देवघाटमा बोलबम मेला नहुने

भञ्ज्याङ समाचारदाता/देवघाट

तनहुँको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । कोभिड-१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको संगमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो। देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम मेला नगर्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक धीरेनबाबु घिमिरेले जानकारी दिनुभयो । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेका कारण मेला नगर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

समितिले आयोजकको रुपमा बोलबम मेला नगरे पनि स्वास्थ्य मापदण्डको पालना गरेर स्नान गर्न आउने भक्तजनलाई भौतिक दूरी कायम गर्दै स्नान गर्न भने दिन सकिने घिमिरेले बताउनुभयो । “कोरोनाको जोखिम कायमै छ, तीर्थालु नआइदिए राम्रो हुन्छ, तर श्रद्धा र भक्तिका कारण पनि भक्तजन देवघाट आउनुहुन्छ,” उहाँले भन्नुभयो, “भक्तजन आएको खण्डमा केही व्यवस्था त गर्नैपर्छ ।” घिमिरेका अनुसार भक्तजनलाई नदीमा स्नान गर्न सकिने गरी व्यवस्था मिलाइएको छ । स्नान गर्दा नदीमा डुब्न सक्ने भएकाले उद्धारका लागि डुङ्गाको व्यवस्था गरिएको छ ।

साथै शान्तिसुरक्षाका लागि तीनवटै जिल्लाका सुरक्षा निकायलाई पनि जानकारी गराइएको उहाँले बताउनुभयो । समितिले गतवर्ष कोरोना जोखिमका कारण बोलबम मेला आयोजना गरेन । तर स्नान गर्न आउने भक्तजनको संख्या उल्लेख्य रहृयो । “अन्तिम सोमबार अलि धेरै भक्तजनको भीड हुन्छ, स्नान गर्न आउनेलाई दूरी कायम गर्नुहोस् भनेर सचेतना जगाउँछौ,” उहाँले भन्नुभयो । देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गर्छ । मेला भर्न लाखौं भक्तजन देवघाट आउने गर्दछन् ।

हरेक सोमबार बोलबम मेला लाग्ने भए पनि साउन महिनाभर देवघाट मेलामय हुने गर्थ्यो । हरेक वर्ष साउन महिनामा देवघाटमा श्रावणी बोलबम मेला एउटा विशेष उत्सवको रुपमा मनाउने परम्पराको विकास हुँदै आएको छ । मुक्तिनाथबाट बगेर आएको कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएको त्रिशूलीको सङ्गम बेणीमा बोलबमको अवसरमा स्नान गर्नाले भगवान् शिव खुशी हुने र चर्मरोग निको हुने जनविश्वास छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker