अन्तर्राष्ट्रिय युवा दिवसमा युवाका कुरा : भर्‍याङ्ग मात्र बन्ने होइन अब युवा नेतृत्वमा आउनुपर्छ

राजकुमार आले

युवाहरुको मुद्दाका विषयमा चर्चा गर्दै विहीबार २२औं अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । युवाका मुद्दाका विषय अघिल्लो वर्षरुमा यस्तै यस वर्षपनि निकै चर्चा गरियो । तर, ती उठेका मुद्दाहरु कार्यान्वयन हुन नसकेको युवाहरु बताउँछन् । युवाहरुको आवाजलाई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक बर्षअगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउन सुरु गरिएको थियो ।

कोरोना भाइरस कोभिड-१९ संक्रमण जोखिमका कारण यस पटक औपचारिक कार्यक्रमहरु भएनन् । तर, सामाजिक सञ्जालमा शुभकामना आदान प्रदान गरे । दिवसको अवसरमा युवाहरुको विदेश पलायन बढ्नु र नेतृत्व तहमा युवाहरु पुग्न नसकेको विषयमा युवाहरुले आ-आफ्ना विचार समेत व्यक्त गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल, शुक्लागण्डकी नगर समितिका अध्यक्ष सुरेन्द्र तामाङ देशमा राजनीतिक अस्थिरता हुनु र क्षमता अनुसारको अवसर नहुँदा युवाहरुको विदेश पलायन नरोकिएको बताउँछन् । ‘व्यक्तिको दक्षता र योग्यता अनुसारको काम नभएको हुँदा युवाहरुमा निरासा छाएका छन्, त्यहि भएर युवाहरु विदेशिनुपरेको छ’, अध्यक्ष तामाङ भन्छन्, ‘युवाहरुमा राजनीतिक ज्ञानको कमी हुँदा राजनीतिक क्षेत्रमा युवाहरुको भुमिका पनि न्यून र कमजोर रहेको छ । आफुहरुले राजनीतिक पार्टीमा युवाहरुलाई अवसर दिएर अगाडी बढाउनुपर्छ भनेर कुरा उठाएता पनि व्यवहारमा लागु हुन सकेको छैन ।’

शुक्लागण्डकी युनेस्को केन्द्रकी उपाध्यक्ष आकृति गुरुङले वैदेशिक रोजगारमा रहेका र विदेश पलायन हुने तयारीमा रहेका युवाहरुको रुचिलाई सरकारले बुझ्नु पर्ने बताउँछिनु । उनले नेपाली युवालाई स्वदेशमा नै बसेर काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्दछ । यसका लागि सरकारले पुराना नीति नियमहरुलाई संसोधन गरी नयाँ नीति नियम ल्याएर कार्यन्वयन गर्नुपर्ने गुरुङको जोड छ ।

शुक्लगण्डकी युवा क्लब दुलेगौँडाका अध्यक्ष युवराज भट्टराइले युवाहरु राजनीतिमा सक्रिय रहेपनि पार्टीको नेतृत्व तहले बुझन नसक्दा युवाहरु नेतृत्व तहमा पुग्न नसकेको बुझाइ छ । उनले देशका हरेक क्षेत्रमा युवा नेतृत्वको अवश्यकता रहेको कुराहरु आईरहेको हुँदा केही समयपछि अवश्यपनि युवाहरु नेतृत्व तहमा आउनेमा आशावादी छन् ।

‘युवाहरु राजनीतिमा नेतृत्व गर्न नचाहेका पनि होईनन्, आउने कोशिस पनि गरिरहनु भएको छ’, उनले भने, ‘नेतृत्व गर्ने कुरामा चाही उमेरको हिसाबले र परिपक्वताको हिसाबले पाका खालका नेताहरुले नै देश चलाएको देखिएको अवस्था पनि हो, तर अपेक्षा गरे अनुसारको रिजल्ट चाही नआएकै हो । अब युवाहरु जाग्नुपर्छ ।’

शुक्लागण्डकी-१२, फिरफिरे युवा क्लबकी अध्यक्ष रुविना गुरुङले युवाहरुरुमा भएका ज्ञान, सीप, प्रतिभा प्रस्तुत गर्ने माध्यम नहुँदा युवाहरु अघि बढ्न नसकेको बताइन् । नेताहरुले युवाहरुको लागि विभिन्न योजना ल्याउछु, युवाहरुको क्षमता र नेतृत्व विकास गर्र्छौ भनेर भने गरे पनि हुन नसकेको उनको गुनासो छ । ‘युवाहरुमा क्षमता हुँदाहुँदै पनि त्यसलाई प्रस्तुत गर्न सकेका छैन’ उनले भनिन्, ‘यसका लागि नेता ज्यूहरुले पनि विशेष ध्यान दिनुपर्छ ।’

त्यस्तै, नेपाल विद्यार्थी युनियन तनहुँका अध्यक्ष चुडामणी खनालले युवाहरु आत्मविश्वासको साथ अगाडी बढ्न नसक्दा पछि परेको बताए । ‘नाम मात्रैका युवा भएर बुढापाका नेताहरुलाई अगाडी बढाउन भर्‍याङ्गको मात्र काम गरेको हुँदा युवाहरु नेतृत्व तहमा पुग्न सकेनन्’, उनले भने, ‘नेतृत्व तहमा पुग्नका लागि उमेर भन्दा पनि विचार र चिन्तन युवामा हुनुपर्दछ।’

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker