जिल्ला हुलाक कार्यालय तनहुँले ६ लाख ६० हजार रुपैयाँको हुलाक टिकट बेच्यो

भञ्ज्याङ समाचारदाता/दमौली

जिल्ला हुलाक कार्यालयले चालु आर्थिक वर्षको चार महिनाका अवधिमा ६ लाख ६० हजार ८५० रुपैयाँको हुलाक टिकट बिक्री गरेको छ। गत साउनदेखि कात्तिक मसान्तसम्मका अवधिमा कार्यालयले ९२ हजार ८०० थान टिकट बेच्दा उक्त राजश्व संकलन गरेको हो ।

कार्यालयका हुलाक अधिकृत मित्रलाल भट्टराइका अनुसार साउन महिनामा २५ हजार ८२० थान टिकट बेच्दा १ लाख ५८ हजार ४५० रुपैयाँ राजश्व संकलन गरेको थियो ।

यस्तै, भदौमा २४ हजार ४२० थान टिकट बेच्दा १ लाख ५३ हजार २८० रुपैयाँ, असोजमा २७ हजार १२० थान टिकट बेच्दा १ लाख ७८ हजार ३२० रुपैयाँ र कातिक महिनामा १५ हजार ४४० थान टिकट बेच्दा १ लाख ७० हजार ८०० रुपैयाँ राजश्व संकलन भएको हुलाक अधिकृत भट्टराइ भट्टराइले जानकारी गराए ।

कार्यालयले अभिलेख राखेर संघ संस्था र व्यक्तिलाई कार्यालयबाट नै टिकट बिक्री गर्न थालेको उनले बताए । हुलाक टिकट राजस्व संकेत भएकोले निर्धारण गरिएको मूल्य भन्दा घटिबढीमा बिक्री गर्न मिल्दैन् । उनले भने, ‘हुलाक टिकटमा तोकिएको मूल्य भन्दा बढी मूल्यमा बिक्री गर्न थालिएको पाइएकोले कार्यालयबाट व्यवस्थित तरिकाले टिकट बिक्री गर्न थालेको हो ।’

विभिन्न संघ संस्था, बीमा कम्पनी, लेखापढी कानुन व्यवसायी, बैक लगायतका कार्यालयले कार्यालयमै आएर टिकट लैजाने गरेको उनले बताए । केवल, टिभी, पत्रपत्रिका, एफएम लगायतका संञ्चारमाध्यमको दर्ता तथा नवीकरणको कार्य गर्दै आएको सो कार्यालयले पछिल्लो समय डाँक सेवालाई व्यवस्थित गर्न लागेको हुलाक अधिकृत भट्टराइले जानकारी दिए ।

सूचना र प्रविधि, स्रोतसाधान र जनचाहनाअनुरुप सेवा दिन स्रोतसाधान कमी भएका कारण ढिलाइ हुन गएकोले सेवामा छिटोछरितो ल्याउन पहल गरिएको बताए । १७ जिल्लाको लागि प्रदेश हुलाक कार्यालयले व्यवसायीसँग डाँकको लागि सम्झौता गरे पनि सम्झौता अनुरुपको कार्य नहुँदा सेवा प्रदानमा कठिनाइ भएको सो कार्यालयले जनाएको छ ।

पछिल्लो समय हप्तादेखि पन्ध्र दिनको अवधिमा आफ्नै डाँक सेवाबाट हुलाक कार्यालयमा पुगेर डाँक उठाउन थालिएको हुलाक अधिकृत भट्टराइले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker