कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती र कोशीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो  देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी,  गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
आज राति पनि देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । लुम्बिनी, गण्डकी, मधेश र कोशी प्रदेशका केही स्थानमा तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । हावाहुरीसहित  वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker