अनुभव र अनुभूति

देव वस्न्यात

मानव लगायत यस संसारका प्राणीहरुको शरीर आकाश, वायु, अग्नि, जल र पृथ्वी समेतका पञ्चतत्वले निर्माण भएका हुन्छन् । यहाँ आकाशले सूर्य, वायुले विष्णु, अग्नीले दुर्गा, जलले गणेश र पृथ्वीले शिव जनाउने पाँच देवताहरुलाई पूजा आराधना गर्दछौं। शिव प्रधान मानेर पूजाआजा गर्नेहरु शिव पाञ्चायन, गणेश प्रधान मान्नेहरु गणेश पाञ्चायन, शक्तिलाई प्रधान मान्नेहरु दुर्गा पाञ्चायन, विष्णुलाई प्रधान मान्नेहरु विष्णु पाञ्चायन र सूर्यलाई प्रधान मान्नेहरु सूर्य  पाञ्चायन मानेर पाँच देवताहरुको पूजाआजा गर्दै आएका छौं ।
यिनै पाँच प्रकृतिहरुको अनुसरण गर्ने भएकाले हामी प्रकृतिप्रेमी मानिन्छौं । हामी प्राकृतिबाटै वोन, बौद्ध हुँदै सनातनी बनेका हौं। हामी हाम्रो धर्म संस्कृति छोड्न पनि सक्दैनौ र अरुको धर्म संस्कृतिलाई पनि निर्वाध रुपमा अनुकरण गर्ने भएकाले परसंस्कृतिकरणको मारमा पनि परेका छौं । अरुलाई दुःख पिर र मर्म नपरोस भनेर हामी विनम्री बन्ने गर्दछौं । यति मात्र कहाँ हो र हामी हाम्रा पूर्वजका साथसाथै हाम्रा नजरले भ्याएका हिमाल पहाड तराईका प्रकृतिप्रदत्त  वनस्पति, नदीनाला, पशुपंक्षी र हामी स्वयंको कल्पनाले बनाईएका मूर्तीहरुको पनि दिल खोलेर पूजाआजा गर्दछौं । यसको प्रत्यक्ष उदाहरण हो तिहार पर्व ।
हामी तिहारमा, गाई, गोरु, काग, कुकुर र भाई पूजा गर्दछौ । यसै गरी हाम्रो वातावरणलाई स्वच्छ राख्न मद्दत गर्ने नाग तथा सर्पहरुलाई नागपञ्चमीका दिन घरको मूलढोकामा नागको चित्र टाँसेर नागदेवता, माछालाई विष्णुको मत्स्यअवतार, कछुवालाई कश्यपअवतार, सुंगुरलाई वराह अवतार, नर र सिंहको संयुक्त स्वरुपलाई नरसिंह अवतार मानेर पूज्दै आएका छौं । जस्को उदाहरणको रुपमा ढोरवाराही, छाब्दी वाराही, कान्छी वाराही, गुणादी वाराही, छाङ्गा वाराही, निर्वु वाराही आँधीमूल वाराही लगायतका देवीहरु पर्दछन । वाराही मन्दिरको आडमा रहेका जलकुण्डहरुमा रजवाम र माछाहरु पौडिरहेको अनुपम् दृष्यहरु अवलोकन गर्न सकिन्छ ।
प्रकृतिलाई नारीमा आमा स्वरुप मान्ने हाम्रो विशिष्टता हो । यसैले हाम्रो गाउँ ठाउँमा माछालाई वाराहीदेवीको रुपमा पुज्दै आएका छौं । हाम्रो शरीर अन्नमय शरीर हो । अन्नको सहायताले नै हाम्रो शरीरले उर्जा प्राप्त गर्छ । त्यही उर्जाले हामीलाई हुर्कन, बढ्न र जिउनमा मद्दत पु¥याउँछ । हाम्रो शरीरलाई उर्जा प्रदान गर्ने तिनै अन्नहरुलाई हामले होमहोमादि सहितको पूजा अर्चना गरी नवअन्न ग्रहण गर्ने बानी बसालेका छौं ।
२०८१ जेठ २४ गतेका दिन शंभु अधिकारी, समुन्द्र गोदार, प्रेम राउत,  हरि कार्की, भीमनरसिंह बस्न्यात, शंकर अधिकारी, रामचन्द्र अधिकारी म स्वयं समेत गोरखा संग्रहालय अवलोकनका लागि दमौलीबाट प्रस्थान गरियो । गोरखा जाँदा बाटोमा नै पर्ने भएकाले बन्दीपुर गाउँपालिका वडा नं. ५ को सिमाना एवं आँबुखैरेनी गाउँपालिका वडा नं १ मा अवस्थित प्रकृतिकी देवी आँधीमुल वाराहीको दर्शन गर्न सोही दिन बिहानै पुगियो । त्यहाँका पुजारी, मन्दिरको आडैमा रहेको घरका र पूजामा संलग्न भक्तालुहरुसंग सामन्य छलफल भयो। गोरखा पुगेर फर्कनु पर्ने भएकाले जानकार व्यक्तिहरुसंगको छलफललाई थाँति नै राखियो । यस बारेमा थप जानकारी लिन पर्ने भएकाले लेख लेख्ने काम अगाडि बढेन ।
एक÷दुई वर्ष अगाडिको कुरा हो रानीपोखरी काठमाडौंका माछाहरु अक्सिजन कमीका कारण मरेको समचार छापियो । सायद यस्तै कारण हुन सक्लान भनि सम्वन्धित प्राविधकसंग सल्लाह लिएँ। उहाँले प्राविधिक कुरा भएकाले यस विषयमा चासो नलिन सल्लाह दिनु भयो। उहाँकै सल्लाह बमोजिम चुप लागेर बसियो पनि । धेरै दिन पछि केही साथीहरुबाट प्राप्त आँधीमूल वाराही मन्दिर उत्पति लगायतका विषयमा लेखिएको पुस्तक, लेखरचना, पत्रपत्रिकामा छापिएका समचार र आँधीमूल वाराही मन्दिर प्रति अगाध आस्था राख्ने शुभेच्छुकहरुको सल्लाह र सहयोगमा आँधीमुल वाराही मन्दिर एक चर्चा र परिचर्चा लेख तयार गर्न सहयोग पुगेको थियो ।
कतिपय लेखकहरुको विचार र आदर्श भनाईले पाठकहरुको जीवनशैली निर्माणमा रचनात्मक भूमिका खेल्न सक्दछ भने उनीहरुका विचारहरुले मानिसका शिक्षा र ईच्छा बीच समन्वय गर्दै सभ्य र सुशिल बन्न उत्पेरित पनि गर्दछ । यसका साथै उनीहरुबाट प्राप्त हुने असल र सुसमाचारले समाजका हरेक नागरिकलाई स्वाभिमानी बन्न र बनाउनमा गहन जिम्मेवारीको वोध पनि गराउँछ ।  साहित्य भावना र विचारको जननी हो । जसले सबैलाई गरिमामय बन्न उत्प्रेरित गर्दछ । हरेक साहित्यकारको मूल उद्देश्य हरेक तप्का र समुदायको आस्था र विश्वासलाई अटल र निस्कलङ्क राख्नु पनि हो । किहलेकाही आफैमा देखिने साना हेलचक्रयाई र अनविज्ञताका कारणले गलत शिक्षा दिन पुगेमा सयौं पाठकवर्गको भविष्य चौपट नहोला भन्न सकिदैन। भविष्य चौपट नबनुन् भन्ने आशयले हरेक साहित्यकारहरु स्वयं  नविन ज्ञान, बुद्धि, विवेक र प्रविधिले आफुलाई सुसज्जित गर्न सदैव तत्पर रहनु पर्दछ । आफ्ना जाँगर र उत्साहका कृयाकलापहरुका माध्यमबाट नयाँनयाँ लेख र रचनाहरुलाई रोचक ढङ्गबाट प्रस्तुतिकरण गर्न सके भने मात्र आदर्शवान साहित्यकार बन्न सक्ने अवस्था सृजना गर्ने रहेछ ।
२०३१ सालदेखि आजसम्मका लेखनयात्रामा अनेक आरोह अवरोह  व्यहोर्न परेको छ । लेखनमा प्रयोग हुने कुनै कुनै  शब्दहरु कहिलेकाही द्विअर्थी चयन हुन पुगेमा लेखले एउटा कहाली लाग्दो स्थिति बनउन नसक्ला भन्न सकिन्न । कहिलेकाही लेखकले एउटा शिलिशलामा प्रयोग गरेका शब्दहरुले पाठकमाझ अर्काे अर्थ बुझिन पुग्दा तापक्रम पैदा हुन पुग्दो रहेछ। लेखकका विचारले पाठकहरुको जीवनमा खुसी एवं दुःख दुबै चिज ल्याउने रहेछ। यस्ता शब्दहरु कहिले पाठकहरुमा यातना र कहिले उत्प्रेरणाको श्रोत बन्न पुग्दा रहेछन् । मेरा यिनै र यस्ता शब्दहरुले कसैको जीवनमा सध्देलाई घाईते र घाईतेलाई निको, सुखीलाई दुःखी र दुःखीलाई सुखी; कसैलाई सम्मानित र कसैलाई अपमानित गर्न पुग्दो रहेछ। मेरा यस्तै खालका व्यवहार र भूमिकाले पाठकहरुमा संकट घट्छन वा बढ्छन बुझ्नै पर्ने रहेछ । मेरा अभिब्यक्तिका कारण अरु कसैको जीवनमा आँशिक या पुरै परिवर्तन भएको  छ कि भन्ने महसुस भएमा सो बारेमा हेक्का राख्नै पर्दछ ।
विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यममा दमौली महात्म्यम, तनहुँसुर सेरोफेरो, मिर्लुङकोट सेरोफेरो, गलेखाम देखि मानहुँकोटसम्म, बन्दीपुर र सेरोफेरोका ऐतिहासिक सम्पदाहरु, व्यास बोली, सहकारी अभियान्ता बखानसिंह गुरुङ र ठाडोभाका लोकगीत र तनहुँका स्रष्टाहरु लगायतका प्रकाशित तथा अप्रकाशित पुस्तकहरुमा समेत श्रोत ब्यक्ति र संस्था खोलिएका छन् । केही अपबाद बाहेक प्राय सबै रचनाहरु सम्बन्धित स्थानमा पुगि सम्बन्धित ब्यक्तिहरुसंगको प्रत्यक्ष वार्तामा आधारित भएर लेख तथा रचनाहरु लेखिएका छन् । आँधीमूल वाराही मन्दिर केही चर्चा र परिचर्चा लेख लेख्दा श्रोत भनि सम्बन्धोन गरिएका ब्यक्तिसंग प्रत्यक्ष भेट हुन नसकेता पनि एक जना शुभचिन्तक साथीले उहाँहरुसंग आफैले फोन गरेर मसंग फोनवार्ता भने गराउनु भएको स्मरण छ । आजसम्मका मेरा लेख तथा रचना र कविताहरुबाट कसैको ब्यैयक्तिक जीवनामा चोट पुग्ने काम गर्दैनन् भन्नेमा पूर्ण विश्वस्त छु ।
तथापि नजिकबाट चिनजान हुन नसक्नाको कारण श्रोतको रुपम उद्धृत मित्रहरुको ब्यैयक्तिक जीवनमा असहज पर्न गएको अनुभव र अनुभूति भएको छ। उहाँहरुमा पर्न असहजताले अत्यन्तै चिन्तित बनाएको छ । अन्त्यमा नेपाल बुद्ध जन्मेको भूमि हो बुद्धको जन्मभूमिमा युद्ध र द्वन्द्व अशोभनीय हुन् । यसैले हाम्रो मूलमन्त्र बुद्धं शरणं गच्छामि, धम्मं शरणं गच्छामि र संघं शरणंम् गच्छामि रहने गर्दछ । आजसम्म म÷हामीद्वारा  लेखिएका लेख तथा रचनाहरुमा भएका कमी कमजोरी प्रति विनयीशील हुनु मेरो÷हाम्रो परम्परागत संस्कार पनि हो र हुनै पर्दछ । हुन त मेरा÷हाम्रा आफ्ना लेख तथा रचनाहरुमा त्यस्तो कुनै पनि गलत मन्साय नरहेको अवगत गराउन चाहन्छौ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker