चौथो डुम्रे महोत्सव : आज हमाल, शाही, राना लगायतका कलाकारहरुको सांगितिक प्रस्तुती रहने

तनहुँको डुम्रेमा जारी चौंथो डुम्रे साँस्कृतिक तथा व्यापारिक महोत्सवमा आज आइतबार शिव हमाल, सुस्मा शाही ठकुरी, सन्जिव सिंह राना, गंगा श्रेष्ठ, सन्तोष भुषाल लगायतका कलाकाहरुको सांगितिक प्रस्तुती रहने महोत्सवका कलाकार संयोजक सुनिल श्रेष्ठले जानकारी गराएका छन् ।

महोत्सवमा हरेकदिन चर्चित कलाकार आएपछि दर्शकको चाप पनि बढ्दै गएको उनले बताए । शनिवार महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।

शनिबार गायिका प्रिति आले, सिम्रन परियार, राजन राज शिवाकोटी लगायतका कलाकारले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको संयोजक श्रेष्ठले जानकारी दिए । महोत्सवमा दोहोरी गीत प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।

यस्तै, महोत्सवमा दर्शकहरुको सहभागिता बढाउन आयोजकले बिहान ११ बजेसम्म निशुल्क प्रवेशको व्यवस्था मिलाएको जनाइएको छ । महोत्सवमा आउने दर्शकहरूलाई विभिन्न किसिमका सुविधा दिएको आयोजकले प्रवेश पास समेत निःशुल्क व्यवस्था मिलाएको महोत्सवका सहनिर्देशक राजेन्द्र पियाँले जानकारी गराए ।

उनका अनुसार महोत्सवमा ज्येष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने महोत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थालाई पनि एक हजार भन्दा बढी निःशुल्क पास छुट्याइएको छ ।

महोत्सवमा थप मनोरञ्जन दिन आयोजकले चुँदी खोलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा चढ्ने व्यवस्था मिलाएको छ । हिमालयन रिभर अपरेटर कम्पनीको दुईवटा डुङ्गा दर्शकहरूको लागि राखिएको छ ।

यस्तै महोत्सवमा बन्दिपुर केवलकारमा छुट, रेष्टुराँमा छुट, एनटिसिको सिमकार्ड फ्री लगायतका सुविधाहरू उपलब्ध गराइएको महोत्सवका प्रवक्ता सुवोध अधिकारीले बताए । यस्तै महोत्सवमा टिकट काट्नेले बन्दीपुर केवुलकारमा समेत विभिन्न छुट पाउने बताइएको छ । महोत्सवको टिकटमा बन्दीपुर केवलकार जान ३५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै रेष्टुराँमा १५ प्रतिशत, स्काइलिङ, जिपल्याण्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

“व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ को पुल्चोकमा आगामि चैत्र ३ गतेसम्म सञ्चालन हुने छ ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

महोत्सवमा स्थानीय उत्पादन, व्यापारिक स्टल, सांस्कृतिक कार्यक्रम, पर्यटकीय गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ । महोत्सवले क्षेत्रीय पहिचानलाई अझ सुदृढ गर्दै आर्थिक गतिशीलता बढाउने अपेक्षा उनले गरेका छन् ।

महोत्सवमा याम्पाको ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ । दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयोजकले निःशुल्क स्टल उपलब्ध गराएको महोत्सवका स्टल संयोजक राम जोशीले बताए । महोत्सवमा बाख्राको चिज समेत ग्राहकलाई निःशुल्क खाने व्यवस्था गरिएको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker