स्वास्थ्य/जीवनशैली
-
तनहुँको आँबुखैरेनी अस्पतालमा अब ६ वटा डायलाइसिस मेसिनबाट सेवा
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकामा थप एक थान डायलाइसिस मेसिन प्राप्त भएसँगै अब ६ वटा मेसिनबाट मिर्गौला रोगका बिरामीलाई हेमोडायलाइसिस सेवा उपलब्ध हुने भएको छ । गण्डकी प्रदेश सरकारले गाउँपालिकाले सञ्चालन गरेको आँवुखैरेनी अस्पताललाई थप एक थान डायलाइसिस मेसिन उपलब्ध गराएको हो । नयाँ मेसिन थपिएपछि नियमित हेमोडायलाइसिस आवश्यक पर्ने…
पुरा पढ्नुहोस -
गाउँमै अल्ट्रासाउन्ड सेवा, गर्भवती महिलालाई सहज
दमौली : ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवती महिलालाई स्थानीय स्तरमै अल्ट्रासाउन्ड सेवा उपलब्ध हुन थालेपछि गर्भावस्थाको स्वास्थ्य परीक्षण सहज बन्दै गएको छ । टाढाका स्वास्थ्य संस्थामा पुगेर अल्ट्रासाउन्ड गराउनुपर्ने बाध्यता हटाउँदै तनहुँको व्यास नगरपालिका–९ स्थित गजुरे स्वास्थ्य चौकीबाट ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिएको छ । गजुरे स्वास्थ्य चौकीमा सेवा सुरु…
पुरा पढ्नुहोस -
मधुमेह: पहिचान, रोकथाम र व्यवस्थापन
भूमिका मधुमेह (Diabetes Mellitus) विश्वभर तीव्र रूपमा बढिरहेको दीर्घकालीन चयापचयजन्य रोग हो । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार मधुमेहले जनस्वास्थ्यमा ठूलो चुनौती सिर्जना गरेको छ । यो रोग शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्दा वा उत्पादन भएको इन्सुलिन प्रभावकारी रूपमा प्रयोग गर्न नसक्दा रगतमा ग्लुकोज (चिनी) को मात्रा बढ्ने…
पुरा पढ्नुहोस -
एआई प्रविधिमा आधारित छातीको एक्स–रे शिविर
तनहुँको भिमाद नगरपालिकाको आयोजना तथा जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र प्रदेश जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा भिमाद नगरपालिका–९ च्यानडाँडामा एआई -कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित निःशुल्क छातीको एक्स–रे परीक्षण शिविर सम्पन्न भएको छ। बिहीबार आयोजित शिविरमा लक्षित समूहका २७६ जनाको छातीको एक्स–रे परीक्षण गरिएको नगरपालिकाले जनाएको छ। परीक्षणका क्रममा…
पुरा पढ्नुहोस -
सम्पादकीय : स्तनपान – स्वस्थ पुस्ताको पहिलो आधार
हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ । यो केवल एक औपचारिक स्वास्थ्य अभियान होइन, भावी पुस्ताको स्वास्थ्य, बौद्धिक विकास र समृद्ध समाज निर्माणसँग जोडिएको विश्वव्यापी प्रतिबद्धता हो । यस वर्षको नारा æजीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँÆले पनि…
पुरा पढ्नुहोस -
विश्व स्तनपान सप्ताह : प्रदेश अस्पताल दमौलीमा जानकारीमूलक प्रदर्शनी
दमौली : विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा प्रदेश अस्पताल दमौली, तनहुँले स्तनपानको महत्व, आवश्यकता तथा आमा र शिशुलाई यसबाट हुने स्वास्थ्य लाभबारे जानकारी गराउने उद्देश्यले जानकारीमूलक प्रदर्शनी आयोजना गरेको छ । अस्पतालले विश्व स्तनपान सप्ताह (अगस्ट १–७/साउन १६–२२ गते)को अवसरमा ‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानका लागि सबैको साथ’ भन्ने…
पुरा पढ्नुहोस -
बन्दीपुर अस्पतालको अतिरिक्त समयको ओपीडी सेवा प्रभावकारी बन्यो, ४९.२५ प्रतिशतले लिए सेवा
बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले सरकारी स्वास्थ्य सेवालाई नागरिकमैत्री बनाउने उद्देश्यले सञ्चालन गरेको विस्तारित निःशुल्क ओपीडी सेवा प्रभावकारी बनेको तथ्याङ्क सार्वजनिक गरिएको छ । अस्पतालले मिति २०८२ वैशाख १ गतेदेखि वर्षको ३६५ दिन बिहान ७ः०० बजेदेखि बेलुकी ८ः०० बजेसम्म निःशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएकोमा एक आर्थिक वर्ष पूरा हुँदा…
पुरा पढ्नुहोस -
भिमादको हुक्का डाँडामा आँखा शिविर : करिब ४०० जनाले लिए सेवा, १५ जनामा मोतियाविन्दु पहिचान
भिमाद : तनहुँको भिमाद नगरपालिका–१ हुक्का डाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । हुक्का मियाँ गाउँ मुस्लिम समाजले आयोजना तथा हिमालय आँखा अस्पताल, पोखरा घारीपाटनको प्राविधिक सहयोगमा बिहीबार सञ्चालन गरिएको शिविरमा करिब ४०० जनाले सेवा लिएका छन् । मदर्शा गौसिया आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा आँखाको परीक्षण, परामर्श तथा…
पुरा पढ्नुहोस -
तनहुँलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा
तनहुँ : तनहुँ जिल्ला पुनः पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाभित्रका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता सम्बन्धी मापदण्ड पूरा गरेपछि जिल्ला खोप समन्वय समितिले सोमबार औपचारिक रूपमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरेको हो। ११ वर्षअघि पहिलोपटक पूर्ण खोप जिल्ला घोषणा…
पुरा पढ्नुहोस -
भानुमा स्वास्थ्य प्रणाली अध्ययनको प्रतिवेदन प्रस्तुत, पाँचवर्षीय फोहर व्यवस्थापन योजना हस्तान्तरण
भानु : तनहुँको भानु नगरपालिकाको स्वास्थ्य प्रणाली व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, केन्द्रीय जनस्वास्थ्य विभाग, महाराजगञ्जमा स्नातक तह (बीपीएच) तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले सञ्चालन गरेको अध्ययनअन्तर्गत नगरस्तरीय अन्तिम प्रतिवेदन प्रस्तुत गरिएको हो । नगर प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख उमा गोतामे, स्वास्थ्य…
पुरा पढ्नुहोस