सल बेरिएर मोटरसाइकलमा सवार महिलाको हात चुँडियो
भञ्ज्याङ न्यूज
![](https://bhanjyangnews.com/wp-content/uploads/2022/10/Accident-Heleee-780x470.jpg)
मोटरसाइकलमा सवार एक महिला हात चुँडिएर गम्भिर घाइते भएकी छन् । तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारमा मोटरसाइकलमा सवार महिलाले ओढेको सल मोटरसाइकलको चक्कामा बेरिन पुग्दा हात चुँडिएको हो ।
व्यास नगरपालिका-५ पाटनबाट शनिबार झापुटार तर्फजाँदै गरेको ग१७प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको हात चुँडिएको तनहुँ प्रहरीले जनाएको छ ।
दिदीको छोरासँग मोटरसाइकलमा जाँदै गरेकी थापाको बाँया हात कुहिनो भन्दा तलबाट चुँडिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार घाइते थापाकी छोरी र चालक सकुशल छन् । बाइकमा सवार थापा मात्रै बाइकबाट लडेकी थिइन्।
घाइते थापालाई तत्कालै दमौली अस्पताल ल्याएर प्राथमिक उपचार गरी थप उपचारका लागि उनलाई हेलिकप्टरबाट काठमाडौ पठाइएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले बताए ।
समयमै उपचार गर्न सकिए हात जोड्न सकिने चिकित्सकले बताएपछि उनलाई तत्कालै हेलिकप्टर मार्फ काठमाडौं पठाइएको छ ।