अर्थ
-
सयपत्री फूल खेतीले फेरिंदै आँवुखैरेनीका महिलाको आर्थिक अवस्था
आँवुखैरेनी : दसैँको चहलपहल बढेसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यानचोकका बारीमा फुलेका सयपत्रीले गाउँलाई पहेँलपुर बनाउँदै लगेको छ । फूलले बारी ढाकिएसँगै यहाँका महिलालाई उत्पादन र बिक्रीको चटारो थपिएको छ । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनीमा फैलिएको छ भने ४५ महिला सामूहिक उद्यममार्फत आम्दानीको बाटोमा अघि…
पुरा पढ्नुहोस -
बाढीले बगाएको एप्रोच निर्माण : १८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने पुल
तनहुँ : तनहुँको घिरिङ र पूर्वी नवलपरासीको डेढगाउँ जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । असोज ११ गते आएको बाढीले पुलको दुवैतर्फको पहुँच सडक (एप्रोच) बगाएपछि अवरुद्ध आवागमन बुधबार साँझदेखि पुनःसञ्चालनमा ल्याइएको हो । नवलपुरतर्फको अस्थायी एप्रोच गत साता नै निर्माण गरिएको थियो । तनहुँतर्फको पहुँच…
पुरा पढ्नुहोस -
हलगोरु पाल्ने आँवुखैरेनी–१ का ४६ किसानलाई अनुदान रकम प्रदान
आँवुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न अनुदान वितरण गरेको छ । गाउँपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पहिलो चरणमा वडा नं. १ का ४६ जना हलगोरुपालक किसानलाई जनही सात हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको वडा अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी गराए । वडा नं. १ को…
पुरा पढ्नुहोस -
सम्पादकीय : सयपत्री फूलमा आत्मनिर्भरता उद्यमशीलताको सम्भावना
दसैँ–तिहार नजिकिएसँगै गाउँघरदेखि सहरबजारसम्म सयपत्री फूलको माग बढ्छ । घरआँगन सजाउन, पूजाआजा गर्न र टीकाको दिन माला लगाउन प्रयोग हुने सयपत्री नेपाली चाडपर्वको अभिन्न हिस्सा हो । तर, चाडपर्वमा आवश्यक पर्ने फूलको ठूलो हिस्सा बाहिरबाट ल्याउनुपर्ने अवस्था अझै पनि छ । यस्तो अवस्थामा तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीमूल यानचोकका महिलाले सामूहिक…
पुरा पढ्नुहोस -
पाँचौंपटक म्याद थप्दा पनि बनेन दमौलीको नमुना पशु अस्पताल, ७७ प्रतिशत भौतिक प्रगति, उपकरण थन्किए
दमौली : गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको तनहुँको दमौलीस्थित नमुना पशु अस्पतालको भवन निर्माण पाँचौँपटक म्याद थप्दासमेत सम्पन्न हुन सकेको छैन । भवन निर्माणमा ढिलाइ हुँदा पशुपालक किसानलाई विशेषज्ञ सेवा दिने उद्देश्यले अघि बढाइएको आयोजना अलपत्रजस्तै बनेको छ । अस्पतालका लागि आवश्यक अत्याधुनिक उपकरण उपलब्ध भइसके पनि भवन नहुँदा सेवा…
पुरा पढ्नुहोस -
बाढीपहिरोले तनहुँका सार्वजनिक पूर्वाधारमा ठूलो क्षति, पुनर्निर्माणका लागि सम्बन्धित निकायमा सिफारिस
तनहुँ : गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले तनहुँका सडक, पुल, कल्भर्टलगायत सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ । बाढीले पाँचवटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाउनुका साथै तीनवटा झोलुङ्गे पुल र एउटा पक्की पुलमा आंशिक क्षति पुर्याएको छ । दुईवटा कल्भर्टमा समेत क्षति पुगेको…
पुरा पढ्नुहोस -
तनहुँको पर्यटन : गन्तव्य जोडिंदै, पर्यटनको नयाँ सर्किट बन्दै
बन्दीपुर–आँबुखैरेनीबाट मानुङकोट, छाब्दी, छिम्केश्वरी र आँधीमूलसम्म जीप सफारी विस्तार गर्ने तयारी, गाउँ–गाउँमा पर्यटनको लाभ पुर्याउने लक्ष्य तनहुँ : तनहुँमा पर्यटनका गन्तव्यको कमी छैन । धार्मिक आस्थाका केन्द्रदेखि सूर्योदय र हिमश्रृंखला नियाल्न सकिने डाँडाकाँडा, ऐतिहासिक बस्ती, प्राकृतिक सम्पदा, ग्रामीण जीवनशैली र मौलिक संस्कृतिसम्म जिल्लाभित्रै अनेक सम्भावना छन् । समस्या गन्तव्यको अभावमा…
पुरा पढ्नुहोस -
व्यास–६ का १३ टोललाई घाँस काट्ने मेसिन
दमौली : तनहुँको व्यास नगरपालिका–६ ले वडाभित्रका १३ वटा टोललाई घाँस काट्ने मेसिन वितरण गरेको छ । वडाले प्रत्येक टोललाई एक–एक वटाका दरले १३ वटा मेसिन उपलब्ध गराएको हो । वडाध्यक्ष कुमार गुरुङका अनुसार स्थानीयस्तरमा घाँस काट्ने, कृषि उपज भित्र्याउने तथा सार्वजनिक स्थल र बाटोघाटो सरसफाइमा सहजता ल्याउने उद्देश्यले टोलहरूलाई…
पुरा पढ्नुहोस -
सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ बोटमै
मुस्ताङ : दशैंलाई लक्षित गरेर बजार पठाउने तयारी गरिएको मुस्ताङको स्याउ यस वर्ष बाढीपहिरो र सडक अवरोधका कारण बोटमै थन्किएको छ । कालीगण्डकी नदीको कटान तथा अविरल वर्षापछि आएको बाढीपहिरोले कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानमा क्षति पुर्याएपछि स्याउ ढुवानी प्रभावित भएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीका आङग्या गुरुङले…
पुरा पढ्नुहोस -
व्यासमा प्लास्टिकका कृत्रिम फूलगुच्छा प्रयोग गर्न नपाइने
दमौली : तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकजन्य कृत्रिम फूलगुच्छा तथा सजावटी सामग्रीको बिक्री–वितरण, भण्डारण र प्रयोग नगर्न आग्रह गरेको छ । वातावरण संरक्षण तथा प्रचलित कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले नगरपालिकाले यस्तो आग्रह गरेको हो । नगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा प्रचलित कानुनबमोजिम प्लास्टिकजन्य…
पुरा पढ्नुहोस