फाेटाे फिचर
-
४ कार्तिक २०८२, सोमबार १२:२२भाइटिका र मसला
तनहुँको दमौलीमा आइतबार दिउँसो तिहार पर्वका लागि भाइटिकाका लागि सप्तरङ्गि, भाइमसाल लगायतका सामाग्रि खरिद बिक्री गरिदै । भाइटिकाका दिन दिदीबहिनीहरुले दाजुभाईलाई सप्तरङ्गि टिकासंगै मखमली र सयपत्री फूलको माला लगाइदिनुका साथै भाइमसला उपहार दिने प्रचलन छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ कार्तिक २०८२, सोमबार १२:१५छिम्केश्वरीस्थित बुढी देवी माई मन्दिर
तनहुँको आँवुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीस्थित बुढी देवी माईको मन्दिर । छिम्केश्वरी माईकी दिदीका रुपमा पुजिने यो मन्दिर क्षेत्र समुन्द्र सतहदेखि करिब २१३४ मिटर उचाईमा रहेको छ । छिम्केश्वरी–बुढी देवी माई मन्दिर क्षेत्रको वृहत्तर विकासका लागि आँवुखैरेनीमा आगामी कातिक ८ देखि १५ गतेसम्म बृहत श्रीमद्भागवत सप्ताह ज्ञान…
पुरा पढ्नुहोस -
३ कार्तिक २०८२, आईतवार १३:०८देउसी भैलो
तिहार पर्व सुरुभएसंगै तनहुँको दमौली बजारमा शनिबार देउसी भैलो खेल्दै व्यास नगरपालिका–६ देउरालीस्थित मिलन आमा समुहको टोली । तिहार पर्वका अवसरमा विभिन्न समुह, क्लव, विद्यालय लगायतले देउसी भैलो खेली आर्थिक संकलन गरी समुहको भवन निर्माण तथा विविध सामाजिक क्षेत्रमा खर्च गर्ने गर्दछन् । तस्विर :…
पुरा पढ्नुहोस -
३ कार्तिक २०८२, आईतवार १२:५६चाडपर्व लक्षित बजार अनुगमान
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको टोली दमौली बजारका खाद्य पसल, मार्ट, फलफूल पसल तथा खाजा घरहरुको अनुगमन गर्दै । यस क्रममा रंग नहालेका झिलिंगा पसलमा राख्न प्रेरित गर्ने, तेल घ्यूहरुलाई प्रत्यक्ष घाममा नराख्न, बेकरी सर्टेनिङ्गलाई डेरी घ्यू भनेर विक्री नगर्न, पकाएर खाने…
पुरा पढ्नुहोस -
१ कार्तिक २०८२, शुक्रबार १३:२६धान खेती थन्काउने चटारो
तनहुँको बन्दीपुर गाउँपालिका–२ थारुवास स्थित चामुण्डा खेतमा धान काट्दै किसान । गत असार र साउन महिनामा रोपेको धानको विऊ अहिले पाक्न थालेसंगै किसानहरु पाकेको धान खेती थन्काउन व्यस्थ हुन थालेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० आश्विन २०८२, बिहीबार ११:३७मानहुँकोटको सुन्दर दृष्य
तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट देखिएको सूर्योदय र दमौलीमा लागेको कुहिरो । चिसो मौसम सुरु भएसंगै मानहुँकोटबाट दमौली र आपसापरका क्षेत्रमा लाग्ने कुहिरो, उत्तरतर्फ लहरै मिलेर बसेका सेता हिमाल, पहाडका तरेली, सूर्योदय र अस्ताउँदो सूर्यको सुन्दर दृष्यावलोकन गर्न सकिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ आश्विन २०८२, बुधबार १३:०१सडक स्तरोन्नति
तनहुँको भिमकाली मोटरमार्ग अन्तर्गत भिमाद नगरपालिका–१ डुम्रीबेसी खण्डको सडक स्तरोन्नति गरिदै । निर्माण पक्षले सडक स्तरोन्नति कार्यलाई तीब्रता दिन थालेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ आश्विन २०८२, बुधबार १२:५७कोदो खेती
लमजुङको मध्यनेपाल नगरपालिका–१० थान्सिङका किसानको कोदो खेती । साउन महिनामा रोपिएको डल्ले प्रजातिको कोदोको विऊ पाक्ने अवस्थामा पुगेको छ । पछिल्लो समय कोदोको माग बढ्दै गएपनि उत्पादन भने घट्दै गएको छ । तस्बिर : देवेन्द्र गुरुङ/रासस
पुरा पढ्नुहोस -
२८ आश्विन २०८२, मंगलवार १२:५२कक्षाकोठामा पठनपाठन
तनहुँको भानु नगरपालिका–११ रुपाकोटस्थित राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीहरु कक्षकोठामा पठनपाठन गर्दै। ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरुमा पछिल्लो केही वर्ष यता विद्यार्थीहरुको संख्या घट्दै गएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस