बन्दीपुर अस्पतालमा नियमितभन्दा अतिरिक्त ओपीडी सेवामा उल्लेख्य सहभागिता

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पतालमा नियमितभन्दा अतिरिक्त समयको ओपीडी सेवामा सेवाग्राहीको सहभागिता उल्लेख्य रहेको छ । अस्पतालले शुक्रबार सर्वाजनिक गरेको पुस महिनाको तथ्याङ्कमा एक हजार आठ सयभन्दा बढी सेवाग्राहीले ओपीडी सेवा लिएका छन् ।

अस्पतालले सार्वजनिक गरेको विवरणअनुसार पुस महिनामा कुल १ हजार ८५१ जना बिरामीले ओपीडी सेवा लिएका छन् । अस्पतालका अनुसार कुल सेवाग्राहीमध्ये १ हजार १५० जना (६२.४ प्रतिशत) ले नियमित ओपीडी सेवा लिएका छन् भने ६९१ जना (३७.६ प्रतिशत) ले अतिरिक्त ओपीडी सेवा उपयोग गरेको अस्पतालका प्रमुख डा. अनिल गिरीले जानकारी गराए ।

उनका अनुसार अतिरिक्त ओपीडी सेवामा पनि उल्लेख्य संख्यामा बिरामीको उपस्थिति देखिएको छ । अस्पतालले कर्मचारी वर्ग, विद्यार्थी, ज्याला/मजदुरी गर्ने वर्ग, व्यापारी तथा गृहिणीहरूलाई लक्षित गर्दै विस्तारित सेवा समयसहित स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ ।

सार्वजनिक बिदा र शनिबारसमेत बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म (कात्तिक १६ गतेदेखि बेलुकी ५ बजेसम्म) निःशुल्क ओपीडी सेवा सञ्चालन भइरहेको अस्पतालका प्रमुख डा. गिरीले जानकारी दिएको छ।

नियमित ओपीडी सेवा कार्यालय खुलेका दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म टिकट काटी सेवा लिने व्यवस्था गरिएको छ। अतिरिक्त ओपीडी सेवा भने कार्यालय खुलेका दिन बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो २ बजेदेखि बेलुकी ५ बजेसम्म उपलब्ध छ। सार्वजनिक बिदाका दिनसमेत बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा सञ्चालन गरिएको छ ।

अस्पताल प्रशासनका अनुसार ओपीडी सेवामा देखिएको बिरामीको चापले स्थानीय तहमा स्वास्थ्य सेवाप्रति नागरिकको पहुँच र विश्वास बढ्दो रहेको संकेत गर्छ । गाउँमै गुणस्तरीय सेवा उपलब्ध हुँदा जिल्ला बाहिर जानुपर्ने बाध्यता घट्दै गएको बताइएको छ ।

अस्पतालको उक्त विवरणमा इमर्जेन्सी विभागबाट सेवा लिएका बिरामीको संख्या समावेश गरिएको छैन । अस्पतालले आगामी दिनमा समेत सेवा विस्तारलाई निरन्तरता दिँदै नागरिकलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker