मर्स्याङ्दी जलविद्युतको उत्पादन पूर्ण क्षमतामा

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ । ६९ मेगावाट क्षमताको आयोजनाले सोही क्षमतामा नै विद्युत् उत्पादन गरिरहेको हो ।

यसअगाडि क्षमताभन्दा कम विद्युत् उत्पादन भएकामा केही दिनदेखि वर्षा भएको र हिमाल पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको मर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख बद्री फुयाँलले जानकारी दिए ।

उनका अनुसार तीन युनिटबाट २३/२३ गरी ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । उनले भने, ‘यो केन्द्रमा धेरै बाढी आएको बेला गेग्राङहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुइ गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ ।’

मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानाला पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सुक्खा याममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनामा पानी कम हुने भएकाले पानीको बहाव थोरै हुँदा आयोजनाबाट ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ । यो केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker