बेगनासताल एक परिचय

मात्रिका प्रसाद बराल

गण्डकी प्रदेशको कास्की जिल्ला पोखरा महानगरपालिका ३१ नम्बर वडामा फैलिएको छ बेगनासताल । २०४४ साल यो तालमा बाध बाध्ने काम पुरा भएको थियो । २०४४ साल भन्दा अगाडी तलको क्षेत्रफल सानो थियो । बाँधको निर्माण पछि तालको क्षेत्रफल ४६० हेक्टरले बढयो । वर्षेनी आसपासको डाँडा पाखाबाट झर्ने पहिरोले ताल पुरिदै गएको थियो । यसैको संरक्षण गर्न तत्कालिन श्री ५ को सरकारले तालमा बाँध निर्माण ग¥यो । त्यस यता यस क्षेत्रमा खासै ठुला विकास निर्माणका काम भएका छैनन् । यो तालमा पानीको  स्रोतका रुपमा कुनै नदी खोला छैनन् । उत्तर दिशामा स्याङ्गखुदी नामक  एउटा खहरे खोला छ । यो पनि बर्षादको बेला मात्र बहने गर्छ ।
तालमा ४० मीटर चौडा आधार, ८ मीटर अग्लो र ५४० मीटर लामो बाँध रहेको छ । यो बाँधको बीच भागमा रातो माटो र दुबै तर्फ ग्राबेलको प्रयोग गरिएको छ । यसरी हेर्दा यो एउटा प्राकृतिक बाँध पनि हो । यसको निर्माणमा स्टील र सिमेन्टको प्रयोग नभएकाले यसको आयु पक्कै पनि लामो छ । तर विज्ञहरुको भनाइ सुन्ने हो भने बेगनासताल बाँध पछाडीको बस्ति तालको जोखिममा छ । तर मैले यो बाँधको निर्माण पूर्ण रुपमा आफ्नै आँखाले देखेको छु । त्यसैले यो बाँध यति सजिलै फुट्ने जस्तो मलाई लाग्दैन । यो ताल धरै परिवारको दैनिक जीवन धान्ने आधार पनि हो । यसै तालमा माछा मरेर पनि धरै परिवारको दैनिकी चलेको छ ।
पोखरा तालैतालको बँगैचाको शहर हो । यहाँ साना ठुला गरी ८ ओटा ताल छन् । सबैभन्दा ठुलो ताल फेवाताल हो। बेगनासताल दोश्रो ठुलो ताल हो । अरु तालहरु संरक्षणको खोजीमा छन् । केही दशक अघिसम्म खासै परिचय नपाएको बेगनासताल हाल आएर स्वदेशी तथा बिदेशी पर्यटकको आकर्षण बन्दै गएको छ । क्रमशः सुबिधा सम्पन्न होटल तथा रिसोर्टको निर्माण हुँदैछ छ । पोखरा सहरबाट करिब १३ किलोमीटर पूर्वमा अवस्थित यो ताल हवाई मार्गबाट पोखरा आउने पर्यटकको लागि त झन् नजिक छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८ किलोमिटरको दुरीमा छ बेगनासताल । यदि तपाई पृथ्वी राजमार्ग हुँदै पोखराको यात्रामा हुनुहुन्छ भने तल्चोकबाट मात्र ३ किलोमीटर पूर्वमा पर्छ यो ताल । सफा मौसममा अन्नपूर्ण हिमालको छाया निकै मनमोहक देखिन्छ बेगनासतालमा । अर्को कुरा यो ताल तुलनात्मकरुपमा अरु तालतालैया भन्दा सफा र स्वच्छ पनि छ । झण्डै ४०० भन्दा बढी डुंगाहरु छन् यो ताल मा ।
नौका बिहार अर्को आकर्षण हो यो तालको । बेगनासतालमा एउटा मात्र छ डुंगा चढ्ने घाट । यो घाटलाई मन्धरे पार्क भनिन्छ । डुंगा चढ्न नाचाहानेलाई तालमा बनेको बाँधबाट पुरै तालको दृश्यावलोकन गर्न सक्दछन् ।
स्थानीय अर्थतन्त्रलाई बेगनासतालले गति दिएको छ। स्थानीय स्तरमा उत्पादित कृषि उपजले सजिलै बजार पाएकाछन् । सामान्य होटल तथा रेस्टुरेन्टबाट पनि आम जनताले जीवन निर्वाह गरेका छन्। यस अर्थमा ताल र यस वरपरको बसिन्दाको अन्नदाता हो बेगनासताल । बिगतमा देशमा जारी द्वन्द्वले यस ठाउँको पनि विकास निर्माणलाई पछि पा¥यो ।  विशेष गरी पर्यटन व्यवसाय नराम्रोसंग थला प¥यो । अब क्रमिक रुपमा सुधार हुँदै गएको छ । तर पनि बिश्वमा देखापरेको आर्थिक मन्दिको असर बेगनासतालको व्यापार व्यवसाय र पर्यटन उद्योगमा देखिएको छ ।
ताल घुम्ने र सौखको रुपमा बल्छी खेल्नेहरु पनि भेटिन्छन ताल वरपर । दिनभरी तालमा बल्छी खेल्यो खाना पिना गर्यो रमाइलो गर्यो यस्तो आनन्द लिनेहरुको जमात पनि भेटिन्छ यहाँ । अन्तमा, पढेको बेगनासताल भन्दा आफ्नै आँखाले हेरेको धरै फरक हुन्छ त्यसैले म यो लेख पढ्ने सबैलाई सपरिवार बेगनासताल घुम्न आउने आग्रह गर्दछु । (लेखकः गण्डकी बोर्डिंग स्कुल लामाचौर पोखराका शिक्षक हुन् ।)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker