व्यास नगरपालिकाको ‘विपद् पोर्टल’ : एकीकृत रुपमा विपद्का सूचना आदानप्रदान गरिने

भञ्ज्याङ न्यूज

प्रविधिको अधिकत्म प्रयोग गरी विपद्का सूचना एकीकृत रुपमा आदानप्रदान गर्ने उद्देश्यका साथ तनहुँको व्यास नगरपालिकालो ‘विपद् पोर्टल’को शुभारम्भ गरेको छ । संघ, प्रदेश र स्थानीय तहमा विपद् सम्बन्धी सूचना एकीकृत रुपमा आदानप्रदान नगरपालिकाले विपद् पोर्टल शुभारम्भ गरेको हो । नेपाल सरकारले राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली अर्न्तर्गत विपद् सूचना पोर्टलको विकास गरेको छ । सोही बमोजिम नगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने उद्देश्यले सोमबारदेखि उक्त पोर्टलको शुभारम्भ गरेको व्यास नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख इन्जिनियर रवीन्द्रलाल मूलले बताए ।

उक्त पोर्टल् मार्फ विपद्को तयारी, प्रतिक्रिया, र्सतर्क, जोखिम सम्बन्धी जानकारी साथै क्षमता र संसाधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने प्रमुख इ. मूलले बताए । उक्त पोर्टलमा देखिए अनुसार विगत दश वर्षमा ब्यास नगरपालिकामा १९ घटना र ८ व्यक्तिको मृत्यु भएको छ । गत वर्षसन् २०२०-२०२१ फेुब्रअरी बीच सात घटना भएकामा पाँच व्यक्तिहरुको मृत्यु भएको छ। पोर्टलमा खासगरी आगलागी, चट्याङ, पहिरो आदिका घटनाहरु धेरै भएको देखिएको नगरपालिकाले जनाएको छ ।

विपद् पोर्टलमा नेपाल सरकारका विभिन्न निकाय, विपद्मा कार्य गरिरहेका संघ संस्थाबाट तयार गरिएका सूचना तथा तथ्याङ्क रहेको हुँदा यसको सहयोगले नगरपालिकाको रणनीति योजना बनाउन सहज हुने नगरपालिकाले जनाएको छ ।

विपद् पोर्टलको शुभारम्भ गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानले नगरपालिकाले आवधिक रुपमा तथ्याङ्क प्रविष्ट गरी विपद् पोर्टलमा रहेको सूचना र तथ्याङ्कलाई थप अद्यावधिक गर्दै जाने बताए । पोर्टलमा शिक्षा, स्वास्थ्य, वित्तीय संस्था, उद्योग, पर्यटन, सांस्कृतिक धरोहर लगायत नगरपालिकामा रहेका विभिन्न पूर्वाधारको सूचना संकलन भइसकेको हुँदा भविष्यमा हुने कुनै पनि विपद्का घटनाहरुलाई प्रतिक्रिया गर्न सहयोग पुग्ने युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले सहजिकरण गरेका थिए । यसमा रहेका सूचना तथा तथ्याङ्कलाई आधार लिइ नगरपालिकाले आफ्नो तयारी गर्न सक्ने र भविष्यमा हुनसक्ने जोखिमलाई पहिचान गरी दीर्घकालीन योजना बनाउने सक्ने उनले बताए ।

 

विपद् पोर्टलको स्थानीयकरण युथ इनोभेसन ल्याबको प्राविधिक सहयोग र युएसएआइडीको आर्थिक सहयोगमा व्यास नगरपालिका लगायत १३ अन्य पालिकाहरुमा काम भइरहेको छ । स्थानीयकरण कार्य अर्न्तर्गत ल्याबले प्राविधिक इन्जिनियरलाई पाँच महिना व्यास नगरपालिकामा खटाएको थियो ।

विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको सञ्चार र विपद् पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न र स्थानीय स्तरमा सूचित निर्णय लिन र नीति बनाउन समेत मदत पुर्‍याउने बताइएको छ।

विपद् पोर्टलले जलविज्ञान र मौसम सम्बन्धी जोखिम जस्तैः भारी वर्षा र बाढी, वातावरणीय जोखिम जलवायु प्रदूषण र भूकम्प जस्ता भूवर्गीय जोखिमको सूचना दिनुका साथै चेतावनी वा खतरा सीमामानहरू पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शित हुने बताइएको छ । विपद् पोर्टलले नेपालको विभिन्न स्थानमा भइरहेको आगलागी, पहिरो, बाढी, र्सपको टोकाई जस्ता घटनाको बारेमा जानकारी दिन्छ । यी घटनाका तथ्याङ्कहरु स्थानीय सरकारले प्रतिक्रिया, पुनःप्राप्ति र पुनःस्थापना, जोखिम प्रभाव विश्लेषणको लागि योजना बनाउनका लागि प्रयोग गर्न सक्नेछन् ।

विपद् पोर्टलमा सन् २०११ देखिको क्षति र नोक्सान सम्बन्धी जानकारी समावेश गरिएको छ । यी तथ्याङ्क स्थानीय सरकारको लागि आपतकाल पछि पुनःप्राप्ति, पुनःस्थापना र पुनःनिर्माणको लागि योजना बनाउन उपयोगी हुने नगरपालिकाले जनाएको छ । विपद् पोर्टल मार्फ् नगरपालिकाले वर्षा र नदिको जलस्तर अनुगमन, भूकम्प, वायु प्रदूषण र डढेलोको रियलटाइम तथ्याङ्क अवलोकन गर्न सक्दछ । जुन प्रारम्भिक तयारी कार्यको लागि सहयोगी हुने विश्वास गरिएको छ ।

विपद् पोर्टल मार्फ नगरपालिकाहरूले प्रकोप सम्बन्धित कागजात, स्थानीय, वार्ड र समुदाय स्तरमा प्रकोप व्यवस्थापन समितिका सदस्यहरूको सर्म्पर्क जानकारी, स्थानीय सरकारले प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परियोजनाहरू सम्बन्धी डाटा र जानकारी एकीकृत गर्न सकिने बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker