नेपथ्य लाइभ इन शुक्लागण्डकीको ‘एजुकेशनल पार्टनर’मा लिटल गार्डेन

दुलेगौंडा : नेपथ्य लाइभ इन शुक्लागण्डकीको एजुकेशनल पार्टनरमा लिटल गार्डेन इङलिस बोर्डिङ स्कुलले सघाउने भएको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा रहेको विद्यालयले ‘एजुकेशनल पार्टनर’ मा सघाउने सम्झौता गरेको हो । बिहीबार नेपथ्य लाइभ इन शुक्लागण्डकीको विज्ञापन संयोजक बुद्धिबहादुर थापा, आयोजक लायन्स क्बल अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्रबहादुर ढुंगानाले विद्यालयकी निर्देशक प्रतिभा लामीछाने पौडेलसँग सम्झौता गरे ।

शिक्षामा संगीतलाई जोड्न पाएकोमा उत्साहित भएको निर्देशक लामीछानेको भनाइ छ । ‘नेपाथ्य लाइभ इन शुक्लागण्डकीको एजुकेशनल पार्टनर हुन पाएकोमा उत्साहित छौं’, उनले भने, ‘सहकार्यले दुवै क्षेत्रलाई फाइदा पुग्ने विश्वास छ ।’ नेपथ्य लाइभ इन शुक्लागण्डकी सफल हुने उनले बताइन् । विज्ञापन संयोजक बुद्धिबहादुरले शुक्लागण्डकीलाई चिनाउदै शिक्षा क्षेत्रमा सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको बताए । शिक्षा क्षेत्रबाट प्राप्त सहयोगले हौसला थपेको उनको भनाइ थियो ।

‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ आगमी मंसिर १२ गते भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा हुदैछ । शुक्लागण्डकीकै ऐतिहासिक सांगीतिक उत्सवको रुपमा मनाउने तयारी छ । विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष ढुंगानाले बताए । कन्सर्टमा १० हजार संगीतप्रेमीलाई झुमाउने तयारी छ ।

लायन्स इन्टरनेशनलको ‘पढाऊ’ अभियान अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले साङ्गतिक कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक खुमबहादुर विक ‘राजु’ ले बताए । बचत रकमले विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोसाक वितरण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजलाई जोड्ने, सकारात्मक सन्देश प्रवाह गर्ने र सामाजिक अभियानलाई उकास्ने एक प्रभावकारी माध्यम भएको उनले सुनाए । त्यही माध्यमले तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ, गोरखा, पाल्पा र आसपासका तमाम संगीतप्रेमी, विद्यार्थी, युवा, व्यवसायी, उद्यमी, पेसाकर्मी तथा सर्वसाधारणलाई एउटै सांगीतिक मञ्चमा जोड्ने दाबी छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker