संस्कृति संरक्षणका लागि म्याग्देमा पन्चेवाजा तालिम

म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले कला संस्कृतिको संरक्षणका लागि पन्चेवाजा बजाउने सीपमुलक तालिम संचालन गरेको छ । सीप नभएर विरोजगार रहेका महिला पुरूषलाई सीप मार्फत आत्मनिर्भर बनाउन सीपमुलक तालिम संचालन गरेको हो । गरिवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत वडा नं ६ का १९ जना महिला पुरूषलाई पन्चेवाजा बजाउने तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
‘कला संस्कृतिको संरक्षणका लागि पन्चेवाजा तालिम निकै प्रभावकारी देखिएको छ । तालिम पश्चात माग र चाहना अनुसार अम्दानीको माध्यम बन्ने छ’, अध्यक्ष श्रेष्ठले भने, ‘सीपयुक्त जनशक्ति तयार गरी स्वरोजगारको माध्यमबाट आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउन गाउँपालिकाले यस प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’
यस्तै, गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले  सिकेको सिपलाई प्रयोग गर्दा कला संस्कृतिको जगेर्नासंगै आम्दानी गरी आत्मनिर्भर र स्वावलम्वी बन्न आग्रह गरे । सिकेको सीपलाई व्यवसायमा परिणत गरी आत्मनिर्भरताका साथ अगाडि बढ्दा मनग्ये आम्दानी गर्ने वातावरण सृजना गर्न तालिम फलदायी हुने म्याग्दे–६ का अध्यक्ष हिरालाल गुरूङले बताए ।
गाउँपालिकाका प्रमुुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन सीपमुलक तालिम कार्यक्रम संचालन गरेको बताए । उनले रोजगारी नपाई सीप सिकेर आम्दानी गर्न स्थानीय युवायुवतीहरुबाट माग भएपछि तालिम कार्यक्रम संचालन गरिएको बताए ।
यस्तै, म्याग्दे गाउँपालिकाका युवायुवतीको सक्रिय सहभागितामा विभिन्न सीपमुलक कार्यक्रम सञ्चालन गर्दै आइएको आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्यौपानेले बताए । गाउँपालिकाले गरिवि निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत सीप सिकाए पश्चात उद्यमीबन्ने क्रम बढेको र तालिमवाट सीप सिक्नका लागि सीप नभएका व्यक्तिहरु सक्रियताका साथ लागिरहेको न्यौपानेले बताए ।
मेड्पा कार्यक्रमवाट सीप सिकाउनु अगाडी उद्यमी बन्न चाहनेका लागि घरधुरी सर्वेक्षण, अभिमुखिकरण र उद्यमशिलता विकाश तालिम संचालन जस्ता कार्यक्रम गरी चालु आवमा ६८ जनालाई सीप मुलक तालिम प्रदान गरिएको न्यौपानेले बताए ।
उद्यमशिलता र सिपमुलक तालिमबाट स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, स्थानीय तहमा आर्थिक समृद्धि हासिल गर्नु, स्थानीयस्तरमा उत्पादन र उत्पादकत्व बृद्धि गर्नु, स्थानीय क्षेत्रमा उद्यमशिलता प्रवद्र्धन गरी रोजगारी र आय बृद्धि गर्नु, नवप्रवर्द्धनलाई अवलम्वन गरी समावेशि र दिगो आर्थिक विकास हाँसिल गर्ने लक्ष्य गाउँपालिकाको रहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker