कक्षा १२ को परीक्षामा सामुदायिक तर्फ तनहुँको खैरेनी माविकी छात्रा गण्डकीमै सर्वोत्कृष्ट भएको दावी
भञ्ज्याङन्यूज
तनहुँको शुक्लागन्डकी नगरपालिका-६ स्थित खैरेनी माध्यमिक विद्यालयकी छात्रा अन्जना र्राई हालै सार्वजनिक कक्षा १२ को नतिजामा छात्राहरु तर्फगण्डकी प्रदेशमै सर्वोत्कृष्ट भएको विद्यालयले दावी गरेको छ ।
विद्यालयका प्रधानाध्यापक बोधराज ढकालले सामुदायिक विद्यालयबाट छात्रातर्फअन्जनाले गण्डकी प्रदेशमै उत्कृष्ट अंक ल्याउन सफल भएको दाबी गरेका छन् । ‘हालसम्म हाम्रै विद्यालयको सामुदायिकतर्फछात्राको नतिजा अगाडी छ’, उनले भने, ‘विद्यालय, शिक्षक, व्यवस्थापन समिति, अभिभावको मिहिनेतबाट प्राप्त नतिजाले हामीलाई हौसला प्रदान गरेको छ ।’
व्यवस्थापन समुहका विद्यार्थी र्राईले मंगलबार र्सार्वजानिक भएको कक्षा १२ को नतिजामा ३.८७ जिपिए प्राप्त गरेकी छन् । छात्रा तर्फउक्त नतिजा गण्डकी प्रदेशमै सबैभन्दा बढि भएको विद्यालयको दाबी छ ।
यस्तै, सोही विद्यालयको व्यवस्थापन समुहकी अर्की छात्रा समिक्षा न्यौपानेले ३.७५ जिपिए ल्याउन सफल भएकी छन् । विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी छात्राद्वय र्राई र न्यौपानेलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलमोहन घिमिरे, प्रधानाध्यापक बोधराज ढकाल, शिक्षक अभिभावक संघका अध्यक्ष शेषकान्त पौडेल लगायतले उनीहरुको आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
वि.स. २०२६ सालमा स्थापना भएको सो विद्यालयमा कक्षा १२ सम्म १ हजार २ सय बढि विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।