तनहुँमा दुई महिलाको शव भेटियो, पहिचान हुन सकेन
दमौली : तनहुँको दमौलीमा बुधबार फरक–फरक स्थानमा दुई महिलाको शव फेला परेको छ । फेला परेका दुवै महिलाको शवको हालसम्म सनाखत हुन सकेको छैन ।
व्यास नगरपालिका–३ देउरालीस्थित सेती नदी किनारमा विहीबार एक महिलाको बेवारिसे शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृतकको नाम, थर र वतन खुल्न सकेको छैन ।
मृतकको उमेर करिब ५५–६० वर्ष, उचाइ करिब ४ फिट ८ इन्च, अनुहार मङ्गोेलियन, वर्ण गहुँगोरो र कपाल फुलेको हुलिया भएको शव फेला परेको हो। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल दमौलीमा राखेको जानकारी दिएको छ ।
यस्तै, व्यास–१ तालघरेस्थित डिहीगाउँ–रानीगाउँ जाने पक्कीपुल मुनि बुल्दी खोलामा डुबिरहेको अवस्थामा करिब ३५ वर्षकी महिला फेला परेकी थिइन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल तनहुँ पु¥याइएको थियो । तर, उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
अहिलेसम्म पनि दुवै महिलाको पहिचान हुन नसकेकाले प्रनाउ थापाले बताए । उक्त हुलियासँग मेल खाने व्यक्तिलाई कोही कसैले चिनेमा तत्काल जिल्ला प्रहरी कार्यालय तनहुँ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।










