राष्ट्रिय कर दिवसका अवसरमा करदाता शिक्षा

भञ्ज्याङ न्यूज

राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय दमौली र तनहुँ उद्योग वाणिज्य संघले संयुक्त रुपमा करदाता शिक्षा सञ्चालन गरेका छन् । सप्ताहव्यापी रुपमा मनाइएको दशौं राष्ट्रिय कर दिवस २०७८ का अवसरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

दमौलीका प्रमुख कर अधिकृत नारायण ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा करदाताका लागि नेपाल सरकारले दिएका छुट सुविधा सहितका नयाँ स्किमका विषयमा कर अधिकृत युक्त सुवेदीले सहजिकरण गरेका थिए ।

कर अधिकृत सुवेदीले डाक्टर, वकील, पत्रकार, लेखापढी व्यवसायी, परामर्शदाता, मध्यस्थकर्ता, लेखापरीक्षक लगायतका क्षेत्रका व्यक्तिलाई करको दायरामा ल्याउन २०७८ फागुन मसान्तभित्र २०७५/०७६ देखि २०७७/०७८ सम्म ३ वर्षो कर बुझाई स्थायी लेखा नम्वर लिन आएमा त्यसमा लाग्ने शुल्क तथा व्याज मिनाहा हुने र सोभन्दा अगाडिको आयकर र मूल्य अभिवृद्धि कर मिनाहा हुने साथै कारोवार मिसम्याच भएको भए २०७८ चैच मसान्तभित्र छुट करोवार घोषणा गरी फरक कारोवारमा १.५ प्रतिशत कर दाखिला गरेमा सो कर अन्तिम हुने र अगाडिका वर्षो छानविन नगरिने जानकारी गराएका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker