अषाढ १५ दहि च्युरा खाने संस्कृति

हाम्रो समाज सस्कृतिमा हुर्केको समाज हो । घरद्वार निर्माण देखि लिएर खेतीपाती गर्दा पनि हामी नेपालीहरुको आ–आफ्नै सस्कृति रहेका छन । आषाढ १५ मा दही चिउरा खाने साउनमा खिर खाने प्रचलन पनि हाम्रो सस्कृति भित्र कै हो । खेत रोपाई गर्दा असारे भाकाको सुरीलो स्वरमा बाजागाजाका साथ गित गाउँदै, हातको विउ हिलो माटोमा छुपु, छुपुको आवाज संगै रोपाराहरुले रोप्ने पनि सस्कृति नै हो । आषाढ १५ हामी नेपाली किसानहरुको दही चिउरा खाने संस्कृति अथवा चाड पनि हो । आषाढ १५ लाई कृषकहरुले मौलीक चाडको रुपमा पनि हिलो खेल्ने, दही र चिउरा खाने परपमंपरा छ । बुढापाकाहरुले अषाढ १५को दिनलाई मानो खाएर मुरी उब्जाउने दिनको रुपमा पनि लिने गर्दछन ।
तर अहिले यो संस्कृति पनि हराउँदै जान थालेको छ । शहरी क्षेत्रमा बसाइ सराइको बढ्दो क्रम, कृषि व्यवसायमा कम रुचि, जागिरे मनस्थितीमा युवाहरुको सोच र यस्तै अन्य कारणले गर्दा खेती योग्य जमिनहरु बाँझो हुन थालेको छ । शहरी क्षेत्र र शहर उन्मूख क्षेत्रमा प्लटिङ व्यवसायीहरुले कृषि योग्य जमिनहरुमा खोलाका ग्रेग्रान माटो थुपारेका छन् । हिजोको समयमा धान झुल्ने खेतहरु आज त्यहाँ महल ठडिएका छन् । बढदो शहरीकरणले गर्दा कृषि क्षेत्रमा क्रमिक रुपले मानिसहरुको रुचि कम हुँदै गएको छ । कृषि क्षेत्रलाई क्रमिक रुपले जलवायु परिवर्तनले समेत ठूलो नोक्सानी पु¥याउँदै आएको छ । समयमा पानी नपर्ने, प¥यो भने त्यसले बिनास गर्ने, बेमौसमी पानी र हुरीबतासले समेत कृषकहरु मारमा पर्दै आएका छन् ।
अहिले बढ्दो जनसंख्या एउटा गम्भीर समस्या बनेको छ । बढदो जनसंख्याका लागि खाद्यान्न आपूर्ति गर्न मानिसले बिभिन्न प्रकारका रासायनिक मलहरु तथा विषालु किटनाशकहरुको उपयोग गरिरहेको छ । राज्यले पनि त्यसको प्रचार प्रसार गर्दै आएको छ । रासायनिक मल तथा कीटनाशाकले प्रकृतिका जैविक र अजैविक पदार्थहरु बीच हुने आदान–प्रदानको चक्र इकोलोजी सिस्टमलाई प्रभावित पारेको छ । जसले गर्दा जमिनको उर्वरा शक्ति बिनास भएको छ । वातावरण प्रदूषित भएको छ, र मानिसको स्वास्थ्यमा समेत नराम्रो असर पुगेको छ । यस किसिमको कुराहरुलाई कृषि क्षेत्रमा लाग्ने कृषकहरुले ख्याल गरेको पाइन्न । त्यसैगरी राज्यले समेत यस्ता कुरामा ख्याल गरेको देखिदैन । जुन कारणले आज मुलुकभरका कृषकहरु रासायनिक मलको भरमा खेती गर्न बाध्य भएका छन् ।
जैविक खेतीको विधि रासायनिक खेतीको विधिको तुलनामा बराबर वा अधिक उत्पादन दिन्छ अर्थात जैविक खेतीले कृषकहरुको उत्पादन बढाउँछ । जैविक खेतीको विधि पनि अधिक लाभदायक छ । जैविक विधि द्वारा खेती गर्नको लागि उत्पादनको लागत त कम हुन्छ नैं यसका साथै कृषकहरुलाई आय आर्जनमा फाइदा पुग्छ । जसको फलस्वरुप सामान्य उत्पादनको अपेक्षामा कृषकहरु अधिक लाभ प्राप्त गर्न सक्छन्। । बढदो जनसंख्या, पर्यावरण प्रदुषण र जमिनको उर्वरा शक्तिको संरक्षण एवं मानव स्वास्थ्यका लागि जैविक खेती अत्यन्त लाभदायक छ । तर यो कुरा सबै क्षेत्रका कृषकहरुलाई कृषि क्षेत्रका बिज्ञहरुले र राज्यले बुझाउन नसकेको अवस्था छ ।
जैविक खेती प्रणाली प्राचिन काल संग जोडिएको छ । प्राचीन कालमा मानव स्वास्थ्य अनुकूल हुने तथा प्राकृतिक वातावरण अनुरुप खेती गरिएको थियो । यसबाट जैविक र अजैविक पदार्थहरुका बीच आदान–प्रदानको चक्र निरन्तर चलिरहेको थियो । जुन कारणले जल, भूमि, वायु तथा वातावरण प्रदुषित हुँदैन थियो । कृषि क्षेत्रमा गाईभैसी पाल्ने प्रचलन पनि हाम्रो समाजमा प्राचिन कालदेखि हुँदै आएको हो । जसका प्रमाण हाम्रो इतिहासमा उल्लेखित गोपाल र महिषपालहरु हुन् । कृषि एवं पशुपालन र वातावरणका लागि जैविक खेती प्रणाली अत्यन्त उपयोगी हुन्छ । आजभोली कृषि क्षेत्रमा रासायनिक मल र कीटनाशकहरुको प्रयोग हुँदैछ । जसको फलस्वरुप जैविक र अजैविक पदार्थहरुका चक्रको सन्तुलन बिग्रदैं गइरहेछ, र वातावरण प्रदुषित भएर, मानव जातिका स्वास्थ्यलाई प्रभावित गर्दैछ । अब हामी रासायनिक मलहरु, विषालु कीटनाशकहरुका उपयोगका स्थानमा, जैविक मलहरु उपयोग गरेर, अधिकभन्दा अधिक उत्पादन प्राप्त गर्ने तर्फ हाम्रो सोचको बिकास हुन जरुरी छ ।
हाम्रो ग्रामीण अर्थव्यवस्थाको मुख्य आधार कृषि छ र कृषकहरुको मुख्य आयको साधन पनि खेती हो । हरित क्रान्तिका समयदेखि बढ्दो जनसंख्यालाई हेर्दा एवं आयको दृष्टिले उत्पादन बढाउनु आवश्यक छ । अधिक उत्पादनका लागि खेतीमा अधिक मात्रामा रासायनिक उर्वरको एवं कीटनाशकको उपयोग गरी राखेका छौ । जसले गर्दा साना कृषकहरुलाई कृषिमा अत्यधिक लागत लाग्ने गरेको छ । त्यतिमात्र होइन जल, भूमि, वायु र वातावरण पनि प्रदुषित भएको छ । साथै कृषिबाट उत्पादन पदार्थ पनि विषालु भइरहेका छन । जुन खाद्य पदार्थ हामीहरुले खादै आएका छौ । पछिल्लो समय हामी कहाँ व्यवसायिक खेतीको लहर सुरु भएको छ । यो राम्रो संकेत हो, शिक्षित युवाहरु, जागीरबाट रिटायर्ड भएकाहरु मात्र होइन, विदेशबाट अनुभव हाँसिल गरेर फर्केकाहरु समेत व्यवसायिक खेतीतर्फ आकर्षित भइरहेका छन् । विभिन्न गैरसरकारी संस्थाको पहलमा गठन भएका विपन्न तथा महिला कृषक समूहहरुले समेत व्यवसायिक कृषिको लहर ल्याएका छन् । यसबाट गाउँघरमै स्वरोजगारको सिर्जना भइरहेको छ । कृषि प्रधान मुलुक भइकन पनि तरकारी र फलफूलमाथि समेत आयात गर्नुपर्ने विडम्बनापूर्ण बाँध्यता कम हुँदै गइरहेको छ । साथै, थोरै भए पनि स्वदेशी मुद्रा विदेशिनबाट रोकिएको छ ।
तर जति पनि खेती भइरहेका छन्, परम्परागत रुपमा मात्र भइरहेका छन् । जिल्लामा भएका कृषि ज्ञान केन्द्र तथा कृषि सेवा केन्द्रहरुमा कृषि प्राविधिकहरुको उपलब्धता कमी भएको र भएकाहरुले समेत समर्पित भएर सेवा दिन नसकेको अवस्था छ । कृषि क्षेत्रमा सरकारको ठोस् नीतिको अभावमा उत्पादन हुन छाडेपछि आजभोली कृषकहरुलाई, कृषि श्रमिकहरुलाई ज्याला दिएर खेत रोपाई गर्न नसक्ने अवस्थामा कृषकहरु पुगेका छन् । वैदेशिक रोजगारको लागि युवाहरु विदेश पलायन हुने क्रक बढ्दो छ । काम गर्ने युवा शक्ति गाउँघरमा नहुनाले ज्याला दिएर पनि कृषि मजदुर पाउन मुस्किल परेको छ कृषकहरुलाई । भरपर्दो विउ र मल समयमा नपाउने र उत्पादन भएको खाद्यान्नले उचित मुल्य पाउन नसक्दा कतिपय कृषकहरु कृषि पेशा बाट नै पलायन हुँदै गएका छन् । युवाहरुमा कृषि कार्यलाई कामनै हैन भन्नेको संख्या बढ्दै गएको छ । जसले गर्दा नेपालमा गरिवी न्युनिकरण गर्न चुनौतीपूर्ण कार्य भएको छ ।
प्रकृतीको धनी नेपाल आफैमा सवल हुँदाहुँदै पनि यहाको शासकहरुको दुरदर्शी निति नवन्दा कृषि क्षेत्रमा आश्रीत हुने मानिसहरु झन्–झन् गरिव बन्दै गएका छन । नयाँ प्रविधिको कृषि प्रणालीबाट उत्पादन लिन नसक्दा अहिले अधिकाशं आफुलाई वेराजगार भन्ने युवाहरु विदेशि भूमिमा कामको लागि जान परेको छ । हामी नेपाली कृषि प्रदान देशका धनि भन्दछौ । सरकारी तथ्यांकले पनि नेपालमा ६५ प्रतिशत नेपालीको मुख्य पेशा कृषिलाई देखाउँछ । नेपालको यो तथ्यांक हेर्दा र हाम्रो अहिलेको कृषि प्रणाली र त्यसमा आश्रीत मानिसको अवस्था हेर्दा त्यो तथ्यांकनै झुटो सावित भएको छ । कृषिको आधारमा जीवन चलाउने मानिसहरुको लागि यो पेशाबाट जीवन धान्न मुस्किल भएको छ । राज्यको दिघ्रकालिन भू–नीति बन्न नसक्दा हजारौ हेक्टर जमिन प्लटिङ भएका छन् । शहरी क्षेत्रका मात्र नभएर ग्रामिण बस्तकिा खेतीयोग्य जनिमा प्लटिङ हुँदै सडक खुलेका छन् । बालुवा र गिट्टी बिछाइएका छन् । बाढी, पहिरोबाट बर्षेनी हजारौ हेक्टर जमिन वगरमा परिणत भएको छ । राष्ट्रिय निकुञ्ज क्षेत्र वरपरका कृषकले प्रत्येक बर्ष उत्पादित खाद्यान्न वन्य जन्तुहरुले नोक्सानी बनाई दिएको छ । चितवन, झापा र वर्दियामा हात्ती एवं बाघले कृषकहरुको ज्यानै लिने गरेको छ । बर्षैदेखि कृषकहरुले यसबारे आवाज उठाउँदै आउँदा पनि राज्यले सुनुवाई गरी उनिहरुको उचित प्रवन्ध मिलाउन सकेको छैन ।
खेतीगर्ने कृषकले राज्यबाट पाउनु पर्ने सुबिधा पाएका छैनन् । कृषिका लागि आवस्यक पूर्वाधारहरु सिचाई, आधुनिक प्रविधिको सहयोग, मल, विउ, किटनासक औषधी समयमा पाउन सकेका छैनन् । खेतीको सिजनमा बल र विउको सधै हाहाकार हुन्छ । खास कृषकसंग खेतीगर्ने जमिन छैन । भूमिहिन, मुक्तकमैया र सुकुम्वासीहरुले जमिन पाउन सकेका छैनन् । जो कृषक होइन उसैको नाममा जमिन छ । टाठो बाठो जमिन्दारले अझैपनि जमिन कागजी रुपमा आफना नातेदारहरुको नाममा राख्दै आएका छन् । भूमि सम्बन्धी द्धैत स्वामित्वको कानुनले पनि ती वर्गहरुलाई छुन सकेको छैन । यस्तो अवस्थामा राज्यले अषाढ महिनामा धान दिवस मनाउने गरेको छ । यस्तो अबस्थामा हामी संस्कृति बचाउन भन्दै शहरका महलमा बसेर दही र चिउरा खाएर १५ असार महिनाको संस्कृति जोगाउन खाजेका छौ । कागजी योजना कृषकहरुलाई देखाएर अझैपनि सोझा कृषकहरुलाई सरकारले ढाटने र छल्ने काम गर्दै आएको छ ।
सरकारी तथ्यांक अनुसार मुलुकको झन्डै १४ लाख हेक्टर जमीनमा धान खेती हुँदै आएको छ । तर के गर्ने यो लकडाउनको समयमा मात्र पाँच अर्व भन्दा धेरै रकमको खाद्यान्न मुलुकमा आयात भएको छ । नेपाल कृषि प्रधान देश हो तर हामीले केरा कहाँको खाएका छौ ? अरु त के कुरा खुर्सानी, कागती पनि हामीले भारतबाट आयत गरेका छौ । खेतीयोग्य जमिन बाँझो छ खाद्यान्न परनिर्भर छ तर हामी कहाँ युवा वेरोजगारी छन् । कृषिको तथ्यांक लिने हो भने कुल ३९ लाख हेक्टर खेतियोग्य जमिनमध्ये १३ लाख हेक्टर बाँझो भएको छ । ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको देशमा ३३ प्रतिशतमा झरेको छ । जमिन बाँझो राखेर हामी खाद्यान्नमा समेत परनिर्भतामा गएका छौ । आज हामी तरकारी, फलफुल, खाद्यान्न लगायत जीविको पार्जनका अधिकांश वस्तुको लागि छिमेकि देशमा निर्भर भएका छौ ।
कृषि पेशामा लागेका कृषकहरुको कृषि पेशामा रुचि देखिदैन । यो पेशालाई बाँध्यात्मक पेशा मान्दछन् । जमिनमा स्वामित्व हुनेहरु खेती गरेर लगानी नउठने देखेर खेती गर्न छोडेका छन् भने जमिन नहुनेहरु अरुको जमिनमा खेती गरी उत्पादनमा दुई तिहाई जग्गा धनीलाई बुझाउन बाँध्य छन् । कृषि औजारको नाममा कृषकसँग हलो, कोदालो र हँसिया मात्र छ । बर्षमा १० दिन जोत्न ३६५ दिन गोरु पाल्नु पर्ने बाँध्यता छ । सिंचाई छैन, लगानी गर्ने पैसा छैन । उन्नत बिउ, मल छैन । कृषकलाई प्रविधि सिकाउने प्राविधिक छैनन् । बेच्ने बजार छैन तर किन्ने बजार छ । कृषि कार्यालयमा अत्यन्त सिमित किसानको मात्र पहुँच छ । कृषिले दिने अनुदान खेतीकिसान नगर्ने मानिसको हातमा पर्ने गरेको छ । कृषिको अनुदान सबै पहुँचमा बितरण हुने गरेको छ । कस्तो सम्म पनि देखिएको छ भने जस्को जमिन छ तर ऊ खेती गर्दैन शहर बजारमा बस्दछ । कृषिले किसानलाई अनुदानमा टेक्ट्रर दिने कार्यक्रम भयो भने पहुँचको भरमा उसले टेक्ट्रर पाउछ र अरुलाई बेच्दछ । कृषिको अहिलेको यो अबस्था सुधार गर्नु पर्दछ ।
कृषिलाई आधुनि प्रणालीमा लैजाने नीति लिएर राज्यले कृषि विकासको कार्यालय प्रत्येक जिल्लामा स्थापना गर्दै कृषिको छुट्टै मन्त्रालय समेत बनायो । कृषिको क्षेत्रमा अहिले सम्मको खर्चको हिसाव गर्ने हो भने खरवौ रुपैयाँ भन्दा पनि बढि खर्च भै सकेको छ । गाउँपालिकादेखि प्रदेश हुँदै मन्त्रालयसम्म दशौ हजार कर्मचारी कृषि क्षेत्रको उत्थान गर्न राज्यले लगानी गरेको छ । खै त कृषिको प्रणालीमा सुधार हुन सकेको ? अहिले सम्म के ग¥यो कृषि विकासका निकायले यसको जवाफ राज्यसंग छैन । उन्नत विउ विजनको नाममा स्थानीय विउ, विजन पाइन छाडेको छ । रासायनिक मलले माटोमा अम्लीयपन श्रृजना भएको छ । माटोकै कारण दुर दराजको कृषकले स्थानीय विउबाट खेती ग¥यो भने उसको उत्पादन हुदैन । उत्पादन नभए पछि बाँध्य भएर उसले उन्नत विउको खोजि गर्दै एग्रोभेट खोज्दै हिडन पर्ने भएको छ । अनि हुन्छ कृषिको बिकास ?
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker