व्यास नगरपालिकाद्वारा ८८४ जना ज्येष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट करिब नौ सय ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । तीन दिनसम्म आयोजित शिविरबाट नगर क्षेत्रभित्र बसोबास गर्ने आठ सय ८४ ज्येष्ठ नागरिक लाभान्वित भएका छन् । नगरपालिकाले बिहीबारदेखि शनिबारसम्म दमौलीस्थित बाल मन्दिर माध्यमिक विद्यालयमा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा आँखा शिविर आयोजना गरेको थियो । शिविरमा चार सय ५९ महिला र चार सय २५ पुरुषको आँखा परीक्षण गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो ।

व्यास नगरपालिका-१ का ४५ महिला र ३६ पुरुष, व्यास नगरपालिका-२ का एक सय १३ महिला र ८९ पुरुष, व्यास नगरपालिका-३ का ४४ महिला र ३५ पुरुष, व्यास नगरपालिका-४ का ४५ महिला र ३४ पुरुष, व्यास नगरपालिका-५ का २८ महिला र २५ पुरुष, व्यास नगरपालिका-६ का २६ महिला र २९ पुरुष, व्यास नगरपालिका-७ का आठ महिला र चार पुरुषको आँखा परीक्षण गरिएको छ ।

यसैगरी व्यास नगरपालिका-८ का सात महिला र २९ पुरुष, व्यास नगरपालिका-९ का ३३ महिला र १९ पुरुष, व्यास नगरपालिका-१० का २० महिला र २९ पुरुष, व्यास नगरपालिका-११ का २४ महिला र २२ पुरुष, व्यास नगरपालिका-१२ का २५ महिला र २६ पुरुष, व्यास नगरपालिका-१३ का २९ महिला र ३१ पुरुष, व्यास नगरपालिका-१४ का १६ महिला र १७ पुरुषले आँखा परीक्षण गराएको नगरपालिकाले जनाएको छ ।

त्यसमध्ये २१ महिला र २१ पुरुष गरी ४२ जनामा मोतियाविन्दु देखिएकाले उनीहरूको नगरपालिकाले नै निःशुल्क शल्यक्रिया गराइदिने प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो । शिविरमा हिमालय आँखा अस्पतालका डा धर्मेन्द्र घोरासैनी नेतृत्वको टोलीले ज्येष्ठ नागरिकको आँखा परीक्षण गरेको थियो । उमेर ढल्किँदै जाँदा आँखासम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरिएको सिग्देलले बताउनुभयो । “ढल्ँिकदो उमेरसँगै आँखाको ज्योति कमजोर हुन्छ । ज्येष्ठ नागरिकका सामान्य दैनिकी समेत प्रभावित हुने हुँदा शिविर आयोजना गरेका हौँ,” उहाँले भन्नुभयो, “शिविर प्रभावकारी भएको ठहर गरेका छौँ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker