नाबालिकालाई जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई ललाई फकाई पोखरा पुर्याएर जबरजस्ती करणी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका–१० गोपालपुर स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका–११ रानीपौवा बस्ने २१ वर्षीय अरुणकुमार दास र भारत बिहार प्रदेश सीतामणि जिल्ला डुमरा थाना सुरसड पक्ष्मी वार्ड नं. १ सुरसड गाउँ घर भइ हाल जिल्ला कास्की पोखरा महानगरपालिका–११ रानीपौवा १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार रहेका छन् ।
पक्राउ परेकाहरुले थर्पुबाट नाबालिकालाई ललाई फकाई छलकपट गरी झुक्यानमा पारी, डरत्रास देखाई ग८प ४२८० नम्बरको मोटरसाईकलको बिचमा राखी भाग्न उम्कन नदिई पोखरा रानीपौवास्थित डेराकोठामा ल्याई बन्धक बनाएको बताइएको छ ।
असार १८ गते बिहान पालैपालो सामुहिक रुपमा जबर्जस्ती करणी गरी दिउँसो पोखराबाट तनहुँ फर्किने क्रममा कास्कीको पोखरा महानगरपालिका–३० पावरहाउसबाट निजहरुलाई पक्राउ गरिएको कास्की प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक बसन्तकुमार शर्माले जानकारी दिए।
निजहरु विरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण वा शरिर बन्धक तथा जबर्जस्ती करणी सम्बन्धी मुद्दामा म्याद थप गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker