बसमा अचेत भेटिएका वृद्धको मृत्यु

तनहुँ : कास्कीको गगनगौंडाबाट तनहुँ दुलेगौंडातर्फ आइरहेको बसमा अचेत फेला परेका वृद्धाको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित वन्केवाचोकमा सवारीबाट अचेत अवस्थामा झारिदिएको वृद्धको मृत्यु भएको पुष्टि भएको हो ।

इलाका प्रहरी कार्यालय बेलचौताराले उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरीका अन्दाजी ७० वर्षीय गुञ्जबहादुर विक रहेका छन् । उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए ।

गगनगौंडाबाट उनी वन्केवाचोकका लागि बस चढेका थिए । बसमा केही पटक वान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार मृतक गुञ्जबहादुर मुटुकोसमेत बिरामी थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker