सरकार निजी क्षेत्र मैत्री हुनुपर्छ : सांसद स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताएका हुन् ।

निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने उनको सुझाव थियो । उनले निजी क्षेत्र पखेंटा फिंजाएर उड्नका लागि आवश्यक नीतिगत बाटो पहिल्याउन आवश्यक रहेको बताए । उनले सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा बहस आवश्यक रहेको पनि बताए । उनले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने बताए ।

अब मुलुकका युवाहरुलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने उनको भनाइ छ । उनले डेमोग्राफिक प्रोजेक्सन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताए । अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने उनले बताए ।

‘निजी क्षेत्र मैत्री सरकार बन्नुपर्छ । निजी क्षेत्रलाई सम्भावनाका अनुरुप के–के गर्नुपर्छ त्यसमा बहस गरौं । निजी क्षेत्रले सिर्जना गरेका रोजगारी, सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी जति समृद्ध हुन्छ । जसले कल्याणकारी राज्यलाई धान्न सकिन्छ’ उनले भने ।

उनले छिमेकी मुलुकहरु आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker