. प्रशान्त ध्वज अधिकारी

माटो-ढुङ्गाले बनेका घरभित्र काठ-दाउरामा खाना पकाउदा घरका दलिन बिस्तारै कालो हुँदै जानु, त्यही कालोले तापलाई सोषी दलिन माथिका भागमा जाडो महिनामा पनि न्यानो अनुभव प्राप्त हुनुमा कार्बन डाइअक्साइडको महत्वपूर्ण भूमिका छ । यही भयर विगतमा माटो-ढुङ्गाले बनेको घरको दलिनमा ठुलो परिवार पनि पातलै ओढ्नेबाट न्यानो गरी सुत्न सम्भब भयो । हुन् त यसरी सुत्दै गर्दा उक्त ग्यास लगायत कार्बन मनोअक्साइडको उपस्थितिले हाम्रा पुर्खाहरु कति सुतेका सुते भए होलान वा दमका दीर्घ रोगी भए र हुँदै पनि छन । घरका दलिन कालो हुँदै जानु भनेको कार्बनको मात्रा बढ्दै जानु हो । पृथ्वीको लागि नेपालका हिमालहरु पनि घरका छाना वा दलिन जस्तै हुन् । पृथ्वीमा हावाको बहावको दिशा एकनास छैन, तर बेला-बेलामा उक्त बहाव नेपालका हिमालसम्म ठोकिन्न आइपुग्छन । जस्ले ठुलो मात्रामा उक्त ग्यासहरू हिमालसंग जोडिन पुग्छन । यसले गर्दा सेता हिमालहरु पनि घरका दलिन जस्तै कालो हुँदै जाने अबस्था आउन सक्छ । हिमाल सेता भए सौर्यका ताप फर्काइदिन्छ, तर कालो भय सोषीदिन्छ र हिमालका हिउँ पग्लने जोखिम बढ्छ।
यदि पृथ्वीमा वायुमण्डलले सौर्य तापशक्तिलाई पृथ्वीमा आउन नदिई अन्तरीक्षमै फिर्ता गरिदिए पृथ्वीमा अत्याधिक चिसो भई प्राणी बस्न उपयुक्त थलो नहुनसक्थ्यो। तर, पृथ्वीको सन्तुलित वायुमण्डलले सौर्य तापशक्तिलाई पृथ्वीसम्म आउन दिई प्राय विकिरणलाई पुनः अन्तरिक्षमा फिर्ता पठाउँछ। सन्तुलित वायुमण्डल भित्र कार्बनडाइअक्साइड पनि रहन्छ, जस्ले यो प्रकियालाई सहजीकरण गरिदिन्छ । यही सौर्य विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलनमा रहन्छ । तर अत्याधिक कार्बनडाइअक्साइड लगायत अरु ग्रीन इनर्जी ग्यास र अन्य ग्यास वायुमण्डलको सतहमा बढ्नुले उक्त सतह असन्तुलन हुनगइ पृथ्वीले सूर्यबाट ठुलो सौर्य विकिरण प्राप्त गर्दैछ । त्यस्ता विकिरण पुनः अन्तरिक्षमा फिर्ता जानुपर्ने हो, तर त्यो भैरहेको छैन । यसकारण पृथ्वीमा तापमान बढि जलवायुमा उताब-चडाब आइरहेको छ । अत, पृथ्वीका ध्रुवमा रहेका हिउँ र हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन। यसले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढाएको छ । अर्कोतिर, जलवायु परिवर्तनले मानिसलाई उपभोगका लागि आवश्यक पर्ने पानीको कमि हुनगई खाद्य सामग्री उत्पादन गर्न गाह्रो हुँदैछ, भने केही स्थानहरूमा जोखिमपूर्ण रूपमा नै अत्यधिक गर्मी हुन सक्ने र समुद्री सतह बढ्न जाँदा हालका तटीय क्षेत्रहरू बसोबास गर्न नसकिने हुन सक्छ ।
हाम्रो हिमालमा आयको परिवर्तन अध्ययन गर्न कुनै हिमाललाई फोकल बिन्दु मानेर कार्बनको मात्रा हेर्न अहिले विभिन्न प्रबिधिहरु उपलब्ध छन, जसमध्ये इनर्जी डिस्पर्शिभ एक्सरे (इ.डी.एक्स. इलेमेटल म्यापिंग) प्रबिधिबाट प्राप्त डाटालाई अध्ययन गरे उक्त तत्वको उपस्थिति बारे एक निचोडमा पुग्न सकियला । तर, अहिलेसम्म यस्ता अध्ययनको रिपोर्ट नेपालको हिमालको बारेमा उपलब्ध छैन । हाम्रो छिमेकी मुलुक भारतले पनि चन्द्रायानको सफल अवतरणको बेलामा चन्द्र सतहभित्र रहेका तत्वहरुको इलेमेंटल म्यापिंग गर्ने उद्घोष गरेको थियो । तत्वहरुको अड्कल बताईए पनि अनुसन्धान रिपोर्ट अझै बाहिर आइसकेको छैन । नेपालका अग्ला पहाडका ढुङ्गा काला-पत्थर जस्तै देखिनुले हिमालहरुमा पनि कार्बन डीपोजीसन हुँदै गइरहेको अनुमान चाहिँ गर्न सकिन्छ । यसो हुनुमा माथि उल्लेखित ग्यासहरु पृथ्वीमा अत्याधिक उत्पन्न हुनु नै हो। यसले गर्दा पृथ्वीमा सौर्य विकिरण मार्फ तापशक्ति लेनदेनमा अस्थिर भैरहेको छ । यस्तो अवस्थामा गरिब देशका मानिसहरू धेरै प्रभावित हुनेछन् । यी हरेक घटनालाई सोझै जलवायु परिवर्तनको असर भनेर ठोकुवा गर्ने अध्ययन नभएतापनि यसले पुर्याइरहेको असरले संसारभरि मौसम प्रणाली खलबलिदै गैरहेको छ ।
कार्बन फिडस्टक
कार्बनका एलोट्रप्सहरु डायमन्ड र ग्राफाइट उपयोग गरिरहेका मानिसहरु, अब कृतिम तरिकाबाट उत्पदान गरिने कार्बनका अरु एलोट्रप्सहरु जस्तै ग्राफिन, कार्बन न्यानो ट्यूब, कार्बन क्ववाइलको उपयोगको चरणमा प्रवेश गर्दैछन । ग्राफिनलाई सिलिकन सेमिकंडटरको ठाउँमा, कार्बन न्यानो ट्यूबलाई पूर्वाधार र टार्गेटेट ड्रग डेलिभेरी सिस्टमको विकासमा र छुदा एक र छोड्दा अर्को प्रतिक्रिया देखाउने गुण भएको कार्बन क्ववाइललाई कृतिम मानवीय छाला बनाउन; जुन आगोले पोलेको घाउ पुर्न र सेन्सर डेभाइस बनाउने प्रयत्नमा वैज्ञानिक अनुसन्धान अघि बढिरहेको छ । यी कार्वन वस्तुहरुलाई अप्राकृतिक तरिकाबाट प्रयोगशालामा उत्पदान गर्दा चाहिने कार्बनका मुख्य स्रोतहरु कार्बन डाइअक्साइड र कार्बनमनोअक्साइड हुन ।
तर्सथ, यी ग्यासहरू अहिले प्रयोगशालामा अनुसन्धानको लागि लाखौ घनमिटरको दरले प्रयोगमा छ । यसरी भण्डारण गरिराखेका कार्बनका स्रोतलाई नै कार्बन फिडस्टक भनिन्छ । यिनिहरुमाथी गरियका अनुसन्धानको नतिजा केही सकारात्मक छन र अझै केही उपयोगिताको नतिजा आउन बाँकी छ । यदि नतिजा अझ सकारात्मक भए यी ग्यासहरूको प्रयोग कयौ गुणा बढ्ने छ । यही भएर ग्रिन टेक्नोलोजीको अबधाराणा अनुसार ठुला-ठुला फेक्टि्रबाट निस्कने ग्यासहरूलाई वायुमण्डलमा जान नदिई कार्बन डाइअक्साइड र कार्बनमनोअक्साइडको रुपमा परिणत गर्ने र यिनै ग्यासलाई कार्बन फिडस्टकको रुपमा प्रयोग गर्ने कल्पना गरिएको छ । यदि यो सफल भए प्राकृतिक प्रक्रियालाई चुनौती बनेका अधिक मिथेन, नाइट्रस अक्साइड, कार्बनडाइअक्साइड जस्ता हरित गृह ग्यास र ओजन तह विनास गर्ने क्लोरोफोलोरो कार्बन जस्ता अन्य विषाक्त ग्यासको उर्त्र्सजनमा ठुलो कटौति हुन् सक्थ्यो। तर, ग्रिन टेक्नोलोजीको यो अबधाराणा अझै सफल भैसकेको छैन ।
नेपालको परिस्थिति
विश्वमा रहेका विकासित देशहरु प्रबिधिको विकास गरी त्यसलाई नै स्रोतमा रुपान्तरण गरी धनि राष्ट्र बन्ने दौडमा छन । प्रबिधिले गर्दा ठूला-ठूला उधोगहरु यस पृथ्वीमा चलिरहेका छन र अझै थपिनेक्रम जारी छ । पूर्वाधार विकास र औद्योगिकीकरणका लागि वनजंगलको विनाश, कोइला, खनिजजन्य इन्धनको अत्याधिक प्रयोग, आदिजस्ता क्रियाकलापहरू गर्ने अग्रपंक्तिमा यिनै विकासित राष्ट्रहरु पर्दछन । यी तथ्यको राम्रो जानकार हुँदाहुँदै पनि यो त्याग्न उनिहरु सक्दैनन् र चाहदैनन पनि । किनकी, यो विकास, रोजगार, आम्दानी र इत्यादिसंग जोडिएको छ । तर्सथ, जंगल र बन्यजन्तु अथाह मात्रमा तेश्रो मुलुकमा होस भन्ने स्वार्थ यिनीहरुमा पाइन्छ । ताकि, आफुले उत्पन्न गरेका कार्बन डाइअक्साइड ति जंगलले खपत गरिदिउन, र वन्यजन्तु हेर्न पनि खुला चिडियाघर भविष्यमा बनिराखोस । यसका लागि उनिहरु आफुले कमायको ठुलो हिस्साबाट सानो अंस तेश्रो मुलुकमा आफ्नो संस्था मार्फ अनुदान दिने गर्छन, जसबाट यस्ता आधार ति मुलुकहरुमा बनिराखोस ।
यस्ता अनुदानमा कतिको आशय पवित्र होला, कतिको उनीहरुकै लागि अधिकारकर्मी जन्माउने पनि होला । नेपालले आफ्नो वनजंगलले कार्बन सोशे (खपतगरे) बापत केही अरब रुपैयाँ अन्तर्राष्ट्रिय संस्थाबाट पाएपनि यो रकमले देश अघि बढाउन अर्थ राख्दैन । केही वर्ष अघि पृथ्वीको फोक्सो मानिने अमेजन जंगलमा आगो नियन्त्रण गर्न र्फान्सका वर्तमान राष्ट्रपति म्यार्क्नले ब्राजिलका राष्ट्रपति बोलसेनारोलाई (हाल निवर्तमान) केही अरब युरो रकम सहयोग गर्ने घोषणा गरे। उनले उक्त रकम अस्विकार गरी त्यो रकमले र्फान्समै वनजंगल विस्तार गर्न सुझाव दिए । यो विरोध पछि उहाँहरुको घोच-पेच एक अर्काको परिवारलाई समेत छुन पुगेको थियो। काठमाडौंको टेकु अस्पतालमा दिनको १० जना भन्दा बढि ब्यक्ति भुस्याहा कुकुरको टोकाईको उपचार गर्न जाँदारहिछन, त्यहाँका मेयर बालेनले उक्त कुकुरहरु निर्मुल पार्न तम्सिए जनावरको अधिकार खोई भन्दै अधिकारकर्मिको बिरोधको सामना उनले पनि गर्नुपर्ला।
अन्त्यमा, स्वदेशमा चरम गरिब, अभाब, सुशासनको कमि र राज्यसंग पहुँच नहुने नेपालीहरु आफ्नो र परिवारको जिवाकोपार्जनका निम्ति कयौ पुस्तादेखि भाडाका सैनिक, बिदेशी भूमिमा मजदुरी गर्न बाध्य भए र अझै पनि हुँदैछन । तर, पहिलाका पर्ुखाहरुले प्रायः देश त्यागेनन, तर अहिलेका पुस्ता देशमा बस्नै नचाहने, विकासित देशको नागरिकता पाए आफ्नो त्याग्ने मनस्थिति बनाउँदै छन । स्थिति यस्तै रहिरहे देशले केही वर्षपछि यसको असर भोग्नेछ । नेपालको लगभग बिच भाग तनहुँमा घर भएको मान्छे, देशमा आठ-दश लेनको पूर्व-पश्चिम र उत्तर-दक्षिण क्षेत्र जोड्ने राजमार्ग भैदिएको भए, बिहानै कुनै पनि एक क्षेत्रमा काम गरी बेलुका घर फर्कन सक्थे । यस्ता राजमार्गहरु सन् १९८० को दशकमा नेपालमा बिनिसक्नुपथ्र्यो, बनेन् । त्यसपछि सन् १९९० दशकपछि बन्नुपथ्र्यो, तर अझैसम्म बनेका छैनन । यदि यस्ता राजमार्ग बनेको भए यिनीहरुको वरिपरी औद्योगिकीकरणको जग बसिसक्थ्यो र अहिलेका पुस्ताको अबस्था माथि उल्लेख गरेजस्तो नहुनसक्थ्यो । यसको उल्टो हाम्रा राजमार्ग अहिलेपनि विकासित देशका ग्रामीण बस्ति जोड्ने जस्ता छन । तर, उनिहरुको जस्तो भरपर्दा चाहिँ अझै पनि भैसकेका छैनन । जलवायु परिवर्तनको मारमा नेपाल परेपनि ठूलापूर्वाधार र औद्योगिकीकरणको जग बसाल्न भोलिका दिनमा ठुलो मात्रमा वनजंगल र वन्यजन्तुको बासस्थान बिनास हामीले पनि गर्नुपर्ने हुन्छ ।
नेपालको जैविक बिबिधितालाई सधैं गरीबीमा बसेर संरक्षण गरेको भन्दा कयौ गुणा वैज्ञानिक तरिकाबाट हामी सम्पन्नता तिर गएपछि गर्न सक्छौ । त्यसैले हामीले बनाएका कानुन विकासमैत्री हुनसकुन । किनकी, बिकास योजना ढिलो सम्पन्न हुनु भनेको, देशलाई झन गरिबितिर धेकेल्न्नु हो । हाम्रै छिमेकि चिनले केही वर्ष अघि आफ्नो मुख्य भु-भागलाई हंगकंग र मकाउसंग जोड्न समुन्द्रमा ५५ कि.मि. चारलेनको बाटो केवल नौ वर्षमा सम्पन्न गर्यो । नेपालको बिध्यमान अबस्थामा भोली बन्ने यस्ता राजमार्ग र औद्योगिकीकरणको क्षेत्रहरु नौ वर्षसम्म बन्नु त के ? साइट नै क्लियर नहुन सक्छ ।