फाेटाे फिचर
-
२६ असार २०८३, शुक्रबार १०:५४सालको पातबाट टपरी
तनहुँको व्यास नगरपालिका–१४ रुम्सीकी एक महिला जंगलबाट सालको पात ल्याएर दुना, टपरी तयार गर्दै । लाहुरेको गाउँका रुपमा परिचित रुम्सी गाउँमा होमस्टे सञ्चालनसंगै अहिले आकर्षक ग्रामीण पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ । मगर समुदायको संस्कार, सँस्कृति अध्यन अवलोकनका साथै स्थानीय खानाका परिकार उपभोग…
पुरा पढ्नुहोस -
२४ असार २०८३, बुधबार १२:४६सडक पेटीको व्यापार
तनहुँको सदरमुकाम दमौलीस्थित ट्राफिकचोकको सडक पेटीमा तरकारी खरिदबिक्री गरिदै । स्थानीय व्यापारीहरुले ग्रामीण क्षेत्र कृषकहरुले उत्पादन गरेको कृषि उपज खरिद गरी दमौली बजार क्षेत्रमा बिक्री वितरण गर्ने गर्दछन । व्यास नगरपालिकाले व्यवस्थितढंगले कृषि हाटबजार सञ्चालन गर्न नसक्दा व्यापारीहरुले डोकोमा बेकेर तथा सडक पेटीमा बसेर कृषि…
पुरा पढ्नुहोस -
२३ असार २०८३, मंगलवार १२:३१कृषकलाई अनुदानमा कृषि सामाग्रि वितरण
तनहुँको शुक्लागण्डकी नगरपालिकाले कृषि उत्पादन वृद्धि, यान्त्रीकरण र कृषकको उत्पादन लागत घटाउने उद्देश्यले ५० प्रतिशत अनुदान कार्यक्रमअन्तर्गत कृषकलाई कृषि सामग्री वितरण सुरु गरेको छ । कार्यक्रमअन्तर्गत वडा नं. ६ स्थित जाम्दीबेसी कृषक समूहका कृषकहरूलाई नगरप्रमुख कृष्णराज पण्डित, वडा अध्यक्ष बुद्धी थापाले मिनी टिलर, कम्बाइन मिल…
पुरा पढ्नुहोस -
२१ असार २०८३, आईतवार १२:५६पाहुनालाई स्वागत
तनहुँका व्यास नगरपालिका–१४ रुम्सी सामुदायिक होमस्टेमा पुगेका पाहुनालाई फूलमाला र टिकाले स्वागत गर्ने तयारीमा होमस्टे सञ्चालक महिलाहरु । लाहुरेको गाउँका रुपमा परिचित रुम्सीलाई गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाले नवप्रवर्द्धन कार्यक्रम मार्फत होमस्टे प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेसंगै अहिले ग्रामीण पर्यटकीय गाउँको रुपमा परिचित हुन थालेको…
पुरा पढ्नुहोस -
२१ असार २०८३, आईतवार १२:४१घिरिङका किसानलाई अनुदानमा कृषि उपकरण
तनहुँको घिरिङ गाउँपालिकाले नेपाल सरकारबाट हस्तान्तरित विशेष अनुदानअन्तर्गत रु. ७५ लाखको कृषि यान्त्रिकीकरण कार्यक्रममार्फत कृषकलाई कृषि उपकरण वितरण गरेको छ । कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा ३ अश्वशक्ति क्षमताका १०० वटा कम्बाइन मिल, ९ अश्वशक्ति डिजेल इन्जिनसहितका १२० वटा हाते ट्र्याक्टर तथा ७ अश्वशक्ति क्षमताका ६०…
पुरा पढ्नुहोस -
१८ असार २०८३, बिहीबार १२:२१तनहुँको कलेस्ती बजार
तनहुँको व्यास नगरपालिका–७ स्थित मादी नदी किनारमा अवस्थित कलेस्ती बजार । तनहुँको निर्वाचन रणनीतिक सडक मादी–मर्स्याङ्दी कोरिडोर, व्यास नगरपालिकाको लाइफलाइन परासर मार्गसँगै व्यास मार्ग जोडिएको यस ठाउँमा केही वर्षयता बस्ती बढ्दै गइरहेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ असार २०८३, बिहीबार १२:१९सतिस्वाँराको चैण्डाँडामा स्वास्थ्य चौकी भवन उद्घाटन
तनहुँको व्यास नगरपालिका–९, चैण्डाँडास्थित सतिस्वाँरा स्वास्थ्य चौकीको नवनिर्मित भवन बुधबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपाने । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१७ असार २०८३, बुधबार १३:३६बस्ति संरक्षण
भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले गोरखाको बारपाक सुलिकोट–३ स्थित ठोटनेरी बस्ति संरक्षणका लागि तारजालीको प्रयोग गरी निर्माण गरिएको तटबन्धनको अनुगमन गर्दै कार्यालयका प्रमुख दिवाकर पौडेल र स्थानीय उपभोक्ता । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ असार २०८३, मंगलवार १२:३१रोपाइको तयारी
तनहुँको व्यास नगरपालिका–९ सिस्नेरीस्थित खेतमा असारे धान खेतीका लागि तयार गर्दै गरिएको खेत र पाक्दै गरेको चैते धान खेती । तनहुँमा यस वर्ष करिब ८ हजार ५१५ हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गर्ने अनुमान गरिएकोमा असार १५ सम्ममा करिब ४५ प्रतिशत रोपाई भएको जिल्ला कृषि…
पुरा पढ्नुहोस