बढ्दै छ गलैचा, कार्पेट, यार्चागुम्बादेखि अम्रिसो निर्यात

गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे रु १४ अर्बभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।
यद्यपि नेपालले केही यस्तो वस्तुहरु छन् जसको निर्यातबाट राम्रो आम्दानी गरिरहेको छ । जसमध्ये गलैचा, अलैची, अम्रिसो, कुकुर तथा विरालाको खाना, यार्सागुम्बा पनि पर्छन् । जसको निर्यातबाट गत आवमा मुलुकले रु २४ अर्बभन्दा बढी आम्दानी गरेको छ ।
भन्सार विभागको तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा नेपालबाट रु ४१ अर्ब बढीको कार्पेट (गलैँचा) निर्यात भएको छ । गत आवमा २०७९/८० मा रु एक ११ अर्ब ५० करोड ६६ लाख २३ हजारको गलैँचा निर्यात भएको विभागको भनाइ छ ।
यहाँ उत्पादन हुने गलैँचा अमेरिका, जर्मनी, बेलायतलगायतका मुुलुकमा निर्यात हुन्छ । ऊन तथा जनावरका रौबाट बनेका यस्ता गलैँचाको माग विशेष गरी अमेरिका तथा यूरोप नै हो । गत आवमा अमेरिकामा मात्रै रु सात अर्ब १८ करोड २५ लाख ६७ हजार बराबरको गलैँचा निर्यात भएको छ । साथै जर्मनीमा रु ८८ करोड ७० लाख २२ हजार, बेलायतमा रु ७८ करोड ७५ लाख ७६ हजार, इटलीमा रु ६१ करोड ४६ लाख ६२ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । साथै गत आवमा फ्रान्समा रु ३४ करोड २५ लाख ९२ हजार बराबरको गलैँचा निर्यात भएको छ ।
भन्सार विभागका अनुसार अघिल्लो आवमा कूल रु नौ अर्ब ५६ करोड ७७ लाख ३० हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । त्यस्तै आव २०७७/७८ मा रु सात अर्ब २४ करोड ४० लाख ५० हजार, आव २०७६/७७ मा रु छ अर्ब १५ करोड ७७ लाख छ हजारको तथा आव २०७५÷७६मा रु सात अर्ब ३६ करोड ९६ लाख ९५ हजारको गलैँचा विभिन्न देशमा निर्यात भएको छ ।

आठ अर्बको अलैँची निर्यात

विभागका अनुसार गत आवमा रु आठ अर्बभन्दा बढीको अलैँची निर्यात भएको छ । मुलुकको वैदेशिक व्यापारमा अलैची निर्यातको मूख्य भूमिका छ । गत आवमा रु आठ अर्ब २७ करोड ६५ लाख ९७ हजार मूल्य बराबरको अलैँची मूलुकबाट निर्यात भएको छ । जुन अघिल्लो आवमा रु चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार थियो ।
विभागका अनुसार आव २०७७/७८ मा रु सात अर्ब एक करोड आठ लाख २९ हजार, आव २०७६÷७७ मा रु दुई अर्ब ५३ करोड ९५ लाख ९५ हजार तथा आव २०७५/७६ मा रु दुई अर्ब ७१ करोड ४९ लाख ४२ हजार बराबरको अलैैची निर्यात भएको छ । नेपालबाट भारत, पाकिस्तान, इटली तथा जर्मनीलगायत मूलुकमा अलैँची निर्यात हुने गरेको छ ।

कुकुर तथा विरालाको खानाको निर्यात बढ्दो

पछिल्लो केही वर्षयता नेपालबाट निर्यात हुने वस्तुमा कुकुर तथा विरालाको खानासमेत पर्दै गएको छ । विगत पाँच वर्षमा मात्रै मुलुकबाट रु १० अर्बको यस्ता वस्तु निर्यात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ ।
गत आवमा मात्रै रु तीन अर्ब ४० करोड ९० लाख ७३ हजार मूल्य बराबरको यस्ता वस्तु मूलुकबाट बाहिरिएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ । गत आवमा रु दुई अर्ब ९६ करोड ७६ लाखका यस्ता वस्तु अमेरिका निर्यात भएको थियो । त्यस्तै रु २९ करोड ४२ लाख ३५ हजारको क्यानडा, रु तीन करोड ९३ लाख ५६ हजार बराबरको जापान निर्यात भएको सार्वजनिक विवरमा उल्लेख छ ।
नेपालले अघिल्लो आवमा रु दुई अर्ब ९१ करोड १९ लाख ३९ हजारको कुकुर तथा विरालाका लागि बनेका यस्ता खानेकुरा निर्यात गरेको छ । त्यस्तै आव २०७७/७८मा रु एक अर्ब ९६ करोड ५० लाख ४६ हजार, आव २०७६/७७ मा रु एक अर्ब २२ करोड ८३ लाख ५६ हजार तथा आव २०७५/७६ मा रु एक अर्ब पाँच करोड २८ लाख ७६ हजारको यस्ता बस्तु मुलुकबाट निर्यात भएको विवरण्मा उल्लेख छ ।

पाँच वर्षमा रु तीन अर्बको अम्रिसो निर्यात

नेपालबाट निर्यात हुने वस्तुमा अम्रिसो पनि पर्छ । विभागका अनुसार पछिल्लो पाँच वर्षमा अम्रिसो निर्यातबाट रु तीन अर्ब ३३ करोड छ लाख ९२ हजार आम्दानी भएको छ । गत आवमा रु एक अर्ब ८८ लाखको अम्रिसो भारत निर्यात भएको छ । नेपालबाट निर्यात हुने अम्रिसोको मूख्य गन्तव्य भारत हो ।
विभागको विवरणानुसार अघिल्लो आवमा रु ६९ करोड ९८ लाख ६२ हजारको अम्रिसो नियात भएको छ । त्यस्तै आव २०७७/७८मा रु ६५ करोड ८८ लाख १३ हजारको, आव २०७६/७७मा रु ५५ कराड ७४ लाख ७८ हजार तथा आव २०७५/७६ मा रु ४० करोड ५७ लाख ३९ हजारको अम्रिसो मूलुकबाट निर्यात भएको छ ।

एक वर्षमा रु ४४ करोडको यार्सागुम्बा निर्यात

विभागका अनुसार गत आवमा रु ४४ करोड ३१ लाखको यार्सागुम्बा निर्यात भएको छ । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्चागुम्बाको निर्यात पछिल्ला पाँच वर्ष यताकै उच्च हो ।
अघिल्लो आवमा रु ३० करोड ९२ लाख ३३ हजारको यार्चागुम्बा निर्यात भएको थियो । त्यस्तै आव २०७७/७८ मा रु १५ करोड ७६ लाख २५ हजारको, आव २०७६/७७ मा रु २० करोड २२ लाख ३५ हजारको तथा आव २०७५/७६मा रु १७ करोड ९४ लाख आठ हजारको यार्चागुम्बा निर्यात भएको छ । विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने मुलुकमा हङकङ, कम्बोडिया, मलेसिया, सिङ्गापुर, भियतनाम, अमेरिकालगायतका राष्ट्र पर्छन् । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker