चिसो बढेपनि तनहुँमा डेंगी संक्रमण दैनिक बढ्दै, संक्रमितको संख्या पाँच हजार नजिक

दमौली : चिसो मौसम सुरु भएपनि तनहुँमा डेंगी संक्रमण फैलिनक्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय तनहुँले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा डेंगी संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।
कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङकामा ४ हजार ८४७ जनमा संक्रमण देखिएको थियो भने बुधबार सार्वजनिक तथ्याङ्कमा मंगलबारसम्म ४ हजार ९३६ जनामा संक्रमण भएको देखाइएको छ ।
गत असार पहिलो सातादेखि तनहुँमा डेंगी संक्रमण देखिएको थियो । असारदेखि भदौ महिनासम्म जिल्लाको आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी बजार क्षेत्रमा फैलिएको डेंगी संक्रमण असोज महिना यता सदरमुकाम दमौली बजार क्षेत्रमा संक्रमण वृद्धि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए ।
जिल्लाका दशवटै स्थानीय तहमा गरी असार महिनायता ४ हजार ९३६ जनामा डेंगी संक्रमण देखिएको उनले बताए । प्रमुख अधिकारीका अनुसार सबै भन्दा बढि संक्रमितको संख्या व्यास नगरपालिकामा रहेको छ । मंगलबारसम्मको तथ्याङ्कमा व्यास नगरपालिकाका १ हजार ८५७ जनामा डेंगी संक्रमण देखिएको छ भने आँवुखैरेनी गाउँपालिकामा १ हजार ७१५ जनामा संक्रमण देखिएको छ। पछिल्लो समय जिल्ला सदरमुकाम व्यास नगरपालिका डेंगीको हटस्पट बनेको छ ।
अधिकारीका अनुसार शुक्लागण्डकी नगरपालिकामा ८६२, भिमाद नगरपालिकामा ९६, भानु नगरपालिकामा ४७, म्याग्दे गाउँपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा १८९, ऋषिङ गाउँपालिकामा ५, घिरिङ गाउँपालिकामा ६, देवघाट गाउँपालिकामा ४४ र बाहिरी जिल्लाका ३० जनामा डेंगी संक्रमण भएको छ ।

डेंगी संक्रमण घट्दै

यस्तै, नेपालमा डेङ्गी संक्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता संक्रमण घट्दै गएको बताएका छन् ।
सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उनका अनुसार अहिले नेपालमा ४२आँै हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेङ्गी सङ्क्रमणको ४५आँै हप्ता चलिरहेको छ ।
डा दाहालले ४२आँै हप्तामा मात्रै दुई हजार ४८२, ४३औँ हप्तामा दुई हजार २०४, ४४औँ हप्तामा एक हजार ७१ र ४५औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र संक्रमण देखिएको जानकारी दिए । “जाडो बढेसँगै डेङ्गी सङ्क्रमण घटिरहेको छ”, उनले भने, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । सङ्क्रमण घटेपनि सावधानी अपनाउनुपर्छ ।”
अहिलेसम्म २९ हजार १५८ मा सङ्क्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिनुभयो । उनका अनुसार डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । सबैभन्दा बढी कास्कीमा सात हजार दुई हजार २४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ ।
यस्तै, उपत्यकामा छ हजार ६१२ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । काठमाडौँमा चार हजार पाँच सय ९५, भक्तपुरमा ८३१ र ललितपुरमा एक हजार १८६ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो। डेंगी नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको खोज तथा नष्ट अभियान नै हो । तर, त्यसका लागि नागरिक स्वयं नै जिम्मेवार हुनुपर्छ । यो वर्ष डेंगु नियन्त्रण गर्न नसक्नुमा खोज तथा नष्ट अभियानलाई समुदाय स्तरसम्म बुझाउन सरकार चुकेको जनस्वास्थ्यविद् बुझाइ छ ।
अहिले संक्रमित लामखुट्टेले पार्ने अण्डा पनि संक्रमित नै भएकाले त्यसले आगामी दिनमा डेंगु फैलाउन सहज वातावरण बनाउने हुन्छ । त्यसले अण्डाबाट लाभर्न प्यूपा हुँदै लामखुट्टे भएर सीधै डेंगु भाइरस सार्न सक्छ । लामखुट्टेले पारेको अण्डा पानी पर्ने समय नआएसम्म सुरक्षित रहने भएकाले १० महिनासम्म जम्मा भएर बसेको अण्डा पानी पर्ने बित्तिकै हुर्कन थाल्छ लामखुट्टेको संख्या बढ्छ ।
शहरी क्षेत्रमा पानी थापेर राख्नुपर्ने बाध्यताको कारण पनि लामखुट्टेलाई हुर्कन सहज भइरहेको छ । यो सँगै बढ्दो शहरीकरण, घर वरिपरिको खाल्डाखुल्डीमा पानी जम्नु, कौसी, गमलामा पानी जम्मा हुँदा अव्यवस्थित तथा टायरका कारण पनि डेंगी फैलिरहेको छ । बाहिर निस्कँदा शरीर ढाक्ने कपडा लगाएर निस्कने, घरका झ्याल, ढोकामा जाली हाल्ने, दिउँसो सुत्दा झुल हाल्नेजस्ता पक्षलाई ध्यान दिनुपर्ने विज्ञले सुझाएका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker