तनहुँको घिरिङ गाउँपालिकामा सिँचाइको लागि खनिएको डिप बोरिङ अलपत्र

तनहुँ : तनहुँको घिरिङ गाउँपालिकामा सिँचाइ सुविधाका लागि खनिएका डिप चारवटा बोरिङ अलपत्र परको छ । घिरिङ गाउँपालिका–४ को करूवाटारलगायतका कृषियोग्य भूमि सिँचाइका लागि खनिएको डिप बोरिङ अलपत्र अवस्थामा पुगेको हो । कृषि क्षेत्रमा गरेको सरकारी लगानी खेर जाने अवस्थामा पुगेको वडा नम्बर ४ का वडासदस्य मनबहादुर रानाभाटले बताउनुभयो ।

सरकारका विभिन्न निकायको सहयोगमा करूवाटारको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन डिप बोरिङ खनिए पनि बोरिङ सञ्चालनको लागि विद्युत् सेवा पुर्‍याउन नसक्दा डिप बोरिङ अलपत्र बनेको छ । घिरिङको करूवाटारका खेतीयोग्य जमिनमा सिँचाइ गर्न चार वर्षअघि सङ्घ, प्रदेश र स्थानीय तहको आर्थिक सहयोगमा चार वटा डिप बोरिङ खनिएको थियो तर बोरिङबाट पानी तान्न मोटर सञ्चालनका लागि विद्युत् नहुँदा किसानले सिँचाइ गर्नबाट वञ्चित हुनुपरेको वडासदस्य रानाभाटले जानकारी दिनुभयो ।

विद्युत् सेवा नहुँदा बोरिङ प्रयोगमा आउन सकेको छैन”, उहाँले भन्नुभयो, “लामो समयदेखि बोरिङ सञ्चालन नहुँदा बोरिङमा प्रयोग गरिएको फलाम खिया लागेर नष्ट हुने अवस्थामा पुगेको छ ।” गाउँपालिकाले खनेको एउटा बोरिङमा सोलार प्लान्ट जडान गरेर केही समय पानी निकालिए पनि अहिले सोलार पनि चल्न छाडेको छ । बोरिङ खनिएको स्थानसम्म विद्युत् सेवा पुर्‍याउन ८५ वटा पोल गाडेर ११ हजार भोल्टेजको लाइनको तारसमेत टाँगिसकिएको छ । विद्युत्को लाइन जडानका लागि कतैबाट पनि पहल नहुँदा किसान सिँचाइबाट वञ्चित भएका छन् ।

उक्त क्षेत्रमा विद्युत् सेवा विस्तारका लागि सङ्घ सरकारसँग पहलकदमी भइरहेको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो । केही अघि काठमाडौँ जाँदा ऊर्जामन्त्रीसमक्ष यस विषयमा कुरा राख्दा सकारात्मक आश्वासन पाएको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker