बन्दिपुरको बडादशैं

  • मंगल प्रसाद श्रेष्ठ

२५० वर्ष अगाडिदेखि बन्दिपुरबासीले खड्कदेविलाई आराध्य इष्ट देविको रुपमा पुज्दै आएका छन । खड्कदेवि प्रति अगाध आस्था एवं उच्च विश्वास राखिएको पाइन्छ । वडादशैको सुरुवात खड्क देविको पुजा आराधनाबाट सुरु हुन्छ । घटस्थापनाको दिनदेखि नौरथा भरि पुजारी ब्राहमण, खाडे मगर, खाडे कामी र चारजना वास्ते मगर समेत बिहान सवेरै नुहाइ धुवाइ शुद्ध, चोखो भइ पूजाअर्चना आराधना गर्छन । देविको पुजा अर्चना व्यवस्थापनको लागि ११ जात जातिका व्यक्तिहरुले आ-आफ्नो जिम्मेवारी लिएर कामको बाडफाड गर्नको लागि गुठिको व्यवस्था गरिएको हुन्छ । घटस्थापनादेखि टिकाको दिनसम्म दैनिक पुजा पाठ गरी देविलाई एउटा बोका दैनिक भोक बलि दिने चलन थियो । फूलपातिदेखि टिकासम्म पाडो बलि दिने चलन थियो । खड्कदेविमा ४, गुरुन्चे डाडामा १, विन्दुवासिनिमा १ गरी ६ ओटा पाडा, १७ ओटा बोका र फूलपातिको दिनमा खड्कदेविको सोभा यात्रामा चन्देनिमा एउटा भेडा वलि दिएपछि झपरेली रामकोटे भट्टराइ व्राहृमण हरुले भेडा ताना तान गरेर रमाइलो गर्ने चलन थियो । पछि आएर भेडा ताना तानमा अन्य जाति समेत संलग्न भएपछि झगडा भएर एक जना व्यक्तिको मृत्यू समेत भयो । त्यसपछि भेडाको सट्टा कुविन्डो बलि दिने चलन छ ।

चन्देनीबाट देविलाई कोटमा भित्र्याउदा कुखुराको वलि दिने चलन थियो। फूलपातिको दिनमा विभिन्न ठाउँबाट र सोही स्थानका भक्तजनहरुले कुखुरा, परेवा, वोका, रागा, वलि दिन आउने भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । आराध्य देवि खड्कदेविको पुजा सञ्चालनको लागि विभिन्न व्यक्ति, गाउँघर टोलहरुलाई आ-आफ्नो एक/एक ओटा कामको जिम्मा लगाएको हुन्थ्यो । मन्दिरमा सफासुग्घर गर्ने लिपपोत गर्ने फूल ल्याउने व्राहृमण पुजारी, खाडे मगर, खाडे कामी, वास्ते मगरहरु, अमालि नेवार, सुनारी (गहना बनाउने र सफा गर्ने) टहलुवा/चिरागेमा कसाइ, कलशी/खवासनिमा घर्ति भुजेल, चर्मकार/नगरा तथा बालको मर्मत गर्ने सार्की, दानादार/नगर्ची/नगरकोटीमा दमाइ, भार वाहकमा/माटाका भुड्का, भडा पाला, धुपौरो बनाउने कुमाल, कटुवाल र मालश्री धुन बजाउने सारङ्गे, गर्न्धव आदिको दरवन्दी सहित बोका, पाडा, भेडा र कुखुरा भोक वलिको लागि ल्याइ दिने गाउँ घर टोलमा जिम्मा थियो ।

आ-आफ्नो जिम्मेवार अनुसारको सबैको लागि गुठि जग्गाको व्यवस्था थियो । भोग वलि चडाएको वोका, पाडा, कुखुराको टाउको र मासुको भागबन्दि काम अनुसारको पाउने चलन थियो । पछि आएर सरकारले गुठि जग्गालाई व्यक्तिको नाउँमा रैकरमा पास गरेपछि गुठि जग्गाहरु बिक्री हुन थालेपछि आराध्य देवि खड्क देविको पुजा व्यवस्थापनमा सम्पूर्ण सहयोग आउन रोकियो । पछि आएर पुजा सञ्चालनमा समस्या आएपछि सञ्चालन समिति गठन गरी सञ्चालन समितिले चन्दा संकलनबाट उठेको रकमलाई अक्षकोष खडा गरि त्यसबाट आएकेा व्याजवाट पुजा सञ्चालन हुँदै आँएको छ । भोक वलि पनि घटाएको छ । फूलपतिको दिनमा बिहान सवेरैदेखि ब्राहृमण पुजारीले वैद्धिक मन्त्रका साथ पुजापाठ सकिएपछि १०-११ बाजेबाट मन्दिरमा समितिको बोका भोक वलि दिन सुरु हुन्छ । त्यसपछि बन्दिपुर वासी र वरिपरिका गाउँ वस्तीबाट देविको पूजाअर्चना, आराधना र दर्शन गर्न आ-आफ्नो भाकल अनुसारको वलि चडाउन ल्याएको परेवा, हास कुखुरा बोका लिएर आउने भक्तजनहरुको भिड लाग्ने गर्दछ । बाहिरको वलि दिने काम सकिएपछि मन्दिरमा ब्राहृमण पुजारीले वेद मन्त्रोच्चारण गरी मन्दिर भित्रको देवि स्थानबाट खाडे मगरको हातमा ल्याइ बिशेष किसिमको छाता ओढाइ देविलाई खाडे मगरको हातबाट वाहिर मौलाकोटसम्म ल्याइन्छ त्यसपछि खाडे कामिको हातमा सर्नको लागि ब्राहृमण पुजारीले वेद मन्त्र उच्चारण गरि देवि कामिको हातमा र्सने गर्दछ । देवि सरेको हेर्नको लागि भक्तजनहरुको भिड लागेको हुन्छ । यतिखेरनै भक्तजनहरुले वर्षको पहिलो पटक देविको दर्शन गर्न पाउछन । खाडे कामिको हातमा गएपछि देविको माइतिघर मन्दिरबाट उत्तर पूर्व लगेर दिनभरि राखिन्छ त्यहा पनि पुजा पाठ गरिने गर्दछ ।

सोही दिन दिउँसो ४ बजेदेखि माइतिघरमा पुजा पाठ सकिएपछि पुजा व्यवस्थापन समितिको जिम्मा अनुसारको सबै जना सहभागी भइ अघिअघि शुद्ध जल छर्दै, नगरा बजाउँदै अगाडि बाटो देखाउने काम हुन्छ । बन्दिपुर भरिका महिला भजन टोलि बाहेक ११ वटा भजन टोली देविको अगाडि र पछाडी सैनिक गारत सहित सुरक्षा दिइ शोभा यात्रा चलाउने गरिन्छ । शोभा यात्रा प्रहरी चौकी पस्ने ठाडा टोल हुँदै बजारको मुख्य केन्द्र लगिन्छ । शोभा यात्रा आप\mनो घर आगन टोलमा आउदा घरघरका भक्तजनहरुले देविको प्रत्यक्ष दर्शन गर्नुका साथै पुजा अर्चना गर्ने गर्दछन । देविको शोभा यात्रा चन्देनी टोलमा खाडे कामिको हातबाट नानाथरिका धातुहरुबाट जडित सुन, चाँदी रत्नका गहनाहरु पहिराइ देविलार्इर्र्खाडे कामिको हातबाट खाडे मगरको हातमा आफै र्सने गर्दछ ।

इश्वरगोपाल प्रधानको घर अगाडि रेखिहरु बनाइ देविको विशेष खालको पुजा गर्न मगर बास्तेहरुले डोलीमा सतनलेबाट ल्याइएको चोखो पानि र असबोटे चामुन्डाथानबाट ल्याएको असोकको फूलको डोली सहित ढुङ्गामा रेखी बनाएर ब्राहृमण पुजारीले वेद मन्त्र उच्चारण सहित पुजा पाठ गरी भेडाको वलि दिने बित्तिकै देविलाई दौडाएर अगाडि कोटमा लैजाने काम हुन्छ । आराध्य देविको श्रद्धा, भक्तिभाव, आस्था बन्दिपुरेहरुमा भएको कारणले घटस्थापना देखिनै बन्दिपुरका महिला, केटाकेटीहरु बिहानै २-३ बजेदेखि उठेर पधेरा, धारा र कुवामा नुहाइ धुवाइ शुद्ध भइ विशेष प्रकारले पुजा आजा गर्न भिड लागेको हुन्छ भने पुरुषहरु दुर्गा, कवज र चण्डी पाठ गर्न व्यस्त रहन्छन । मन्दिरमा गएर देविको दर्शन गर्ने, टिका लगाउने, मन्दिर परिक्रमा गर्ने गर्दा मनमा छुट्टै आनन्द आउथ्यो ।

हामी सानो भएर हो या त्यो बेलाको रमझम वातावरणले हो आराध्यदेवि खड्कदेवि प्रति श्रद्धाभक्ति अत्यन्तै प्रगात थियो । दशै भरि मनमा आनन्दित महशुस गरी दशै रमाइलोमा मानेर बित्दथ्यो । ठाउँ ठाउँमा लिङ्गे पिङ, रोटे पिङ्ग राखिएको हुन्थ्यो त्यहाँ पनि मित्रभावले रमाइलो गरेर पिङ्ग खेल्ने गरिन्थ्यो । सोह्रश्राध्द सुरु भएपछि बाटो घाटो सफा सुगर गर्ने, मठ मन्दिर, पधेरा कुवा सबै मिलेर सफा गर्ने हुनाले बन्दिपुरे वासीमा सामाजिक विकासको भावना जाग्रित थियो तर आजभोली त्यस्तो भावना भएको पाइदैन । बन्दिपुरमा स्थायी नेवारी बासिन्दाहारुको वसाइसराइ सरेपछि अहिले अन्यत्रबाट बढिमा गुरुङ्ग जातिहरुले घर जग्गा किनेर बसेका छन भने बाहिरबाट आएर ठुल-ठुला होटल रिसोर्टहरु संचालन गरेका छन । पर्यटन व्यवसाय फस्टाउदै गएको छ यसलाई राम्रो पक्ष नै मान्नु पर्दछ । तर बन्दिपुरमा आएर वसोवास व्यवसाय संचालन गरिसकेपछि यहाँहरुनै वन्दिपुरेवासी हुनुभएको छ । यहाँहरुले बन्दिपुरको परमपरा, रितिरिवाज, कला र संस्कृति, संस्कार बचाउन लागि पर्नर्ुपर्ने देखिन्छ । तबमात्र तनहुँ बन्दिपुरको विकासमा टेवा पुग्ने छ ।

तनहुँको सदरमुकाम दमौलीमा स्थानतरण भए पछि वन्दिपुरका नेवार समुदाय विस्तारै नारायणगढ, दमौली, डुम्रे, विमलनगर, भन्सार, वेशिशहर, काठमाण्डौ, पोखरा आप\mनो जागिर, व्यापार, व्यावसायको लागि बन्दिपुरबाट बसाइ सर्न थाले । परापूर्व कालदेखि तनहुँ जिल्लाको ऐतिहासिक एवं पर्यटकीय नगरी बन्दिपुरमा प्रत्येक वर्ष निरन्तर रुपमा सञ्चालन हुँदै आइरहेको हिन्दुहरुको महान चाड वडादशैको सप्तमी तिथी अर्थात फूलपातिका दिन रमाइलो आध्यात्मिक धार्मिक क्रियाकलाप देख्न अहिले आएर ११ ओटा भजनकृतन टोलीले भजन गाएको र सैनिक गारत सहित अगाडि पछाडि देविलाई सुरक्षा दिइ फूलपाति शोभा यात्रा देख्न इतिहासमा मात्रै सिमित रहृयो । शोभा यात्रामा ११ ओटा भजन टोलिले भजन कृतन गाउदा के-के गाउनु पर्ने विषयमा वाला बजार बन्दिपुर (हाल काठमाडौ) वासि मेरो धबा (ठुलो वावा) कृष्णकुमार मल्ल

ज्यूले खड्कदेवि स्मारीकामा लेख्नु भएको लेख अनुसार :

क) गणेश स्तुती (परिशिष्ट १ मा दिइएका गणेश स्तुती मध्ये एक वा सबै)
ख) दश अवतार भजन (परिशिष्ट १ अन्तरगत २ मा प्रस्तुत दश अवतार भजन )
ग) भगवती स्तुती (परिशिष्ट १ अत्तरगत ३ मा दिइएको भगवति स्तुती)
घ) मालश्री (परिशिष्ट १ अन्तगत ४ मा दिइएको मालश्री भजन)
ङ) आरती (परिशिष्ट १ अन्तरगत ५ मा दिइएको आरती भजन)

खड्ग देविलाई फूलपाति सहित मन्दिर भित्रयाएपछि आरती गरी भजन समापन गरी आ-आफनो घर फर्कन्छन् । भोलीपल्ट अष्ठमीको कालरात्रीमा विन्दुवास्ने मन्दिरमा पुजा पाठ गरी पाडो काटेर रातभरी झुण्डाएर राख्ने र भोली पल्ट नवमीको दिनमा ११ वटा भजन किर्तन टोलीले बाडेर खाने चलन थियो । कालरात्रीको पुजा गरेर वलि भोग लगाए पछि रातमा मानिसहरु हिड्डुल गर्न वन्द हुन्थ्यो । त्यसै गरि गुरुङ्गचे डाडाँको मौलामा अष्ठमीको बेलुका ४ बजे पाडो काटेर डाँडाबाट तल गुल्टाएर भोली पल्ट खड्क देविको गहना उजेल्नी, सफा गर्ने सुनारहरुले बाडेर खाने चलन थियो । आज भोली पैसा दिने चलन गरेको छ ।

बन्दिपुर वासी सामाजिक विकास तर्फ पनि परापूर्वकालदेखि सक्रिय सकारात्मक सोच भएको कुरा बन्दिपुरमा भएको बाटोघाटो, ठाँटीपौवा, चौतारा, धर्मशाला, धारा, कुवा, पधेरा, मठ मन्दिर सबैको निर्माणबाट स्पष्ट हुन सक्छौ । खड्कदेवि मन्दिर, विन्दवासिनि मन्दिर, महालक्ष्मी मन्दिर, तिनधारे महादेव स्थान, सतनले महादेव स्थान, पारपानि महादेव, चामुण्डा माई, वगैचा मन्दिर, भिमसेन थान, नारायण मन्दिर, थानिथान मन्दिर मुकुण्डे स्वरी, गुरुङ्गचे डाँडाँ वहिरो महादेव, चण्डीथान लगायतका मन्दिरहरु छन । स्कुलहरुमा खड्कदेवि पाठशाला, कन्या स्कुल टुडिखेल, भानुभक्त हाइस्कुल, कलेज आदि व्यक्ति र वन्दिपुर वासि सबै मिलेर बनाएको देखिन्छ। बन्दिपुरका साहु महाजनहरुबाट आफुले बनाइदिएको मन्दिर, ठाँटी पौवा (धर्म शाला) पधेरा कुवा आदि मर्मत सफा सुग्घर गरिदिए वापत उनिहरुलाई जग्गा गुठिको रुपमा दिएर खेती गरी खाएको पाइन्छ । जस्तै तीनधाराको ठाँटी, धर्मशाला, कुवाको लागि अवले गाउँमाथि सिलठोक जाने बाटोको जग्गा गुठिमा थियो र पछि रैकरमा व्यक्तिको नाउँमा पास भएको बुझिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker