११ महान मस्तिष्क, जसको खोजले बदलियो संसार

आज हामी इतिहासका केही त्यस्ता महान् मस्तिष्कलाई सम्झदैँछौ, जसको खोज र आविष्कारले विश्वलाई बदल्न र आजको अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह ग¥यो ।

आज हामीले प्रयोग गर्ने प्रविधि र सेवासुविधा यी र यस्ता मस्तिष्कहरुको खोजकै जगमा उभिएको छ । को थिए त त्यस्ता अद्भूत मस्तिष्क भएका इतिहासका महापुरुष ? उनीहरुले संसारलाई कस्तो गुन लगाएर गए ? आउनुहोस् यसैबारे चर्चा गरौं ।

१. लियोनार्डो दा भिन्ची

इटालियन लियोनार्डो दा भिन्चीलाई हामी उत्कृष्ट चित्रकारका रुपमा बुुझ्छौं । मोनालिसाको तस्विर उनले नै कोरेका थिए । तर, दा भिन्चीको परिचय यतिमै सिमित छैन । उनी के थिए ? भनेर प्रश्न गर्नुको साटो के थिएनन् ? भन्नु जायज ठहरिन्छ ।

सन् १४५२ मा जन्मिएका दा भिन्ची मुर्तिकार, आर्टिटेक्ट, संगीतकार, गणितिज्ञ, इन्जिनियर, आविस्कारक, एनाटोमिस्ट, भूूगर्भविद्, वनस्पतीविद्, दार्शानिक र विश्वचर्चित लेखक थिए ।

प्यारासुट, हेलिकोप्टर र ट्याङ्कजस्ता अत्याधुनिक उपकरण उनकै डिजाईनमा आधारित छन् । उनले मानव शरीरलाई चिरेर त्यसभित्र रहेका अंगहरुको दुुरुस्तै चित्र कोरेर स्वास्थ क्षेत्रमा ठूलो योगदान गरेका छन् । दा भिन्चीले आफ्नो कल्पनामा डुुबेर त्यस्ता धेरै मेसिनहरुको चित्र डिजाईन गरेका छन्, जो शताब्दीऔंसम्म पनि यर्थाथमा नआउन सक्छ ।

उनी सधैँ नयाँ–नयाँ खोज र आविष्कारमा तल्लिन रहन्थें । उनलाई अहिलेसम्मै सर्वाधिक बहुप्रतिभाशाली व्यक्तित्व भन्न सुहाउँछ । चारैतर्फ सोच्नसक्ने उनको मस्तिष्कलाई संसारकै सबैभन्दा शक्तिशाली मस्तिष्क मानिन्छ ।

२. सर आइज्याक न्युटन

सर आइज्याक न्युटन गणितिज्ञ, भौतिक शास्त्री, खगोलविद्, रसायनशास्त्री, धर्म शास्त्रका ज्ञाता तथा लेखक समेत थिए । सन् १६४३ मा बेलायतमा उनको जन्म भएको थियो । आफ्नो समय उनी ‘प्राकृतिक दर्शनशास्त्री’ भनेर चिनिन्थें ।

१६८७ मा प्रकाशित ‘प्राकृतिक दर्शनको गणितीय सिद्धान्त’ नामक उनको खोजमा विश्वव्यापी गुरुत्वार्कषण र तीन गतिका नियम बयान गरिएको छ, यो पुस्तक विज्ञान जगतमा ठूलै क्रान्ति होे ।

गणितिय नियमले सम्पूर्ण विज्ञान बुुझ्न सकिन्छ भन्ने न्युटनको सिद्धान्त प्रयोग ल्याउँदा ग्रह, ग्रहण तथा गतिलाई बुुझ्न सहज भएको छ । चाहे अन्तरिक्ष यानको सञ्चालन होस् वा रकेट प्रक्षेपण गुुरुत्वाकर्षणको सिद्धान्तबाटै यी सब सम्भव भएको छ ।

३. ग्यालेलियो 

ग्यालेलियो खगोलविद्, भौतिकशास्त्री र इन्जियिर थिए । उनको जन्म इटलीको पिसामा सन् १५६४ मा भएको थियो । त्यसैले, ग्यालेलियोलाई पिसाका सर्वज्ञाता पनि भनिन्छ ।

उनलाई ‘आधुनिक भौतिक शास्त्रका पिता’, ‘वैज्ञानिक पद्धतिका पिता’ र ‘आधुनिक विज्ञानका पिता’ भनिन्छ । उनले टेलिस्कोप विकास गर्दै अन्तरिक्षको अवलोकन गरेर शुक्रग्रहको चरणको पुष्टि गरेका छन् ।

बृहस्पतीका ठूला चार उपग्रहहरुको खोज र सनस्पटस्को अवलोकन तथा विश्लेषण गर्दै उनले खगोल विज्ञानमा ठूलो योगदान गरेका छन् । सैन्य कम्पाससहित उनले अन्य थुप्रै उपकरणहरु विकास गरेका छन् ।

४. सोक्रेट्स 

ईसापूर्व ४७० मा जन्मिएका सोक्रोट्सको निधन ईसापूर्व ३९९ मा भयो । पश्चिमा दर्शनको जग बसाल्न उनले ठूलो भूमिका खेलेका छन् । उनी पश्चिमा नैतिक परम्परा र संस्कारका पहिलो गुरु भनेर चिनिन्छन् ।

उनले कुनै पनि पुस्तक लेखेका छैनन् । तर, उनको मृत्युपछि उनका शिष्य प्लेटो र सिनोफोनसहितका लेखकहरुले सोक्रेट्सका दर्शनलाई बाहिर ल्याए ।

५. अरिस्टोटल

ईसापूर्व ३८४ मा जन्मिएका अरिस्टोटलको मृत्युु ईसापूर्व ३२२ मा भयो । प्राचिन ग्रिसमा उनी सर्वज्ञाता मानिन्थें । उनी प्लेटोका शिष्य थिए । उनी लाईसियम मन्दीर तथा पेरिपेटिक स्कुल अफ फिलोसोफीका अध्येता हुन् ।

उनले आफ्नै दर्शन अरिस्टोटेलियन पनि सुरु गरे । अरिस्टोटलले भौतिक शास्त्र, जीव विज्ञान, मेटाफिजिक्स, तर्क, नैतिकता, प्रकृति विज्ञान, कविता, नाटक, संगीत, मनोविज्ञान, भाषा विज्ञान, अर्थ, राजनीति र सरकारबारे आफ्ना विचारहरु दिएका छन् ।

६. अल्बर्ट आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइनलाई धेरैले विश्वकै सर्वकालिन महान वैज्ञानिक मान्छन् । सन् १९९९ मा टाइम्स पत्रिकाले उनलाई शताब्दी पुरुष घोषणा गरेको थियो । उनी २० औं शताब्दीका सर्वाधिक प्रभावशाली व्यक्तित्वमध्ये एक थिए ।

सन् १८७९ जर्मनीमा जन्मिएका आइन्स्टाइनले सापेक्षतावादको सिद्धान्त अघि सारे । विज्ञान सापेक्ष हुन्छ भन्ने उनको सिद्धान्तले गति, चाल र प्रकाश सम्बन्धी नयाँ–नयाँ खोज गर्न प्रेरित गर्छ । द्रव्यमान–ऊर्जा सम्बन्धी फर्मुला  E = m c 2    मार्फत आइन्स्टाइन विश्वका धेरै मानिसको मन मस्तिष्कमा छन् ।

७. आर्किमेडिस 

अर्किमिडिज प्राचीन ग्रिक गणितिज्ञ, खगोलविद् तथा वैज्ञानिक हुन् । उनले विशेषगरी ज्यामितिमा धेरै खोज र आविस्कार गरेका छन् ।

उनको जन्म ईसापूर्व २८७ मा र निधन ईसापूर्व २१२ मा भएको थियो ।

भौतिक विज्ञानमा उनले द्रव्यस्थैतिकी, सांख्यिकी र उत्तोलकको सिद्धान्तको व्याख्याका लागि आधार तय गरे ।

८. निकोला टेस्ला 

सर्बियाली वैज्ञानिक निकोला टेस्ला भौतिक शास्त्री, विद्युत र यान्त्रिक अभियन्ता हुन् । सन् १८५६ मा जन्मिएका टेस्ला आठवटा भाषा बोल्न सक्थें, एकपटक पढेर पुरै पुस्तक कण्ठस्थ पार्न सक्थें ।

टेस्लाले एसी विद्युत अल्टरनेटिङ करेन्टको आविस्कार गरेका थिए, मार्कोनीले पनि रेडियो आविस्कार गर्ने क्रममा टेस्लाकै फर्मुला प्रयोगमा ल्याएका थिए । रोयन्टजेनले बनाएको एक्स रे, वाटसन वाटले बनाएको रेडार पनि टेस्लाकै सोचको उपज थियो ।

९. प्लेटो 

प्लेटो प्राचीन ग्रिसका प्रभावशाली व्यक्तित्व हुन् । उनी प्लेटोनिस्ट स्कुल अफ थट र एकेडेमीका संस्थापक हुन् । पश्चिमा जगतमा एकेडेमीलाई उच्च शिक्षाको पहिलो संस्था मानिन्छ । आफ्ना शिक्षक सोक्रेट्स र प्रसिद्ध शिष्य अरिस्टोटलजस्तै प्लेटोलाई पनि पश्चिमा धर्म र अध्यात्मको जग बसाल्ने श्रेय जान्छ ।

पश्चिमा राजनीतिक दर्शनको अध्येताका रुपमा उनलाई लिइन्छ । प्लाटोनिक लभ र प्लाटोनिक सोलिडजस्ता शब्दावली उनकै नामबाट प्रेरित भएर जन्मिएको हो । ईसापूर्व ४ सय २८ मा जन्मिएका प्लेटोको निधन ईसापूर्व ३४७ मा भएको थियो ।

१०. मारिया क्युरी

म्याडम क्युरीका नामले प्रसिद्ध मारियाको जन्म सन् १८७६  मा पोल्यान्डमा भएको थियो । रेडियो एक्टिभिटीमा गरेको खोजका कारण उनी विश्व प्रसिद्ध छिन् । उनले आफ्ना पति पियरे क्युरी र भौतिक शास्त्री हेनरी बेक्वेरेलसँग मिलेर रेडियो ‘एक्टिभिटी’ सिद्धान्त प्रतिपादन गरिन् ।

यसका लागि तीनैजनाले संयुक्त रुपमा १९०३ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार जिते, यो प्रतिष्ठित पुरस्कार जित्ने क्युरी पहिलो महिला हुन् । १९११ मा उनले पोलोनियम र रेडियम तत्वको खोजीका लागि रसायनशास्त्रतर्फ नोबेल पुरस्कार जितिन् ।

यसरी नोबेलको इतिहासमा दुईपटक पुरस्कार जित्ने उनी पहिलो व्यक्ति हुन् । अहिलेसम्म चारजनाले मात्रै इतिहासमा दुुईपटक नोबेल पुरस्कार जितेका छन् ।

११. पाइथागोरस 

ईसापूर्व ५७० मा जन्मिएका पाइथागोरसको निधन ईसापूर्व ४९५ मा भएको थियो । उनी प्राचीन ग्रिक दार्शनिक हुन् । उनको धार्मिक तथा राजनीतिक दर्शन माग्ना ग्रेइसिया नामले प्रसिद्ध छ ।

प्लेटो र अरिस्टोटल उनका विचारबाट प्रभावित थिए,  उनीहरुमार्फत यो दर्शन पश्चिमा दर्शन बन्यो । सामोस टापूमा उनी जन्मिएको अनुमान गरिन्छ, तत्कालीन समय यो टापू पर्सियन साम्राज्यअन्तर्गत थियो । आधुनिक दर्शनशास्त्रीहरु पाइथागोरसको शिक्षा र प्रभावबारे एकमत छैनन् ।

तर उनीहरु यो कुरामा सहमत छन् कि ईसापूर्व ५३० मा उनी दक्षिणी इटलीको क्रोनटोनमा आएका थिए । जहाँ, उनले एक शिक्षालय खोले । त्यहाँ शिष्यहरुले आध्यात्मिक जीवन बाँच्ने सपथ लिएका थिए । त्यहाँ शाकाहारी सादगी भोजनमात्रै गर्न पाइन्थ्यों ।

अन्वेषण अधिकारी (एजेन्सीको सहयोगमा)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker