तनहुँको डिभिजन वन कार्यालय उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत

गण्डकी प्रदेशले तनहुँको डिभिजन वन कार्यालयलाई उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत गरेको छ । प्रदेश सरकार मातहत जिल्लास्तरमा रहेका कार्यालयहरु मध्ये डिभिजन वन कार्यालय तनहुँ सर्वोत्कृष्ट घोषित हुन सफल भएको हो ।
प्रदेश सरकारको चौथो स्थापना दिवसको अवसरमा बुधबार वन कार्यालय उत्कृष्ट भएको घोषणा गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले बताए ।
नमूना कार्यालय मापदण्ड, २०७६ बमोजिम यस वर्षको नमूना कार्यालयको रुपमा डिभिजन वन कार्यालय तनहुँलाई घोषणा गरिएको छ । यो कार्यालय गत वर्ष पनि उत्कृष्ट कार्यालय बन्न सफल भएको थियो ।