सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोगि हातहरु जुट्दै

  • भञ्ज्याङ समाचारदाता (दमौली)

नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले शुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउनेक्रम जारी रहेको छ। ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ सोसाइटीले यो अभियान थालेको हो । अभियानका कारण विभिन्न संघसंस्था र व्यक्तिबाट सामुदायिक एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग जुट्न थालेको हो । सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि दुग्ध उत्पादक सहकारी संस्थाबाट रु ५१ हजार सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

संस्थाको हालै बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको सहकारीका व्यवस्थापक दयाराम शर्माले बताए । रेडक्रसले अगाडि सारेको मानवीय अभियानलाई अपनत्व प्रदान गर्दै संस्थाले सो निर्णय गरेको अध्यक्ष तुलसीराम सुवेदीले बताए । त्यसैगरी सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि ब्यास-१० दुम्सीकोटका अञ्जु गिरी क्षेत्रीले रु ५० हजार ११५ सहयोग गरेको बताइएको छ ।

उपशाखाका सभापति स्व शंकर गिरीका छोरा रमेश गिरीले रु १० हजार अर्थ संकलन समितिका संयोजक इश्वर पौडेललाई हस्तान्तरण गरेका छन् । त्यसैगरी अभियानलाई व्यासनगरपालिका-१० दुम्सीचौर बस्ने पूर्णबहादुर दरैले आफ्ना बुबा मानबहादुर दरै तथा आमा शान्ति माया दरैको स्मृतिमा रु ११ हजार १११ प्रदान गरे । सो अभियानलाई व्यासनगरपालिका-१० दुम्सीस्थित शिवालय आमा समूहले रु एघार हजार १११ प्रदान गरेको छ । उक्त सहयोग रकम आमा समूहकी अध्यक्ष उषा थापाले उपशाखाका प्रतिनिधिलाई हस्तान्तरण गरेको संस्थाका उपसभापति विष्णुप्रसाद अधिकारीले बताए ।

त्यसैगरी उक्त उपशाखा सचिव एवं युवा रेडक्रस र्सकल चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक यमप्रसाद सापकोटाले रु पाँच हजार ५००, व्यासनगरपालिका-१० डिहीगाउँ निवासी नेत्रबहादुरले रु पाँच हजार ५५५ सहयोग गरेका छन् । त्यस्तै व्यास-१० खहरे निवासी लोकदोहोरी गायक रमाकान्त ढुङ्गानाबाट रु पाँच हजार ५५५, ब्यास-१० डिहीकुना निवासी टीकाराम अधिकारीबाट रु पाँच हजार ५५५ सहयोग गर्नुभएको अर्थ संकलन समितिका सचिव श्रीकृष्ण आचार्यले बताए ।

सोही अभियानलाई सहयोग गर्दै आएका जापानमा कार्यरत नेपालीबाट सहयोग आउने क्रम निरन्तर जारी छ । हालसम्म जापानमा कार्यरत रमेश कडेलबाट रु पाँच हजार, वासु पन्थबाट रु आठ हजार, खगेन्द्रप्रसाद सापकोटाबाट रु १० हजार, प्रकाश धितालबाट रु १० हजार, गोपाल खरेलबाट रु. पाँच हजार, धार्मिका घिमिरेबाट रु पाँच हजार ५५५, जापनिज ऐन सहयोग जापानमा कार्यरत रोशन सापकोटामार्फ प्राप्त भएको कुरा उपशाखाका सचिव यामप्रसाद सापकोटाले बताए ।

विभिन्न संघसंस्था तथा व्यक्तिबाट सहयोग रकम प्राप्त हुनेक्रम जारी रहेको उपशाखा सभापति रामदत्त पौडेलले बताउनुभयो । गत भदौ १९ गतेदेखि एम्बुलेन्स खरिदका लागि अभियान थालेको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker