तनहुँमा ४ हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि

दमौली : तनहुँमा चालु आर्थिक वर्षमा करिब ४ हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि भएको छ । गत कात्तिक महिनामा परेको बेमौसमी पानीका कारण धानबालीमा क्षति भएपनि समग्र रुपमा जिल्लामा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी किरण परियारले आर्थिक वर्ष २०८१/०८२ मा ३३ हजार २९२ मेट्रिक टन धान उत्पादन भएको बताए । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष चार हजार ५५ मेट्रिक टन धान उत्पादन वृद्धि भएको छ । चालु आर्थिक वर्षमा आठ हजार १२० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।
यस्तै, गत आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ६६७ हेक्टर क्षेफलमा धान खेती गरिएकामा २९ हजार २३७ मेट्रिक टन धान उत्पादन भएको थियो । परियारले भने, “गत कात्तिकमा वर्षाका कारण तनहुँका नौ वटा पालिकाका ४४.६२ हेक्टर क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको थियो । तर समग्रमा जिल्लामा धान उत्पादन वृद्धि भएको छ ।”
तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुर, लगायतका धान खेती हुने गरेको केन्द्रले जनाएको छ। जिल्लाका तनहुँसुर, सेपाबगैंचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्रहरु धान खेतीका लागि प्रख्यात मानिन्छन् ।
जिल्लामा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको छ । तर ५१ हजार ५१० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । १३ हजार ५५१ हेक्टर खेतीयोय जमिन बाँझो छ। छ हजार ३४७ हेक्टर क्षेत्रफलमा बाह्रैमहिना सिचाइँको सुविधा पुगेको छ भने सात हजार २३६ हेक्टर क्षेत्रफलमा मौसमी सिचाइँको सुविधा पुगेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker