घरबास व्यवस्थापन : पर्यटन प्रवर्द्धनको पूर्वाधार
देव वस्न्यात
नेपाल १२६ जातजाति र १२३ भाषभाषीहरुको फूलबारी हो । यहाँ ब्राहृमण क्षत्री, दशनामी, रानाभाट, ठकुरी, भुजेल दलित वर्गका दमै, कामी सार्की, चुनाराहरु खश मुलका मानिन्छन् । यसैगरी मगर, गुरुङ, नेवार, तामाङ्ग, किरांत लिम्बु, शेर्पाहरु मंगोलियन मूलका, द्रविड मूलका कोचेहरु, मैथिल र भूमिहर ब्राहृमण, यादव, तेली, शाह, कानु, मुसहर, बांतर, थारु, दरै बोटे कुमाल लगायतका आर्यनहरुका आ-आफ्नै रितीरिवाज, संस्कार र धर्महरु जिवित छन् । ज्ञानको सञ्चय र व्यवहारको उपजनै संस्कृतिको मुहान हो । प्रत्येक धर्म तथा संस्कृतिको मूल आशय आत्मशुद्धि वा आत्मज्ञान प्राप्त गर्नु नै हो ।
धर्म संस्कृतिको मूल तात्पर्य मानव कल्याण हो । नेपालका आदिवासी जनजातिहरु संस्कृतिका धनी मानिन्छन् । लेकमा गुरुङ्ग, शेर्पा तामाङ्ग, मध्यवर्ती पहाडमा नेवार मगर, दरै, कुमाल र भित्री मधेसका दरै, बोटे, थारु जातिहरु संस्कृतिका संवाहक हुन । विशेषत नेपालको भित्री मधेसमा थारु जातिहरुको बाहुल्यता छ । थारु जातिको रहन सहन, उनीहरुको संस्कृति भेषभुषा, थारुजातिको चेतनास्तर जागृतिका लागि सूचना मूलक गोष्ठी तालिम सेमिनार प्रदान गरी दिगो आयआर्जन कार्यक्रम व्यवस्थित गर्न अमलटारी मध्यवर्ती घरबास संस्थाको सहयोगी संस्थाको रुपमा डब्लु.डब्लु.एफ आइएनजिओ रहेको छ ।
थारु जातिहरुले सञ्चालन गरेका सामुदायिक वनमा जंगल सफारी, सदस्यहरुको आर्थिक सामाजिक र संस्कृतिक सम्वृद्धिका लागि, हमार दिगो गाउँ पर्यटन सहकारी संस्था अवलोकन, अमलटारी मध्यवर्ती घरबास (हामेस्टे स्था. २०७०) अर्र्घौली-५ बाघखोर अवलोकन एवं अध्ययन, नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ता वखान सिंह गुरुङ्गको पहलमा दर्ता भएको नेपालकै पहिलो सहकारी संस्था बखान सहकारी संस्था अवलोकन गर्न जिल्ला विकास समिति तनहुँ र पर्यटन समिति तनहुँको संयुक्त आयोजनामा आयोजित पर्यटन यात्रामा सहभागी हुने अवसर प्राप्त भएको थियो। उक्त भ्रमणदलमा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न कार्यालयका कार्यालय प्रमुखहरु, विभिन्न सञ्चार क्षेत्रमा संलग्न पत्रकार साथीहरु सहभागी बनेका थिए ।
बिगतको सत्य तथा यथार्थ कहानी नै इतिहासको स्मारक हो । वास्तवमा इतिहास कहिले सत्य र कहिले असत्य तथ्यहरुको पनि कहानी बन्दछ । सत्य इतिहास कठोर प्रयत्नबाट मात्र निर्माण हुने गर्दछ । इतिहास मानिसको इच्छाले बन्दैन । इतिहास स्वयं घट्ना जाने विषय हो । नेपाल सहकारी आन्दोलनमा यस्तै यस्तै घटनाहरु सहकारी इतिहासको मालाको रुपमा उनिएका छन् ।
नवलपरासी जिल्लाको कावासोती १५ बाघखोरमा हमार दिगो गाउँ पर्यटन सहकारी संस्था लि. (स्थाः २०७०)ले आदिवासी जनजाति थारु संग्रहालय, माछापोखरीमा फिसिङ, बयलगाडा सफर, जीपसफारी, थारु गाउँ भ्रमण, बाघ, चरा, गैंडा, हात्ती लगायतका जंगली पशुपंक्षी अवलोकन गराएको थियो । उनीहरुको आफ्नै सामुदायिक भवनमा थारुबोटेहरुका साँस्कृतिक नाच लगायतका दृष्यहरु प्रदर्शन गरेका थिए । त्यहाँका होमस्टेहरुमा राखेर थारुहरुको परम्परागत गाँस र बासको सेवा प्रदान गरेको थियो । थारु गाउँमा बनाइएको मोत र गाउँमा पालिएका लोकल कुखुराका मासु र नारायणी नदी एवं पोखरीमा पालिएका माछाले सत्कार गरिएका थिए ।
हिब्रु भाषमा बोलिने जेरुसलेम शब्द र अरवी भाषामा बोलिने प्यालेष्टाइन शब्द दुबैले पवित्रभूमिको संकेत गर्दछन । बखानसिंहको जन्मस्थल पुलिमर्याङ्ग र उनको कर्मथलो शारदानगर एवं बखान सहकारी संस्था लि. नेपाल सहकारीकर्मीहरुको पवित्र तीर्थस्थल हो । यो मुस्लिमहरुको मक्का मदिना, हिन्दुहरुको बद्री, गया, केदार र रामेश्वरम जस्ता चारधाम, बौद्धिष्टहरुको लुम्बिनी, क्रिश्चियनहरुको जेरुसलेम, वोनहरुको मुक्तिनाथ भन्दा पनि पवित्र स्थलको रुपमा लिन सकिन्छ । नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ता बखानसिंह र प्रथम सहकारी बखान सहकारी समिति नेपाल सहकारी कर्मीहरुका लागि प्रमुख तीर्थस्थल भन्नु पर्दछ ।
इतिहाँस गत विगत समयको सत्य तथा यथार्थ कहानी हो । वास्तविक तथा अवास्तविकको विवेचनायुक्त कहानीको संग्रह नै इतिहास हो । इतिहासकै माध्यमबाट अपनत्व चिन्न सकिने एक सत्मार्ग पनि हो । सत्य इतिहास त्यसै निर्माण हुँदैन । सत्य इतिहासको निर्माण कठोर प्रयत्नद्वारा मात्र निर्मित भएको पाइन्छ । सत्य इतिहास नचाहदा नचाहदै पनि स्वयं घट्न जाने विषय हो ।
विश्व सहकारी जगतमा पनि यस्तै यस्तै घटनाहरु घटिरहेका छन । तीनै घटनाहरु मध्येको सन १८४३ आधुनिक सहकारी आन्दोलनको इतिहासको सुरुवात हो भने रचडेल पायनियर्स ग्रुप त्यो इतिहासका प्रमुख पात्रहरु हुन । यसै गरी वि.सं. २०१३ चैत्र २० गतेको घटना पनि आधुनिक नेपाल सहकारी आन्दोलन इतिहांसको सुरुवात हो भने बखानसिंह गुरुङ्ग नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ता तथा प्रमुख पात्र हुन भन्दा अत्युक्ति नहोला ।
ह्रि्रु भाषामा जेरुसेलेमको अर्थ पवित्र भूमि हो । यसै गरी अरवी भाषामा प्यालेस्टाइनको अर्थ पनि पवित्र भूमि भन्ने जनाउँछ । नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ताको जन्मस्थल मिर्लुङ्गकोट-पुलिमर्याङ्ग पनि हाम्रो लागि पवित्र भूमि हो । यसैले नेपाल सहकारी आन्दोलनको पवित्र भूमि पुलिमर्याङ्ग यहुदीहरुको जेरुसलेम अर्थात मुस्लिमहरुको प्यालेस्टाइन भन्दा बढी पवित्र भूमि मानिन्छ । यसैले संगितमय धुनमा भनिन्छ मलाई हङ्गकङ्ग पनि यही -पुलिमर्याङ्ग), मलाई जेरुसेलेम पनि यही (पुलिमर्याङ्ग), मलाई पेलेस्र्टाईन पनि यही (पुलिमर्याङ्ग) । अस्तु ।