तिहारका अवसरमा तनहुँमा राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

दमाैली : तिहारका अवसरमा तनहुँमा राति ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आज सूचना जारी देउसीभैलोको समय निर्धारण गरेको हो ।

कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु अनुशासित एवं मर्यादित रुपमा रातको ९ बजेसम्म मात्र सञ्चालन गर्न सूचित गरिएको जानकारी दिए । साथै उनले चाडपर्व मनाउँदा मौलिक परम्परा संस्कृतिको संरक्षण गर्दै प्रचलित कानुनको परिपालना गरी मनाउन आग्रह गरेका छन् ।

कार्यालयले चाडपर्व प्रचलित परम्परा अनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन आग्रह गरेको छ । चाडपर्वमा कसैको इच्छा, चाहना विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानुन विपरितका कार्य गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी खुसीयालीपूर्वक मनाउन कार्यालयले आग्रह गरेको छ ।

तिहारका बेला पटाका, आतिशबाजी लगायतका विस्फोटक पदार्थहरुको प्रयोग, ओसारपसार तथा विक्री वितरण नगर्न, जुवातास, कौडा, सट्टाबाजी, चिठ्ठा लगायतका कानुनले निषेध गरेका क्रियकलाप नगर्न, सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी नचलाउन, क्षमता भन्दा बढी यात्रु नबोक्न, तोकिएको भन्दा बढी भाडा नलिन आग्रह गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker