तनहुँको भिमादमा नग्न अवस्थामा महिलाको वेवारिसे शव भेटिय
भञ्ज्याङन्यूज
तनहुँको भिमाद नगरपालिका वडा नं. ६, घुमाउनेमा खोलाले बगाएर ल्याएको वेवारिसे शव फेला परेको छ । आज विहान शव फेला परेको हो ।
हातमा गोपाल र रमा लेखिएको महिलाको शव नग्न अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक यामनारायण अर्यालले जानकारी दिए ।
उनका अनुसार शवको पहिचानका लागि सोधपुछ तथा घट्नाबारे अनुसन्धान भइरहेको छ ।