तनहुँको घिरिङ सुन्धारा र नवलपुरको बौदीकाली जोड्ने कालीगण्डकीमा पुल निर्माण अलपत्र

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन । नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवा र तनहुँको घिरिङ सुन्धारा–१ जगौली जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन पुलको काममा सुधार हुन नसकेको हो ।

विसं २०७४ मा पुल निर्माणको सम्झौता भएको थियो । तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भए पनि हालसम्म २० प्रतिशत काम भएको छ । पुल बनाउन दुई पटक म्याद थप गरिएको पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ पोखराका इन्जिनियर नवराज बास्तोलाले बताउनुभयो ।

पछिल्लो पटक विसं २०८० असारसम्मका लागि म्याद थप गरिएको छ । दोस्रो पटक म्याद थपिएपछि पनि काममा उल्लेख्य प्रगति नभएको उहाँले बताउनुभयो । पुल निर्माणमा प्रगति नभएपछि निर्माण कम्पनीका प्रतिनिधिलाई विभिन्न चरणमा लिखित तथा मौखिक ताकेता गरिएको इन्जिनियर बास्तोलाले बताउनुभयो । “पुल निर्माणको कार्य सन्तोषजनक नभएपछि हामीले ताकेता गरिरहेका छाँै, लिखितरुपमा समेत चाँडो काम गर्न भनिरहेका छाँै, पुल निर्माण चाँडो होस् भन्ने छ”, बास्तोलाले भन्नुभयो ।

पुल निर्माण स्थलको बौँदीकाली–३ रकुवातर्फ दुई पिल्लर र अर्को एउटा पिल्लरको जमिनको सतहसम्म जगको कामबाहेक अरु कुनै काम हुन सकेको छैन । गत वर्षदेखिनै पुल निर्माणको काम रोकिएको छ ।

सरकारले काममा लापर्बाही गर्ने र समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण अलपत्र पार्ने यस्ता कम्पनीलाई कारबाही अघि नबढाएको स्थानीय कृष्णप्रसाद पराजुलीले बताउनुभयो । पुल निर्माण कार्यलाई तीव्रता दिन जनप्रतिनिधि, राजनीतिक दलका अगुवासहित सम्बन्धित सरोकारवालाले कामको निरीक्षण गरी आवश्यक पहल गरिदिन स्थानीयले अनुरोध गरेका छन्।

कालीगण्डकीमा निर्माणधीन उक्त पुलको लागत रु २२ करोड ९८ लाख रहेको छ । पुलको लम्बाइ दुई सय ११ मिटर हुनेछ । पुल निर्माणको काम महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीले गरिरहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker