तनहुँका स्थानीय तहबाट राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको तयारी

भञ्ज्याङ न्यूज

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तनहुँका स्थानीय तहमार्फत् परिचयपत्र विवरण सङ्कलनको तयारी थालेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट मात्रै राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन हुँदै आएकामा अब स्थानीय तहबाट पनि सङ्कलनको व्यवस्था मिलाउन लागिएको हो ।

विभागले आज दमौलीमा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतहरुसँग आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा महानिर्देशक तीर्थराज भट्टराईले चाँडै नै स्थानीय तहमा केन्द्र स्थापना गरी कार्य सुरु गरिने जानकारी दिनुभयो । हाल २० वटा जिल्लामा तथ्याङ्क सङ्कलनको काम सकिएको र ११ वटा जिल्लामा अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

सरकारका सबै सेवा राष्ट्रिय परिचयपत्रका आधारमा प्रवाह गर्ने लक्ष्य बमोजिम जिल्लाका दश वटै स्थानीय तहबाट विवरण सङ्कलनको व्यवस्था मिलाउन लागिएको उहाँले बताउनुभयो । “तनहुँमा चाँडै नै स्थानीय तहबाट परिचयपत्रका लागि विवरण सङ्कलनको काम सुरु हुन्छ, यसमा सबै स्थानीय तहबाट सहयोगको अपेक्षा गरेका छौ,” उहाँले भन्नुभयो ।

विभागका सूचना प्रविधि निर्देशक सुवास ढकालका अनुसार स्थानीय तहका सबै वडामा दर्ता अभियान सञ्चालन गरिनेछ । त्यसका लागि एउटा वडामा दुई देखि ६ वटासम्म स्टेशन स्थापना गरिनेछ । जनसङ्ख्याका आधारमा स्थापना हुने केन्द्रबाट दैनिक बढीमा ४० वटासम्म विवरण सङ्कलन गर्न सकिनेछ । एउटा वडामा काम सम्पन्न गर्न १५ दिन लाग्ने अनुमान गरिएको छ ।

विभागले पहिलो चरणमा व्यास नगरपालिकाबाट यो अभियान शुरु गर्ने लक्ष्य राखेको छ । “वडा कार्यालय, नागरिकलाई पायक पर्ने र सुरक्षित ठाउँमा स्टेशन स्थापना गर्छौ,” ढकालले भन्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले राष्ट्रिय परिचयपत्रको महत्व रहेकाले यो अभियान सफल बनाउन स्थानीय तहको भूमिका रहने बताउनुभयो । बन्दिपुर गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले यो अभियानमा स्थानीय तहको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय परिचयपत्र लिइसकेपछि त्यसकै आधारमा सहजै सेवा लिन पाउने व्यवस्था मिलाउने सरकारको लक्ष्य छ । विद्युतीय प्रणालीमार्फत् सबै नागरिकको डिजिटल अभिलेख तयारी गरी राज्यबाट उपलब्ध हुने सेवा, सुविधा, शान्तिसुरक्षा र विकास निर्माणमा आबद्ध गर्दै सुशासन प्रवद्र्धनमा सघाउ पु¥याउने कार्यक्रमको दुरदृष्टि रहेको छ । सबै व्यक्तिको वैयक्तिक तथा जैविक विवरण राखी प्रत्येक नेपाली नागरिकलाई नदोहोरिने गरी १० अङ्कको राष्ट्रिय परिचयपत्र नम्बर प्रदान गरिनेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ । राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच (जिटुसी) सेवा प्रदान गर्न उपयोग हुनेछ ।

हाल प्रशासन कार्यालयमा स्थापना गरिएको दुई वटा केन्द्रबाट परिचयपत्रका लागि विवरण सङ्कलनको काम भइरहेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा विसं २०७६ साउन ६ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि दुई वटा केन्द्र स्थापना गरिएको छ ।

प्रशासन कार्यालयबाट नागरिकता बनाए लगत्तै सर्वसाधारणको विवरण दर्ताको व्यवस्था मिलाइएको छ । परिचयपत्रका लागि आवेदन फाराम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नीको नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औंलाछाप (१० वटा), आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker