शुक्लागण्डकी महोत्सव : महोत्सव मार्फत होमस्टेको विकास गरिने

भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिकामा सञ्चालन गर्न लागिएको तेश्रो शुक्लागण्डकी महोत्सव-२०८० मार्फत ग्रामीण पर्यटन प्रवर्द्धन गरिने भएको छ । यही माघ २६ गतेदेखि फागुन ८ गतेसम्म सञ्चालन गरिने महोत्सवबाट दगाम, भुजिकोट लगायतका क्षेत्रका ग्रामीण बस्तिमा होमस्टे प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिदे भएको छ ।

आर्थिक, सामाजिक, खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवर्द्धन गर्न शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले बेलचौतारामा महोत्सव सञ्चालन गर्न लागेको हो । आयोजकले महोत्सव मार्फ यस क्षेत्रमा सञ्चालित घरबास कार्यक्रम -होमस्टे)को विकास गर्न पहल गर्ने गरी कार्यक्रम अगाडि ल्याएको छ ।

महोत्सवमा आउने पाहुनाहरुलाई दगाम-भूजिकोट र ढोर लामागाउँमा सञ्चालनमा रहेका होमस्टेसम्म पुर्‍याउने तयारी गरेको महोत्सव मुल आयोजक समितिका संयोजक विमलप्रसाल रिमालले बताए । सोही उद्देश्य अनुसार आयोजक समितिले मंगलबार दगाम सामुदायिक होमस्टेमा अन्तरक्रिया सहित स्थानीयलाई कार्यक्रमका विषयमा जानकारी गराएका छन् । आयोजक समितिले महोत्सवमा आउने पाहुनाले प्राप्त गर्नसक्ने सेवा र सुविधाका बारेमा जानकारी लिनुका साथै होमस्टे सञ्चालनमा देखिएको चुनौतीहरुका विषयमा अन्तरक्रिया गरेका छन् ।

महोत्सवका पर्यटन उपसमितिका संयोजक रविन्द्रराज पौडेलले घरबासको अवस्था जानकारी लिनुका साथै महोत्सवमा गाउँको उत्पादनलाई जोड्ने प्रयास गरिएको बताए । ‘यहाँका उत्पादनहरु महोत्सवमा बिक्री गर्न सकिन्छ, यहाँको सांस्कृति प्रस्तुती र गाउँले परिवेशलाई हामीले प्रचार गर्न खोजेका हौं’, संयोजक पौडेलले भने, ‘गाउँको विकास गरेर मात्र शहर समृद्ध बन्न सक्छ भन्ने विश्वास हामीले लिएका छौं ।’

महोत्सव आयोजक समिति संयोजक विमल प्रसाद रिमाल सहित निर्देशक समुन्द्रराम श्रेष्ठ, संरक्षक हरिकुमार श्रेष्ठ लगायतले दगाम, भूजिकोट, इमान्दार र कोटदरवार होमस्टेको विकास गर्न महोत्सव मार्फ सहयोग हुँदै आएको र सहयोगलाई निरन्तरता दिइने बताए । आयोजक समितिले आगामी शुक्रबार लामागाउँ होमस्टेमा अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको पर्यटन विकास उपसमिति संयोजक पौडेलले जानकारी गराए ।

प्रकृति र संस्कृतिको संगम दगाम-भुजिकोट

तनहुँको दुलेगौंडा र खैरेनीटार बजारको शिर बनेर रहेका छन् दगाम-भुजिकोट । दुलेगौडा-कोत्रे हुँदै करिव ७ किलोमिटर र दुलेगौंडा-वनकेवा हुँदै करिव ५ किलोमिटर यात्राबाट भुजिकोट पुगिन्छ । त्यसको केही दुरीमा दगाम रहेको छ । गुरुङ र मगर समुदायको बस्ति रहेको भुजिकोट र दगाम प्राकृति र साँस्कृतिक थलोको रुपमा रहेको छ ।

मगर र गुरुङ समुदायको संस्कृतिसंग रम्न, अध्ययन गर्न सकिन्छ । भुजिकोट लगायतका क्षेत्रबाट कास्कीका तालहरु नियाल्न सकिन्छ । अन्नपूर्ण हिमश्रृंखला अन्तर्गत पर्ने माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, धौलागिरी, गणेश लगायतका मनोरम हिमालका मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

सेती नदी र शुक्लागण्डकीको सेती पारिका क्षेत्र भनेर चिनीने ढोर क्षेत्र समेत प्रष्टरुपमा देख्न सकिन्छ । दुलेगौंडा, खैरेनीटार, कोत्रेलाई कुहिरोले ढाक्दा त अकाशमाथि उडेजस्तै अनुभव हुन्छ । भुजिकोट र दगाम क्षेत्र प्रकृतिलाई नजिकबाट नियाल्ने उपयुक्त स्थान पनि हो ।

वनजंगलमा फुल्ने ढकमम्क लालीगुराँसले स्वागत गरिरहेको हुन्छ । गुरुङ र मगरको बसोबास क्षेत्र रहेको यस गाउँमा उनीहरुको रहनसहन, भेषभुषा, कला, संस्कृतिसंग पनि रम्न सकिन्छ । व्यवसायिक मौरी पालनको अवलोकन र महको खरिद बिक्रीका लागि पनि यस क्षेत्र परिचिति छ । शुक्लागण्डकी नगरपालिका-२ स्थित भूजिकोटमा टावर निर्माण भएपछि यहाँ आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker