पूर्वी नेपालमा बाढी पहिरो : मृतकको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ । सुरक्षा निकायका अधकारीको तथ्यांकअनुसार शनिबारयता ८ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परी २८ जना बेपत्ता भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम-८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका- ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा-६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् ।

बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता छन् । प्रहरीका अनुसार तीन जना महिला र २५ जना पुरुष बेपत्ता भएका हुन् ।

बेपत्तामध्ये सबैभन्दा धेरै संखुवासभामा १८ जना छन् । पाँचथरमा तीन, ताप्लेजुङमा तीन, भोजपुरमा दुई जना बेत्तपा भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरीका अनुसार पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ । मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ वटा घर भत्काएको छ ।

बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि आइतबार प्रदेश सरकारको तर्फबाट मन्त्री तिलकुमार मेन्याङ्बो नेतृत्वमा टोली प्रभावित क्षेत्र पुगेको थियो ।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बेपत्ताको खोजी गरी प्रभावितलाई राहत र उद्दार प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

प्रदेश सरकारले प्रभावितका आपतकालीन राहत सामग्री सम्बन्धित जिल्लामा पठाएको छ । शनिबारको वर्षाका कारण संखुवासभा, पाँचथर र ताप्लेजुङमा बढी क्षति पुर्‍याएको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker