बुल्दी पुल उद्घाटन विवाद : के भन्छन् त नेकपा तनहुँका अध्यक्ष सिग्देल र व्यास नगर कमिटीका अध्यक्ष कार्की
भञ्ज्याङ समाचारदाता (दमौली)

तनहुँको व्यास नगरपालिका वडा नं. १, १० र ११ जोड्ने तालघारे स्थित बुल्दी खोलामाथीको पुल उद्घाटनका विषयमा भएको विवादलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँका अध्यक्ष केदार सिग्देलले विकासको नेतृत्व जननिर्वाचित निकायले गर्ने हो भनेका छन् ।
‘स्थानीय, प्रदेश होस् वा संघीय तहका विकास निर्माणका कामको नेतृत्व तथा उद्घाटन, शिलान्यास जस्ता कार्यक्रम निर्वाचन जनप्रतिनिधिले गर्छन्’, अध्यक्ष सिग्देलले भने, ‘रामचन्द्र पौडेल दाई अहिलेको स्थितिमा जनप्रतिनिधि होइन । उहाँ नेपाली कांग्रेसका वरिष्ठ नेता हुनुहुन्छ । अनि पूर्व सभामुख पनि । उहाँलाई आदरणीय नेता मान्न सकिन्छ । तर, विकासको कामको नेतृत्व जुन पार्टीले जित्यो उसैको सरकार बन्छ जुन पार्टीको प्रतिनिधिले जित्यो उही जनप्रतिनिधि हुन्छ ।’

‘अहिले जनप्रतिनिधिसंग कुनैपनि परामर्श केही पनि नगरी भट्टाभट उद्घाटन गर्न हिड्नु भनेको ओभरल्यापिङ नै गर्न खोजेको हो । ओभरल्यापिङ भैसकेपछि जनताद्वारा निर्वाचित जनप्रतिनिधिको के अर्थ रह्यो त ?’, उनले भने, ‘यस्तो काम गर्न हुन्छ भनेर जनताले प्रतिवाद गरे । उहाँलाई प्रेरित गरेर उक्साउने काम गर्नले पनि यो समस्य भयो। उहाँले जवरजस्ति चै गर्न हुँदैन थियो ।’
नेकपा व्यास नगर कमिटीका अध्यक्ष कार्की
यस्तै, नेकपा व्यास नगर कमिटीले यो क्रियाकलापको घोर आपति जनाएके छ । संघीय सरकारको संरचना भएपछि जननिर्वाचित प्रतिनिधिहरु हुँदाहुँदै उनीहरु लगायत नेपाल सरकारका कार्यालयहरुलाई बाइपास गरेर आफ्नो ढङ्गाले विशेष गरी नेपाली कांग्रेसका सभापति बैकुण्ठ न्यौपानलेले नगरपालिकामा एकलौटी बरचस्सो देखाउन बाटो छलेर चोर बाटोबाट यो काम गरिदो यो अवस्था आएको व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले बताए ।
उनले भने, ‘हिजोको इतिहासले हामीले उहाँलाई सम्मान गर्नुपर्छ । तर जनप्रतिनिधिलाई वाईपास गरेर उद्घाटन गर्नुपर्ने संघीय सरकारको बजेट हालेर बनाएको पुल उद्घाटन गर्न उहाँ दौडिदै आउनुपर्ने किन- यसमा हामीले गम्भिर आपति जनाएको हो । यदि यस्तो गर्ने हो भने यो प्रतिगमन हो ।’
‘कांग्रेस तनहुँले बेमौसमी बाजा बजाएको छ । अरुले गरेको कामलाई मैले गरेको हो भन्ने होडबाजीले हैकम जमाउन खोज्दाको प्रतिफल हो । यस्तो गर्नु हुन्न भन्ने हाम्रो धाराण हो’, अध्यक्ष कार्कीले बताए ।











