२०७औं भानु जयन्ती : उपेक्षामा परेको भानु जन्मस्थलमा कर्मकाण्डी बन्दै भानुजयन्ती

नारायण खड्का
आज असार २९ गते । आदिकवि भानुभक्त आचार्यको २०७औं जन्मजयन्ती । नेपाली भाषा र साहित्य क्षेत्रमा ठूलो गुन लगाएका आचार्यको जन्मस्थल चुँदीरम्घा सुनसान अवस्थामा छ । पछिल्लो समय असार २९ गते अर्थात भानुजयन्ती कर्मकाण्डी जस्तै बनेको छ । भानु जन्मस्थल चुँदीरम्घामा अहिले न त कुनै साहित्यिक कार्यक्रमहरु हुन्छन् न त भानुभक्तले नेपाली भाषा र साहित्य फाँटमा पुर्याएको योग्दानकै चर्चा नै हुन्छ ।
आदिकवि भानुभक्त आचार्यको नाम उचारण गरेपछि उनको जन्मस्थल चुँदी रम्घा सबैको मनस्पटलमा छाउँछ । वि.सं. १८७१ असार २९ गते पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका भानुभक्तले नेपाली भाषा र साहित्यमा ठूलो योग्दान दिएका छन् । अध्यात्म-रामायणको भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण तथा भाषिक एकीकरण गरेका भानुभक्तको जन्मस्थल चुँदीरम्घा अहिले उपेक्षामा परेको छ ।
हजारौं वर्षदेखि पूर्वीय साहित्यमा चर्चित रामायणको नेपालीमा पुनःजन्म गराउन सफल भानुभक्तले भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन लगायतका क्षेत्रमा योगदान पुर्याएर चर्चित बने ।
‘भर्जन्म घाँसतिर मन दिई धन कमायो
नाम केही रहोस् भनेर कुवा खनायो
घाँसी दर्रि्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन किन आज यस्तो ……’
भानुभक्त आचार्यको ‘घाँसी’ शीर्षकको कविताको यो अंशले निकै चर्चा बटुल्ने गर्छ । कविताका पात्र घाँसीलाई घाँस काटेरै कुवा खनाउने समाजसेवीका रूपमा लिइन्छ । यीनै घाँसीको प्रेरणाबाट भानुभक्तले रामयणलाई नेपाली भाषामा अनुवाद गरी भाषिक एकिकरण गरेका थिए भनिन्छ । यसरी नेपाल र नेपालीलाई भषिक एकतामा बाँधेका थिए भानुभक्तले तर, उनको जन्मस्थल चुँदीरम्घा पहिचानको खोजीमा रुमलिन थालेको छ ।
हजारौं वर्षदेखि पूर्वीय साहित्यमा चर्चित रामायणको नेपालीमा पुनःजन्म गराउन सफल भानुभक्तले भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन लगायतका क्षेत्रमा योगदान पुर्याएर चर्चित बने । तर, यीनै व्यक्तिको जन्मस्थल चुँदीरम्घामा असार २९ गते कर्मकाण्डीका रुपमा सामान्य कार्यक्रम गरी स्मरण गरिने बाहेक अन्य कार्यक्रम प्रायः सुन्यनै हुन्छ ।
‘केही वर्ष अगाडिसम्म त भानुभक्तले लेखेका रामायणका श्लोकहरु लय मिलाएर हामीले भन्ने गथ्र्यौ । मेलापात, घाँस दाउरा गर्न जाँदा पनि हामी श्लोकहरु भन्थ्यौं’, भानु नगरपालिका-३ चुँदी रम्घाकी ७७ वर्षीया इन्दिरा आचार्यले भनिन्, ‘अहिले त भानुभक्तीय रचना पाठ गरेको सुन्न, देख्न पनि पाइदैन । हामी बुढाबुढीहरुले त अझै अलिअलि श्लोक भन्दै अएका छौ तर, अहिलेका नयाँपुस्ताले भानुभक्तका रचना, रामायाण, श्लोक भनेको के हो ? थाहा छैन ।’
यस्तै, चुँदीरम्घाका ७७ वर्षीय कृष्णराज बास्तोलाले पनि यस्तै गुनासो गरे । उनले भने, ‘बुढाबुढी थला परे, अहिलेको नयाँपुस्तालाई रामायण भनेको केहो भन्नेनै थाहा छैन । समय समयमा यो विषयमा पर्ढाई लेखाई तथा कार्यक्रम हुन सके नयाँपुस्ताले पनि थाहा पाउँथे की ।’ ‘पहिला भानुजयन्तीका अवसरमा चुँदीरम्घामा तीनचार दिनदेखि छुट्टै चहलपहल हुन्थ्यो । विभिन्न कार्यक्रमहरु हुन्थे’, बास्तोलाले भने, ‘अहिले भानुको नाम भजाएर खाने भाँडो बनेको छ, जन्मस्थल नेतृत्व बिहीन छ, पैसा आउँछ भन्छन् कता केमा खर्च हुन्छ त्यो पनि थाहा हुँदैन् । अलिअलि बनेका संचरनाहरु पनि भत्कन थालेका छन् ।’ उनले भने, ‘भानुभक्तका सन्ततीले पनि जन्मस्थलको विकास र प्रवर्द्धनका लागि चासो नदेखाउँदा यो दयनीय अवस्थामा पुगेको छ ।’
‘भानु जन्मस्थलको विकासका नाममा सिमित व्यक्तिहरुले मागिखाने भाडो बनाउँदा अलपत्र बन्यो ।’ भानु-१ का प्रेम थापा भन्छन्, ‘नेपाल र नेपालीलाई चिनाउन भानुले जुन योग्दान दिए त्यो योग्दानको कदर गर्न सरकार तथा सरोकारवाला निकायले आवश्यक चासो नदेखाउँदा अलपत्र बन्न पुगेको छ ।’
‘राजनीतिककर्मी र भानुका परिवारकै लागि पनि भानुको नाम भजाएर मागीखाने भाँडोमात्र बनेको छ, जन्मस्थल भने अलपत्र अवस्थामा छ’, उनले भने, ‘असार २९ गतेका दिन बाध्यताले भानुको योग्दानको चर्चा हुन्छ, साहित्यिक गन्तव्यका रुपमा विकास गर्नुपर्छ भनि चर्का भाषण पनि गरिन्छ तर, उपलब्धी भने सुन्य छ । अहिलेसम्म डढेलोमा परेको भानुको जन्मघरपनि पुनःनिर्माण हुन सकेको छैन ।’
आदिकवि तथा नेपालको राष्ट्रिय विभूतिबाट समेत सम्मानित भानुभक्त रामायणकै कारण विश्वभरका नेपाली भाषीमाझ लोकप्रिय छन् । यीनै नेपाली भाषा र साहित्यफाँटका उज्जवल नक्षेत्र आदिकवि भानुभक्त आचार्यको जन्मस्थलो बिकासका लागि नेपाल सरकारद्वारा २०५२ मा गठनआदेश नै गराएर स्थापना गरिएको भानु जन्मस्थल विकास समिति अहिले नेतृत्व विहिन अवस्थामा छ ।
भानुभक्त र उनको जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चिनाउन र अन्य संरचनालाई निर्माण गरी साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लक्ष्यका साथ गठन गरेको समितिले लक्ष्य बामोजिमको काम गर्न नसकेको जन्मस्थल विकास समिति कार्यालयका पूर्वकार्यकारी निर्देशक शंकर रानाभाट बताउँछन् । मुलुक संघीय संरचनामा गएसंगै समिति र कार्यकारी निर्देशक बिहिन अवस्थामा जन्मस्थल छ।
‘अहिले समिति पनि छैन, कार्यकारी र नासु नि छैनन्, एक खरिदार र दुइ जना कार्यालय सहयोगी मात्र छन्’, पूर्वकार्यकारी निर्देशक रानाभाटले भने, ‘समिति कुन सरकार मातहत रहने भन्ने पनि अहिलेसम्म एकिन भएको छैन् । बिगत लामो समयदेखि यहाँका कर्मचारीको तलब समेत भुक्तानी हुन सकेको छैन । म सहित यहाँका कर्मचारीहरुको गरी करिब ५० लाख रुपैयाँ बराबरको तलब भुक्तानी हुन बाँकी छ ।’ पहिले पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले हेर्ने गरेको उक्त कार्यालय अहिले स्थानीय तहको समन्वयमा भएका कर्मचारीलाई तलब खुवाउने मात्र काम गरिएको छ ।
यस्तै, कार्यालयका कर्मचारीहरुले २०६४ सालदेखि २०७५ सालसम्मको पुर्णरुपमा तलब नपाएको उनले बताए । ‘करिव ११ वर्षसम्म हामीले पुरा तलब पाएका छैनौ’, कार्यालय सहायक शोभा र्घर्तीले भनिन्, ‘मेरो श्रीमान पहिला यही काम गर्नुभयो उहाँको मृत्यु पश्चात म यही काम गर्न आएको हो । श्रीमान र मेरो गरी करिब ९ लाख रुपैयाँ तलब लिन बाँकी छ । यो कहिले पाइन्छ थाहा छैन् । अहिले नगरपालिकाबाट तलब आउँछ, दुइ वर्षदेखि नियमित तलब त आएको छ तर, लिन बाँकी तलब कहिले पाउने हो – थाहा छैन ।’
कार्यालयमा कति कर्मचारी राख्ने दरबन्दी निश्चित नभएको र पहिले एक कार्यकारी निर्देशक, एक नासु, एक खरिदार र दुइ कार्यालय सहयोगी राखेको पूर्वकार्यकारी निर्देशक रानाभाटले बताए । नगरपालिकाले साहित्यिक समिति गठन र समायोजन गरी साहित्यिक क्षेत्र भनेर छुट्टै फाँट बनाए कार्यसम्पादनमा सहज हुने भएपनि अहिलेसम्म त्यसो हुन सकेको छैन ।
हरेक वर्ष भानुजयन्ती मनाउन विभिन्न स्थानबाट साहित्यप्रेमी भानुजन्म स्थलसम्म पुग्ने गर्दथे । अहिले त्यो कार्य न्यून छ । केही वर्षेखि असार २९ गते हुने साहित्यिक कार्यक्रमको रौनकता पनि घट्दै गएको स्थानीय बताउँछन् ।
सरकारले शिखरकटेरीमा करिव ३ करोड रुपैयाँको लागतमा रामायण भवन निर्माण कार्य अन्तिम चरणमा पुर्याएको छ । सरकारी निकायबाट आवश्यक चासो नदेखाउनु, भानुभक्त जन्मस्थल क्षेत्रको विकासमा चासो देखाउने स्थानीय युवा नहुँदा यो ठाउँको यथोचित विकास हुन नसकेको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौली बताउँछन् ।
‘अहिले सबै नेता, कार्यकर्ता तथा व्यक्तिहरुले आ-आफ्नो भक्त मात्र बनाउने र उनिहरुको मात्र ध्यान दिन थाले’, नगरप्रमुख गौलीले भने, ‘सबैले आ-आफ्ना भक्त बनाएर तीनै तर्फमात्र ध्यान केन्द्रित गर्दा भानुभक्तका भक्त बन्ने कोही दिखिएनन् त्यसैले यो उपेक्षामा परेको हो ।’
नेपाली भाषा र साहित्यलाई उचाईमा पुर्याउने भानुभक्तको जन्मस्थल पछिल्लो समय दयालाग्दो अवस्थामा पुगेको छ । मुलुक संघीयतामा आएसंगै समिति स्थानीय तह अन्तरगत रहेतापनि स्थानीय तह तथा जिल्लाका सांसद, राजनीतिक दलका नेताहरुले भने संघीय सरकार मातहतबाट विकास समिति सञ्चालित हुनुपर्ने माग गर्दै आइएको भानु नगरपालिकाका नगर प्रमुख गौली बताउँछन् ।
उनि भन्छन्, ‘स्थानीय सरकारको न्रि्रानी त अति आवश्यक छ तर, भानु जन्मस्थललाई साहित्यिक पर्यटकीय स्थलको रुपमा विकास गर्न संघीय सरकार मातहत नै राख्नु पर्दछ । यो सहित्यिक क्षेत्र भएकाले आर्थिक रुपमा पनि विकास समिति कमजोर हुनेहुँदा कार्यकारी प्रमुख तथा कर्मचारीको व्यवस्थापन लगायतका कार्य संघीय सरकार मातहतबाट गर्नसके यो क्षेत्रको विकास हुन्छ ।’
यस्तै, पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको पुनःनिर्माणका लागि शिलान्यास समेत गरेको थियो । वि.सं. २०७३ साल चैत २२ गते करिब ६८ लाख रुपैयाँको लागतमा भानुगृह निर्माण गर्ने गरी शिलान्यास गरिएका थियो । मञ्चले खानेपानीको अभाव, बाटोको समस्या र समन्वय अभावका कारण भानुगृहको काम अगाडि बढ्न सकेको छैन ।
यस्तै, वि.सं. २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर एक लाख रुपैयाँमा पुनःनिर्माण गरिएको थियो । जंगलबीचको खरको छानाको घरमा वि.सं २०६१ जेठमा आगलागी हुँदा करीब १ लाख २७ हजार रुपैयाँको क्षति भएको बताइएको छ । २०५३ सालमा माटो र ढुंगाले बनेको भानुको जन्मघर ढडेलोले भत्केर भग्नावशेष मात्र बाँकी छ ।
साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्न र उक्त ठाउँलाई भानुग्राम बनाउने उद्देश्यले मञ्चले गुरुयोजनासमेत बनाएको थियो । गुरुयोजन अनुसार भानुभक्तको घर दुइ तलाको हुनेछ । १० रोपनी क्षेत्रफलमा फैलिएको जग्गाभित्र भानुभक्तको घरसहित पोखरी, फूलबारी, घरबास धर्मशाला, संग्रहालय, भ्युटावर, चौतारी, रामायण भवन, पुस्तकालय, चमेना गृह, पाले घर, शौचालय लगायतका पूर्वाधार निर्माण गर्ने लक्ष्य छ । यी मध्ये हाल रामायण भवन निर्माण कार्य अन्तिमचरणमा पुगेको छ ।
यस्तै, भानु जन्मस्थल बिकासको आफ्नै लालपूर्जाको करिव १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माणाधिन अवस्थामा छ । वि.स. २००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको भएपनि तिनै महान व्यक्ति जन्मेको जन्मस्थल अहिले अलपत्र र सुनसान छ । हरेक बर्षअसार २९ गते उनको सम्झनामा भानुजयन्ती कर्मकाण्डी रुपमा मनाउन थालिएको छ । यो चुँदी गाउँ अहिले बिकासको पर्खाइमा बसिरहेको छ ।
त्यस्तै, भानु नगरपालिका र भानु जन्मस्थल विकास समितिले संयुक्त रुपमा आज सोमबार जन्मस्थलदेखि भानु प्रतिमा चुँदी रम्घासम्म प्रभातफेरी, रामायण वाचन, साँझ दिपावली, सरसफाई लगायतका कार्यक्रम गरी मनाउने तयारी गरेको छ । यस वर्ष कोरोना कहरका कारण अन्य विशेष कार्यक्रमहरु सञ्चालन गर्न नसकिएको समितिले जनाएको छ ।